BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    डा.केसीलाई उपचारको लागि काठमाडौं लगिने

    राससमाघ ४, २०७५

    ४ माघ, इलाम । इलाममा नौं दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई उपचारको लागि काठमाडौँ लगिने तयारी गरिएको छ ।

    डा.केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ लान लागिएको हो । “डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाँै लैजाने तयारी गरेका हौं’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भनेका छन् ।

    डा.केसीलाई उनको स्वास्थ्यस्थिति कमजोर भएपछि जीवन रक्षाका लागि भएपनि काठमाडौं लान लागिएको इलामका प्रंमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । डा. केसीलाई आजै एम्बुलेन्स मार्फत भद्रपुर लगिएको र त्यहाँबाट काठमाडौं भने नाइटभिजन हेलिकप्टरमा लाने बताइएको छ ।

    ७१ पटक
    प्रतिकृया दिनुहोस्