BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    ‘लुना’ लोकार्पण

    (रासस) माघ २०, २०७५

    २० माघ, काठमाडौँ । डा तुम्ला लौकाल  शाहको जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को लोकार्पण गरिएको छ ।

    लेखनकुञ्जमा शनिबार आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, लेखक लाकौल, महिला अधिकारवादी इन्दिरा बस्नेत, मनोविद् करुणा वन्तलगायतले संयुक्तरुपमा विमोचन गरे ।

    सो अवसरमा शताब्दी पुरुष जोशीले आफूले विसं १९९५ मा पढेको ‘रुपमति’देखि ‘लुना’सम्म आइपुग्दा उपन्यासमा धेरै विविधता आए पनि जीवनवादी दृष्टिकोणले यो उपन्यास अहिलेसम्मकै फरक रहेको बताए ।

    लेखक डा लाकौलले आफ्नो जीवन असाध्यै जटिल मोडमा भएको अवस्थामा लेखिएको यो कृतिले आफूलाई ‘शेली’को कविता याद दिलाएको बताइन् । ‘भयानाक पीडाबाट एक सुन्दर कविता जन्मन्छ’ भन्ने उक्ति जस्तै यस कृति पनि जीवनको निकै दर्द भएर बाँच्न नसक्ने बेलामा लेखेकाले यसले समाजलाई प्रेरणा दियो भने आफूलाई खुशी लाग्ने बताइन् ।

    घोष्ट राइटिङ नेपालले प्रकाशित गरेको पुस्तक जीवनोपन्यास हो । उक्त कृतिको मूल्य रु ३५० रहेको छ ।

    ८८ पटक
    प्रतिकृया दिनुहोस्