BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    बिरक्तिएको मन

    छबिराम सुनार “निर्दोष” (डेढ गाउँले भाञ्जा)माघ २४, २०७५

    जाडो यसै गर्मी भन्दा
    छैन कतै शितल ।
    फूलबारी छैन
    यहाँ छैन बर पिपल ।।

    पैसा भन्दै हाम फाल्यो
    ज्यान जान सक्छ।
    भाको सबै गट्याम गुटुम
    पारी लान सक्छ।।

    भ्रष्ट्राचार र महंगीले
    डुबाई दियो नेपाल।
    दुःखै दुःख विदेशमा
    कर्मसंगै कपाल।।

    बाध्यताले खाडी मुलुक
    टोलाउँदैछन् आँखा।
    मलाई सम्झी रुँदै होलान
    गाउँका डाँडा पाखा।।

    बल वैंश जोश जाँगर
    विदेशमा सबै।
    बुढो ज्यान फर्केपछि
    के गर्नु र कठै।।

    नोटः यस कविताका रचनाकार अलमुल्लाह मनी एक्सचेन्जमा काम गर्नु हुन्छ।
    वहाँसँग पैसाको रेटको बारेमा पनि सोध्न सक्नु हुन्छ। फोन नम्बर- 55708445

    ११७ पटक
    प्रतिकृया दिनुहोस्