BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    प्रहरीमा सइसम्म मात्र समायोजन हुने

    संसार न्यूज संवाददातामाघ ४, २०७५

    ४ माघ काठमाडौ । सरकारले प्रहरी नायब निरीक्षक सइसम्मका प्रहरीलाई मात्र तत्काल प्रदेशमा समायोजन गर्ने भएको छ । इन्स्पेक्टर तथा त्योभन्दा माथिल्लो तहका प्रहरीको दरबन्दी तत्कालका लागि केन्द्रमै राखेर मेन्द्रले नै परिचालन गर्न लागेको हो ।

    मन्त्रिपरिषद्मा रहेको प्रहरी समायोजन विधेयकमा सइसम्मका प्रहरीलाई मात्र प्रेशमा समायोजन गर्ने उल्लेख छ । जसअनुसार सिनीयर अफिसरको दरबन्दी संघीय प्रहरीमा नै हुने भएको छ ।

    सुरुमा प्रदेश सरकारलाई प्रहरी सन्चालनको सबै अधिकार दिँदा राजनितिक हस्तक्षेप हुन सक्ने र प्रहरी कमजोर बन्ने डरले सइसम्मका प्रहरी कात्र प्रदेशमा समायोजन गर्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।

    ८१ पटक
    प्रतिकृया दिनुहोस्