BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    मालदिभ्सको रोजगारी छोडेर व्यवसायी बनेका चालिसे भन्छन्–सबैभन्दा ठूलो, देश आफ्नो काखमा छ’

    संसार न्यूज संवाददातापौष १९, २०७५

    रोपे बालुवामा पनि सुन फलाउन सकिन्छ । हो, मान्छेले चाह्यो र ग¥यो भने जे पनि हुन्छ । आज नेपालका लाखौ युवाहरू देशमा केहि भएन केहि गर्न सकिएन भन्दै लाखौ खर्चिएर खाडि मुलुक पसिना बगाउन जाने गर्छन । फलस्वरूप त्यहा आफूले भनेको जस्तो काम नहुदा, आफूले भनेको जस्तो तलब नहुदा र साहुँले दिने टचरको कारण डिप्रेसन व्यहोर्न बाध्य हुन्छन । अझ कतिले त मृत्यु समेत अंगाल्नुपरेको कथाहरु प्रसस्तै छन् ।

    म्यानपावरले एउटा जाँगिर भनेर पठाउने अनि उता पुग्दा अर्कै जागिर गर्नु पर्ने बाध्यता धेरै नेपालीले भोग्नु परेको छ । फर्कीन ऋण काडेर गईएको हुन्छ बाध्य भएर दुःख नै दुःखले उक्त काम गर्नु पर्ने हुन्छ । बिदेशमा त रूखमा पैसा फल्छ भन्ने धेरै नेपालीको सोचाई हुन्छ तर जब मरभुमीको पाईला टेक्छन तब मात्र उनीहरुले वास्तविक भोगाई थाहा पाउछन् ।
    हाम्रो देश नेपाल विश्वको उत्कृष्ट देशभित्र पर्छ । हावा पानी प्रकृतिले भरिपूर्ण देस सम्भवत कमै हुन्छा् । चाह्यो भने देशभित्र नै लाखौ कमाउन सकिन्छ ।

    धेरैको नेपालीको सपना हुन्छ कि विदेश गएर लाखौ कमाउने तर, एक युबा जसले लाखौको रोजगार छोडेर आफ्नो देशमा नै केहि गर्छु भन्दै देश फर्किएका छन् ।

    हाल बाँके जिल्लाको कोहोलपूरका केसब चालिसे जस्ले महिनाको लाख कमाई छोडेर देशमै होटल सञ्चालन गर्दै आएका छन । केहि वर्ष अगाडी माल्दिभ्सको राजधानी मालेमा रोजगारीको लागि आएका केशब थोरै समयमा नै मालेमा चर्चित पनि बने । उनले नेपाली म्युजिक भिडियो माल्दिभ्समा बनाउने साथै आफू अभिनय पनि गर्ने काम समेत गरे । माल्दिभ्सको राजधानी मालेमा रहेको सन होटल एण्ड रिसोट कम्पनीको पर्चेजिंग डाईरेक्टर साथै माल्दिभ्सका ससंदको डाईभर काम गर्ने केसब चालिसे महिनाको एक लाख कमाउथे । धननै सबै थोक होईन सबैभन्दा ठूलो परिवार र देश हो भन्दै चालिसेले जागिर छोडि हाल आफ्नो जन्मभूमिमा होटल व्यबसाय सन्चालन गर्दै आएका छन ।


