BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन १० गते
    Headlines :
    Ad

    बिर्तामोडको वडा स्तरीय क्लबलाई खेलकुदका सामग्री प्रदान

    संसार न्यूज संवाददातासाउन २१, २०७३

    20 a

    २१ साउन, बिर्तामोड । बिर्तामोडको वडा स्तरीय खेलकुद उपभोक्ता समितिले विभिन्न क्लबलाई खेलकुदका सामग्री प्रदान गरेको छ ।
    विहिबार एक कार्यक्रमको आयोजना गरी समितिले उक्त सामाग्री प्रदान गरेको हो । उपभोक्ता समितिका अध्यक्ष किरण थापाको अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य संचार नेम्बाङ , जिल्ला सदस्य राजु सेर्मा , बिर्तामोड खानेपानी संस्थाका सदस्य पारशमणी मैनाली र बिर्तामोड भेट्रान फुटसल टिम कप्तान प्रविण थापाको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
    समितिले बिर्तामोड भेट्रान फुटबल क्लबका कप्तान गणेश सुब्बा , चाहना समुहका सचिव रोजित गुरुङ र सिके खेल मैदानका कप्तान सरोज श्रेष्ठलाई खेल सामग्री हस्तान्तरण गरेको हो । जसमा जर्सी , फुटबल , नेट , मोजा लगायतका सामग्री रहेका छन् ।
    बिर्तामोड नगरपालिकाले उपभोक्ता समितिलाई उपलब्ध गराएको बजेट मार्पmत् सो सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रमको संचालन समितिका सचिव घनेन्द्रकुमार पराजुली गरेका थिए ।

    ८२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad