BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    दिनमा मुस्किलले एकपटक मात्रै चुल्हो बोल्छ, विरामीलाई औषधी छैन

    संसार न्यूज संवाददातामाघ १७, २०७५

    हरिकृष्ण गौतम । बेनी नगरपालिका–६ गोलखाँडाकी पुष्पा कामी एकाविहानै मजदुरीमा हिड्छिन् । गाउँघरमा हुने सबै किसिमका कामको खोजीमा उनी घरघरमा पुग्छिन् । घरायसी काम देखि खेतबारीमा घाँस काट्ने, दैनिक ज्यालामजदुरीको कमाईले घरमा ६ जनाको परिवारको हातमुख जोड्ने गर्छिन् ।
    तीन सन्तानकी आमा कामीको कमाईले बृद्ध आमा, बिरामी श्रीमान र तीन छोराछोरीको पालनपोषण तथा शिक्षादीक्षा दिने जिम्मेबारी समते उनको काँधमा छ ।जमिनको नाममा एक टुक्रा पनि नभएपछि गाउँलेको सहयोगमा राम्चे सामुदायिक बनको जग्गामा बस्दै आएपनि घर भत्किएपछि एक्लेपीपल आधारभुत विद्यालयको खाली भवनमा कष्टपूर्ण तरिकारले दिनरात गुजादैं आइरहेको पुष्पाले बताईन् ।
    ‘छोप्रो भत्किएपछि विद्यालयमा बस्ने गरेका छौ,‘चिसोले छोराछोरी विरामी हुदाँ औषधी उपचार गर्ने आर्थिक छैन’उनले भनिन् ।आफुँ बिरामी हुदाँ छोराछोरीले छिमेकमा मागेर छाक टार्ने गरेको बताईन् । उनले आर्थिक अभावका कारण भत्किएको घर मर्मत गर्न नसक्दा स्थानीय सामुदायिक बनले उपलब्ध गराएको जग्गामा छाप्रो समेत बनाउन नसकेको बताउँदै धेरै दिन आँसु पिएर दिन काट्नुपर्ने अवस्था रहेको बताईन् । करिब पाँच दशक अगाडी देखि सुकुम्बासी जीवन विताइरहेको अवस्थामा आर्थिकस्तर उकास्न श्रीमानलाई दुईपटक विदेश पठाएपनि कमाईले ऋण तिर्न समेत मुस्किल भएको उनको गुनासो छ । ‘तीनलाख ऋण नै छ,’‘श्रीमानको आन्द्राको समस्याले काम गर्न सक्दैनन्’ पुष्पाले भनिन् । विदेश जाँदाको ऋण तिर्न नसक्दा पटकपटक सामुहिक आत्महत्याको प्रयास गरेपनि छोराछोरीको अनुहार हेरेर रोकिएको बताईन् ।


    ‘आत्महत्याका लागी धेरैपटक प्रयास गर्दा पनि छोराछोरीको भविष्यलाई हेरेर रोकिए’ उनले भनिन् ।सडक नजिक रहेको छाप्रो भत्किएपछि सामुदायिक बनको जग्गामा स्थानीय अर्थुङ्गे यूवा क्लवको सहयोगमा छाप्रो बनाउने प्रयास गरेपनि आर्थिक अभावले अलपत्र परेको बृद्धा मानुमती विकले बताईन् । ‘बुहारीको कमाईले मात्रै घर खर्च चलेको छ,‘बिरामी हुदाँ समेत भोकभोकै सुत्छौ’ उनले भनिन् । सुकुम्बासी परिवारलाई स्थानीय अगुवा मुना बानियाँको सक्रियतामा घरखर्चका लागी राहत संकलन गरिएको थियो । वडा कार्यालय, बेनी नगरपालिका, स्थानीय यूवाहरूको प्रयासमा आर्थिक सहयोग जुटाएपनि कक्षा ९ मा अध्ययरत जेठी छोरी प्रकृति, कक्षा ३ मा पढ्ने छोरा प्रकटलाई पोशाक, शैक्षिक साम्रागीको अभावले पठनपाठन नै प्रभावत भएको अगुवा बानियाँले बताईन् । ‘कलिला बालबालिकाको विजोग छ,‘समान्य राहतले मात्रै पुग्दैन’ उनले भनिन् । तीनजना बालबालिकलाई निशुल्क शिक्षा र बस्ने घरको आवश्यकता रहेको बताईन् । यता वडा कार्यालयले समेत विपन्न परिवार भएकाले सहयोगको अनुरोध गरेको छ ।

    औषधी किन्ने पैसा नहुदाँ…
    मजदुरीमा गएर घर फर्किदा प्रेम कामी सधै रक्सीको नशामा हुन्थे । परिवारको जिम्मेबारी सम्हाल्न नसकेको भन्दै दैनिक रक्सी खाँदै लर्बरिदै हिड्ने उनको नशामा समस्या देखिएपछि नियमित उपचारमा आर्थिक अभाव देखिएपछि घरमै छन् । उनीसंगै बृद्धा मानुमतीको पनि पेटमा समस्या छ । दुवैलाई चिकित्सकले नियमित औषधी सेवन गर्नुपर्ने सुझाव दिएपनि अस्पतालसम्म पुग्न सकेका छैनन् । ‘छोराछोरीलाई खुवाउने खाना छैन्,‘मेरोे उपचारका लागी त सम्भव नै छैन’ प्रेमले भने । उनले रक्सीको नशाले परिवारकै जीवन ववार्द भएको बताए ।

    खाडीमै विरामी भएपछि घर फर्किएको उनले बताए । विरामी भएर औषधी उपचारको सम्भव नभएपछि रुँदै रात काट्ने गरेको बृद्धा मानुमतिले बताईन् । ‘पेट पोल्छ, मेरो उपचारभन्दा पनि नातीनातिनीको चिन्ता लाग्छ’ उनले भनिन् । बषौंदेखि साँघुरो छाप्रोमा बस्दै आएपनि भत्किएपछि अलपत्र परेको बताउँदै उनले सहयोगको याचना समेत गरिन् । उनले परिवारका अवस्था देखेर आफुँले बषौंदेखि पीडा लुकाएर बसेको बताईन् । विद्यालयको चिसोले शरीरका अन्य भाग समेत दुख्ने गरेको बताउँदै आफ्नो औषधीभन्दा प्राथमिकता पेटभरी खाना खानु रहेको बताईन् ।

    सामुदायिक बनमा भत्किएको घर र विद्यालयभित्र पुष्पाका परिवार । तस्वीर हरिकृष्ण गौतम

    ९८ पटक
    प्रतिकृया दिनुहोस्