BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    नेपालीको ढुकढुकि नेपाल टेलिकम

    नीलकण्ठ तिवारीमाघ २२, २०७५

    हिजो आजकै कुरा गर्ने हो भने आमाको पेटबाट बच्चा च्याँ च्याँ गदै पृथ्वीमा पर्दापण भएको भिडीयोदेखि दुई भारी दाउराले ज्यान सकाउने बेलासम्म दूरसंचार सेवा र प्रविधि आवस्यक ठहरीएको छ । विदेशमा बसेको एउटा परिवारको सदस्य नेपाल आउन नमिलेको बेला घाटमा चीताको दन्दनी भीडियोमा खोजिरहेको छ । दृश्य हेर्दा उ भक्कानिन्छ तर उसलाई त्यो नहेरी नहुने भएको छ । भन्छ उसले ‘फोरजी वा फाइव जी प्रयोग गरेर भिडीयो पठाइदेउ न !’

    आकास र हावालाई प्रविधिको माध्यमबाट संचारमा ढालेर नेपालमा सूचना प्रविधिको भोक प्यास मेटाउने शुरुवाती प्रयास बि.स १९७१ मा भएको पाइन्छ । यस लगत्तै वि.सं १९७३ मा खुला तार प्रणालीबाट दूरसंचार सेवाको प्रारम्भ भएपनि वि.सं १९७४ मा सर्वसाधारणलाई हेर्ने र अनुमतिमा प्रयोग गर्ने रुपमा विकास भएको थियो । आज हेर्ने र अनुमतिमा छुने होइन कि, विज्ञान र प्रविधिको चमत्कारीक विकाससँगै यो जन्मदेखि मृत्युसम्म समयानुकुल उपयोग हुने वस्तु बनेको छ ।


    समयक्रमसंगै नेपालमा विंस १९९१ मा टेलिफोन हेड अफिस स्थापना भयो भने त्यसको १ वर्षमै नीजि घरमा (यद्यपी छानीएका) समेत टेलिफोन वितरण शुरु भयो । मोहन आकाशवाणी अर्थात् आकाश वाणी हेड अफिस (२००५ हुँदै विंस २०१६ मा दूरसंचार विभाग, २०२६ मा दूरसंचार समिति र २०३२ मा नेपाल दूरसंचार संस्थान हुँदै २०६० माघ २२ गते नेपाल दूरसंचार कम्पनी लिमिटेड स्थापना गरी २०६१ बैसाख १ गते साविक संस्थानलाई औपचारिक रुपले कम्पनीमा रुपान्तरण हुने काम भएको थियो ।

    विं.स १९७३ मा टेलिफोन लाइन चलेपछि १९७४ मा भारतको रक्सौलबाट काठमाण्डौंसम्म ओपनवायर टं«क लाइन स्थापना गरिएको थियो । टेलिकमको विकासक्रममा विंस २०३९ मा डिजिटल टेलिफोन एक्सचेन्ज स्थापना भै २०४३ देखि अन्तराष्ट्रिय ट्रंक सेवा स्थापना गरिएको थियो । टेलिकमको यो यात्रामा २०५६ मा मोबाइल सेवा सुरु भयो भने २०५७ मा इन्टरनेट, २०६० मा जिएसएम प्रिपेड, २०६५ मा एडिएसएल सेवा सुरु हुँदै पछिल्लो पटक फाइवर टु दी होम सेवा वितरण गरेको छ । यसमा टेलिफोन लाइन, चुस्त इन्टरनेटसहित टेलिभिजन केवल समेतको गुणस्तरीय व्यवस्थापनमा टेलिकम प्रयासरत देखिन्छ । अहिलेको संसारका समग्र पक्षमा सूचना र संचार प्रविधिले नै नेतृत्व गरिरहेका छन् । सूचना ‘हक’ बनेको छ भने प्रविधि अनिवार्य उपयोगमा रुपान्तरण भएको छ ।


    दूरसंचार कम्पनी कम्पनिका हिसावले १५ पुगेर १६ लागे पनि यसको पुरानो इतिहास, निरन्तरता र राष्ट्र सेवामा पु¥याएको योगदान कसैसँग पनि तुलना हुन सक्तैन । खुला बजार अर्थतन्त्र सँगै टेलिकम सेवालाई नीजी क्षेत्रमा अनुमति दिइएका परिस्थितिमा पनि नीजी क्षेत्र बढी नाफामुखी भएको र सेवामुखी उत्तरदायित्वमा टेलिकम जसरी पनि लतारिनु परेको यर्थाथ कसैले छिपाउन सक्तैन । यहि कारणले त कैयौ कमजोरीका बाबजुद पनि भरपर्दो , बिश्वासिलो र पुस्तेनी सम्बन्ध ठान्दै नेपालीहरुको ढुकढुकी नै बनेको छ टेलिकम ।


    विसं २०६६ सम्म नेपालका सबै गाविसमा टेलिफोन सेवा पु¥याउँदा नाफा र बचतको ठूलो लगानी त्यता जोड्न परेको सबैलाई विदितै छ । ‘व्यवसाय भर्जिनिटी’ को खोजिमा टेलिकमले आफूलाई कहिल्यै विलासी बनाउन पाएन । घर–घरमा इन्टरनेट र हात–हातमा मोबाइल भन्ने सरकारी सपनालाई घनिभूत पार्नमै आपूmलाई केन्द्रित बनायो ।

    यस विच नीजी कम्पनीहरु फटाफट जन्मिए तर प्रतिस्पर्धाको रौनकमा सामाजिक जिम्मेवारीको भारी बोकेको खासै देखिएन । पुरानो सरकारी मानसिकतामा सूचना प्रविधिको प्रतिस्प्रर्धा टेलिकमलाई ठूलो चुनौती त छदै थियो त्यसबाहेक राष्ट्र निर्माणको जिम्मेवारीको गह्रौ भारी उसले बोकेरै आइरहनै पर्यो । तथापि नेपाल टेलिकमले गरेको प्रगति र राष्ट्र निर्माणमा पुयाएको योगदानलाई कम आँक्न सकिदैन । २ करोड १० लाख ९८ हजार ग्राहक आधार बनाएर ४५ अर्बकोे राजस्व पु¥याएको टेलिकमले दिनभरीमा ६० मिनेट कुरा गर्दा ६ रुपैयाँको प्याकेज ल्याएर प्रतिस्पर्धामा खरो उत्रेको छ ।

    कम्पनीलाई अझ बढी व्यवसायिक , ग्राहकमुखी र प्रतिस्प्रर्धि बनाउँदै फाइवर टु दि होम बिस्तार, फोरजीको सहज पहुँच तथा फाइभजीको तत्परता संगै टेलिकम बुझेका डिल्लीराम अधिकारीले यतिबेला प्रबन्ध निर्देशकको रुपमा नेतृत्व दिन शुरु गर्नु भएको छ । आशा र विश्वास गरौं, कम्पनिको १५ औ बार्षिकोत्सवसंगै १०० वर्ष बढिको इतिहास बोकेको नेपाल टेलिकमले यूग, प्रविधि र गुणस्तरीयता ख्याल गर्दै आफूलाई अब्बल सावित गर्नेछ ।

    ५९२ पटक
    प्रतिकृया दिनुहोस्