BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    सहिद

    नमराज लामिछानेमाघ १६, २०७५


    जस्को प्राण सधैं रहोस्
    भुवनमा आत्मा बनोस्
    देशको ।
    श्रद्धा राख्छु सपूतमा
    मनभरी सम्मान होस्
    देशको
    नौलो तन्त्र छ आज देश
    जनता सम्वृद्वको मार्गमा ।
    हाम्रा ज्ञातअज्ञात वीर
    जतिछन् हेर्दै बसुन्
    स्वर्गमा।।१।।

    तिम्रा दृश्य अदृश्य धेर
    सपना सत्मार्ग झै पूर्ण छन् ।
    तिम्रा सोच विचार दर्शनहरू
    सद्भावना पूर्ण छन् ।
    जस्को ज्यान लिएर आज
    धरणी संकोचमा हाँस्दछ ।
    उस्कै ज्यान चुडेर मात्र
    भमरा मात्तेर जो नाँच्दछ ।।२।।

    अस्तव्यस्त भए सबै नियम
    जो मान्दैन हो सत्य त्यो ।
    सच्चा वीर शहीद थोर छ
    भनी चिन्दैन जो राज्य यो ।
    गङ्गालाल र धर्मभक्त
    सबहुन् शास्त्रि जसै चन्द
    छन्।
    जस्का श्रेय लिएर जो
    रगतमा खेल्नेहरू जल्दछन् ।।३।।

    काला रात जहानिया
    दिनहरू कस्ता थिए
    जिन्दगी ।
    शान्ति पूर्ण थिएन राज्य
    भरमा मान्छे भए बन्धकी ।
    अर्को पञ्च जसै निरङ्कुस
    थियो राज्य थियो निष्ठुर ।
    के सुन्थ्यो जनभावना त
    उसले नेता झनै बेसुर ।।४

    भुल्नै हुन्न मनुष्यले
    विगतका बाधा सबै अड्चन ।
    जो कानून छ संविधान
    सबको आत्मा जसै
    धड्कन ।
    आत्माले मनले सधै
    हृदयले अर्पन्छु
    श्रद्धाञ्जली ।
    राखे फूल शहीदको चरणमा
    तर्पन्छु पुष्पाञ्जली ।।५।।

    धन्यवाद !

    छन्द : शार्दुलविक्रीडित
    रचनाकार : नमराज लामिछाने
    ठेगना: नुवाकोट/काठमाडौ
    हाल: रियाद साउदी अरब

    १२४ पटक
    प्रतिकृया दिनुहोस्