BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    एकसाता भित्रै निर्मलाको हत्यारा सार्वजनिक गर्दैै प्रहरी

    संसार न्यूज संवाददातामाघ २३, २०७५

    २३ माघ, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा एकसाता भित्रै सबैका सामु ल्याउने बताइएको छ ।

    निर्मलाको बलात्कारपछि हत्या गरिएको भनेर प्रहरीका उच्च पदस्थ व्यक्तिहरु, उनका छोराहरु, सर्वसाधारण तथा अन्य विभिन्न व्यक्तिमा आशंका मात्रै होइन् उनीहरुको डिएनए समेत टेष्ट गरियो । तर, कतैबाट पनि निर्मलाको हत्यारा पत्ता लागेन् ।

    मानबअधिकारकर्मी तथा अन्य क्षेत्रबाट पनि निर्मलाको भेजाइनल स्वाव नै गलत रहेको आशंका पनि गरियो । उक्त स्वाव निर्मलाको हो कि होइन भन्ने आशंका गर्दै आमाको रगतको नमुना संकलन गरेर परीक्षण समेत गरियो । त्यहि विषयलाई लिएर निर्मलाका बाबुले आमालाई कुटपिट गरेको समाचारहरु समेत आए । निर्मलाको हत्यारा पक्रन नसकेको भन्दै सरकार समेत बदनाम भयो । यसै विषलाई लिएर सत्तापक्ष र विपक्षीबीच घोचपेच समेत भयो । विपक्षीको भनाइमा एउटी बालिकाको हत्यारा पत्ता लगाउन नसक्ने दुई तिहाइको सरकार लाचार समेत भयो ।

    तर,यतिबेला भने जो भए पनि निर्मलाको हत्यारा एकसाता भित्र सार्वजनिक गर्ने भन्दै प्रहरीले हत्यारा नजिक पुगेको जनाएको छ ।

    केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहर प्रसाद भट्ट, डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्र बहादुर रावल अनि सिआइवी मेट्रो र विशेष व्युरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिना अघि कञ्चनपुर खटाएपछि प्रहरी यस्तो परीणाम नजिक पुगेको बताइएको छ ।

    प्रहरीका अनुसार निर्मलालाई जुन ठाउँमा लगेर दुव्र्यवहार गरियो, घटना भन्दा ६ महिना अघिदेखि त्यस्ता क्रियाकलाप त्यहिँ हुँदै आएका थिए । त्यहि ठाउँमा अर्कि युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ । डेढ महिना अघि निर्मला बलात्कृत भएको घटनास्थलभन्दा २० मिटर पर अर्को प्रयास भएको र यसप्रकार उही व्यक्तिबाट १७–१८ जना युवती पीडित भएको प्रहरीले पत्ता लगाएको छ । प्रहरीसँग नाम र सम्पर्क नै छ पीडितहरुको । बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छेमात्रै हुन् । कतिपयले त घरपरिवारमा यस्ता घटनाबारे बताउन समेत सकेका छैनन् ।

    प्रहरीले त्यहि व्यक्तिबाट १६ पटक बलात्कार भएको युवती पनि फेला पारेको छ । स्कुल पढ्ने उनले सो कुरा घरमा पनि बताएकी छैनन् । निर्मला बलात्कृत भएकै उखुबारीमा माघको पहिलो साता ती पुरुषले अर्की बालिकालाई लखेटेका थिए । बालिका रुदै घर गएपछि टोलका मान्छेले सोधखोज गरेर दुराचारीलाई लखेटे । त्यसबारे स्थानीयले प्रहरीलाई खबर नै गरे । प्रहरीको आवत जावत बढेपछि ती पुरुषले ठाउँ फेरेर युवती र बालिकालाई झम्टिने अर्को थलो बनाए । जनआस्था साप्ताहिकबाट

    २९३ पटक
    प्रतिकृया दिनुहोस्