BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    वीरेन्द्रपछि गद्दीमा ओली हुँदा भए

    खगेन्द्र संग्रौलामाघ ५, २०७५

    पहिले सत्ताधिपति राजा वीरेन्द्र थिए, अहिले खड्गप्रसाद ओली छन् । वीरेन्द्रलाई निरङ्कुशतन्त्रका राजा भनिन्थ्यो, ओलीलाई कुन तन्त्रका के भन्ने हो बडा गाह्रो छ । संविधानका निष्प्राण अक्षरमा अहिले गणतन्त्र छ, लोकतन्त्र छ, संघीयतन्त्र छ । तर व्यवहार र आचारमा अहिले पनि वीेरेन्द्रकालकै मनपरी व्याप्त छ । यी दुई तन्त्र चिनिने दुईवटा घटना छन् । बलात्कारपछि हत्याका उस्तैउस्तै घटना । वीरेन्द्रका पालामा नमिता–सुनिताको हत्या भएको थियो, पोखरामा । ओलीका पालामा निर्मताको हत्या भएको छ, कञ्चनपुरमा । नमिता–सुनिताको हत्यारो कहाँ छ ? जबाफमा वीरेन्द्रका पालामा दरबारतिर चोर औँला सोझिन्थे । निर्मलाको हत्यारो कहाँ छ ? जबाफमा अहिले बम दिदीबहिनीको घर उतातिरको फौजी ब्यारेकतिर चोर औँला सोझिन्छन् । तर न पहिले वीरेन्द्रले हत्यारालाई सजाय दिए, न अहिले ओलीमा हत्यारालाई सजाय दिने हुती छ । पहिलेका प्रकट महाराजले हत्यारालाई ढाकछोप गर्न मौन भावले छूट दिए, अहिलेका छद्म महाराज हत्यारालाई ढाकछोप गर्न मुखररुपले कटिबद्ध छन् ।

    निर्मला, निर्मला, निर्मला ! नेपालको समस्त धरातलभरि यही चीत्कार गुन्जिरहेछ । यो दारुण चीत्कार आकाशले सुनेको छ, बतासले सुनेको छ । आकाश द्रवीत छ, बतास शोकाकूल छ । तर शासक ओली न द्रवीत छन्, न शोकाकूल । यी महानुभाव मानौँ बेचैनीमुक्त छन्, ढुक्क छन्, मगतमस्त छन् । मानौँ कञ्चनपुरमा निर्मला नामक मानिस मारिएकी होइनन् । मारिएकी केवल एक गरीब जीव हुन् । गरीबका जीवनको मूल्य न वीरेन्द्रका पालमा थियो, न ओलीका पालामा छ ? नमिता–सुनिताको सट्टा कुनै शाह वा राणा, थापा वा बस्नेत, जर्नेल वा आइजीपीका छोरी बलात्कारपछि मारिएका भए ? हत्यारो शायद चौबीस घण्टाभित्रै समातिन्थ्यो । र, शायद त्यसलाई शूलीमा चढाइन्थ्यो । अहिले खड्गप्रसाद ओली, पुष्पकलम दाहाल वा रामबहादुर थापा बादलका छोरी बलात्कारपछि हत्याको शिकार भएका भए ? शायद हत्यारो एकाध कमसेकम दिनमै समातिन्थ्यो । र, शायद त्यो सर्वस्वसहित आजीवन काराबासको पाहुनो बन्थ्यो । तर के लाग्छ, नमिता–सुनिता सामान्य घरानाका छोरी थिए । निर्मला गरीब घरानाकी छोरी हुन् । न नमिता–सुनिता मारिँदा राजा वीरेन्द्रको चित्त काटियो, न निर्मला मारिँदा ओलीको चित्त दुःख्यो । जो बलात्कृत भए, ती कुनै ठूलो कुलका होइनन् । जो मारिए, ती कुनै ठूलो दौलतका होइनन् । न त शासनको उच्च आसनमा तिनका कोही थिए । वीरेन्द्रको शासनमा केवल ठूलो कुलको, ठूलो पदको, ठूलो धनकोे भाउ थियो । ओलीको शासनमा पनि भाउ तिनै जिनिसको छ । कालखण्ड फरक छ । तन्त्रको नाम फरक छ । शासनको गद्दीमा बस्ने अनुहार फरक छ । तर न्याय, सुविधा र सम्मानको वितरणमा केही फरक छैन । पहिले वीरेन्द्र हुँदा भए । अहिले उनै वीरेन्द्रका खुनी पाइला पछ्याउँदै ओली आउँदा भए ।