    केसब चालिसे एक उदाहरणीय व्यक्ति हुन जसले हाम्रो देशमा केहि छैन भनि आफ्नो ज्यान समेत जोखिममा पार्दै खाडि जाने युबाहरूको लागि । त्यति धेरै तलबको जागिर किन छोड्नु भयो भन्ने प्रश्नमा चालिसे बताउछन, ‘देशको माटोमा केहि गर्ने अनि देशभित्र नै पसिना बगायो भने पनि लाखौ कमाउन सकिन्छ भनेर नै मैले माल्दिभ्सको लाखको जागिर छोडेको हुँ ।’ तिस चालिस हजारको जागिरको लागि लाखौ खर्चिएर नेपाली युबाहरू अहिले खाडि मुलुक जान निकै हतारीदै गरेको धेरै देख्न सकिन्छ । नेपालमा जुनसुकै मेनपावर गएर हेर्यो भने पनि त्यहाँ विदेश जानको लागि हातमा पासपोर्ट बोकेर जानेको संख्या अत्यधिक भएको देख्न सकिन्छ । तर, माल्दिभ्समा महिनाको लाख कमाउदै आएका केशब भने आफ्नो देशमा मेहनत गर्यो भने लाखौं कमाउन सकिन्छ भन्दै मालिल्दभ्स छोडि हाल नेपालको माटोमा नै ‘हेल्लो कटेज होटल’ व्यबसाय संचालन गरि रहेका छन ।

    केहि महिना अघि मात्र उनी माल्दिभ्स छोडेर नेपाल गएका उनी भन्छन्, ‘पहिले लाखौ कमाए पनि अर्काको देशको मान्छेको गुलामी बन्नु परेको थियो भने अहीले आफू नै मालिक भएर बस्न पाईएको छ ।’ उनले नेपाली दाजुभाइलाई रोजगार समेत दिएका छन् । ‘लाखौको कमाई भन्दा मलाई आफ्नो देशको थोरै कमाईले नै आनदं महसूस गरेको छ । युबाहरू देशमा केहि भएन भन्दै चर्को घाम,दुःख,कष्ट खान तीस चालीस हजारको लागि खाडि मुलुक गएको देख्दा दुःख लाग्छ । पसिना बगाउन सक्यो भने आफ्नो देशमै सुन फलाउन सकिन्छ ।’ लामो समय बिदेश बसाईले आफ्नो घर परिवार छर छिमेकीबाट आफूलाई टाढा राख्नु पर्ने बाध्यता रहेको बताउने उनले बुढा भएका आमाबालाई छोडेर परदेशमा पसिना बगाउन जाने कयौ युबाले परदेश बस्दा बस्दै आफ्नो आमाबाको मृत्युको खबर सुन्ने तर मुख देख्न समेत जान नपाउने धेरै दुःखहरू भोग्नु पर्ने बाध्यता रहेको सुनाउँछन् ।


    ‘दुई–तीन वर्ष लगातार काम गरेपछि मात्र स्वदेश जान दिने कम्पनीका कारण पनि नेपालीले आफ्नो देशमा चार्डपर्व,उत्सवहरू समेत मनाउन पाउदैनन् ।’ चालिसे भन्छन् ।

    घर परिवारबाट टाढा रहेर कमाएको लाखौ रूपयाले जीवनमा केहि आनदं नदिने बताउने चालिसेले त्यसकारण पनि आफ्नो मुलुक अनि परिवार सँगै बसेर होटल व्यबसायको सुरूवात गरेको बताउँछन् ।

    म।म,चाउमीन,तास,सुकुटि जस्ता खानाहरु उनको होटलमा पाउन सकिन्छ । विदेशी भुमिमा पसिना बगाउने मेहनत नेपाल मै बगाउन सकियो भने पनि त्यहा भन्दा झन धेरै रकम आफ्नो देसमा नै कमाउन सकिन्छ । विदेस जान हतारीदै गर्ने युबाहरू लाई चालिसेको सुझाव छ । ‘आफ्नो देशमा नै केहि गर्नुहोस् अरूको देसशमा गुलामी भएर बाँच्नु भन्दा आफ्नो मरभुमीमा नै थोरै कमाएर धेरै सन्तुष्टी लिन सकिन्छ ।’ चालिसेले भने, ‘मैले यहि कारणले नै लाखौको जागिर छोडेर आफ्नो मुलुकमा सानो व्यबसायको सुरुवात गरेको हु । अहिले एकदम खुसी छु परिवार साथैमा छ । समाज साथमा छ सबैभन्दा ठूलो देश आफ्नो काखमा छ ।’

    प्रस्तुति :राजन पराजुली

    १२१६ पटक
    प्रतिकृया दिनुहोस्