BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    भन्सार छलीका कारण राजस्व प्रभावित

    संसार न्यूज संवाददातामाघ ४, २०७५

    ४ माघ विर्तामोड । झापाका भन्सार राजस्व प्रभावित हुन थालेको छ । भारतीय बजारबाट नेपाल भित्रने क्रम बढेपछि राजस्व संकलनमा कमी आउन थालेको हो । कात्तिक महिनादेखि भद्रपुरस्थित भन्सार कार्यालयले डेढ करोडको लक्ष्य पनि पुरा गर्न सकेको छैन ।

    चालू आवदेखि मूल भन्सारको मान्यता पाएको भद्रपुर भन्सारले छोटी भन्सार हँुदा दुई करोड ८० लाख रुपैयाँ सम्म प्रतिमहिना राजस्व असुल्ने गरेको थियो । अहिले सोही कार्यालयले एक करोड ४० लाख रुपियाँ पनि राजस्व संकलन गर्न सकेको छैन ।भन्सार छेैवैबाट अवैध ओसारपसार बढ्दै गएपछि राजस्व प्रभावित हुन चालेको भन्सार कर्मचारीको भनाइ छ आजको गोरखापत्र दैनिक समाचरमा छ ।

    ८४ पटक
    प्रतिकृया दिनुहोस्