    लाग्छ, ओली सरकार झल्ला नाट्यकर्मीहरूको एक लज्जाहीन झुण्ड हो । यसले शासनका नाममा केवल झल्ला नाट्यमञ्चन गर्छ । नपत्याए कञ्चनपुरतिर हेरे हुन्छ । कुल, धन र पदको रक्षाकवच भिरेको बलात्कारीलाई बचाउन झल्ला नाटकमा के मात्रै गरिएन ? प्रमाण दमपच पार्न निर्मलाको यौनाङ्क घोप्टो पारिएन कि ! निर्मलाको सुरुवाल धोइएन कि ! वास्तविक अपराधीलाई क्षमादान गर्न नक्कली अपराधी उभ्याइएन कि ! त्यो पनि निर्घात कुटेर, थला पारेर, इन्तु न चिन्त्ुको अवस्थामा बलात् बकाएर । पछि झल्ला अभिनयकर्मी ओली सरकारले के ग¥यो ? आपैmँले रचेको कीर्ते प्रमाण निर्लज्ज मुद्रामा आपैmँ बदर ग¥यो । भन्यो— लौ, डीनए मिलेन । न्याय माग्ने तरुण सटकमा मारियो । कुटाइले अनेक जन विकलाङ्ग भए । चौतर्फी रुवाबासी मच्चाइयो । आखिर यो सब  किन ? केवल कुल, धन र पदधारी अपराधीलाई बचाउन ।

    ओली राजमा अहिले अर्को झल्ला नाटक मञ्चन भइरहेछ । दुई कुखुरा चोर ठिटा ओली राजको कुटिल पासोमा पारिएका छन् । जब निर्मलाको बत्लाकार र हत्या हुँदै थियो, यी रावल र चौधरी कहाँ थिएँ ? ओली राजको प्रहरी आपैmँ भन्छ— यी प्रहरीको खोरमा थिए । लाग्छ, ओली राजमा रहस्यको रजगज राज चलेको छ । ओलीमय रहस्य भन्छ— यी ठिटाको हंसले खोरबाट बाहिर निस्केर निर्मलालाई बलात्कार ग¥यो । र, बलात्कारपछि सोही हंसले तिनको हत्या ग¥यो । कुल, धन र पदधारी अन्तर्यामी ज्ञानीहरूले त्यो देखे । त्यसैले त बलात्कार र हत्याको घडीमा खोरमा भएका ठिटा अहिले फेरि खोरमा छन् । देखिजान्ने नातेदार साछी भन्छ— यी ठिटालाई बिखादिले लठ्ठ्याएर साबिती बयान लिइँदैछ । यो ओलीको अमानवीय राजको अर्को झल्ला नाटक हो !

    ओली राजमा झल्लापछि झल्ला नाटकको मञ्चन हुँदो छ । डर लाग्छ, यो कुरुप र क्रूर मञ्चन पाँच वर्ष पो चल्ने हो कि !
    बलात्कारी–हत्यारालाई बचाउन वीरेन्द्र आपैmँ बोलेका थिएनन्, ओली बोले । निर्मलाको हत्याका जिउँदा साछी बम दिदी–बहिनी हुन् । यो एउटा अकाट्य तथ्य हो । तर तथ्यलाई लुकाइयो । तथ्य लुकाउन छद्म महाराज ओली आपैmँ बोले । बम दिदी–बहिनी प्रहरी खोरमा थिए । तिनको केरकार हुँदै थियो । कुन प्रेरणा, दबाब वा स्वार्थले हो म जान्दिनँ, आलीको कोमल हृदयमा बम दिदी–बहिनीप्रति अथाह करुणा जागृत भयो । र, यिनले कुर्लिँदै भने— बम दिदी–बहिनीको भविष्य
    छैन ? तिनको बिहा गर्नु पर्दैन ? दुई तिहाईका अधिपति छद्म महाराजले यति भनेका के थिए बम दिदी–बहिनी खोरबाट अलप भए । तिनलाई कहाँ लुकाइयो मलाई थाहा छैन, छद्म महाराज ओलीलाई थाहा छ ।

    ओली शासनको कलाविहीन नाटकलाई थोरैमात्र कलात्मक रुप दिए निर्मलाको हत्यारो सहजै फेला पर्छ । प्रमाण नष्ट गराउने हाकिम वा ठालुलाई केरकार कर । बस्, काम तमाम । बम दिदी–बहिनीलाई केरकार गर । बस्, काम तमाम । तर, के लाग्छ, अपराधीलाई जोगाउन महाराज ओली आपैmँ कन्दनी कसेर लागिपरेका छन् । ओली महाराजलाई पक्रेर केरकार गर्न कसका बाउको पिताम ?

    बस्, कुत्तु सत्तामा झल्लापछि झल्ला नाटकको बमनकारी मञ्चन हुँदो छ । अघिल्लो मञ्चनको नेपथ्यमा वीरेन्द्र मौन थिए, पछिल्लो मञ्चनको रङ्गमञ्चमा ओली सक्रिय छन् ।

    वीरेन्द्र्र राजा थिए, ओलीलाई राजतन्त्र मनपर्छ । र, नै त गद्दीमा वीरेन्द्रपछि ओली हुँदा भए ।

    १९१ पटक
    प्रतिकृया दिनुहोस्