BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    ‘प्रश्न यमराजसॅग’

    रश्मि भट्ट, न्यूयोर्कमाघ २६, २०७५

    मान्छे बाॅच्न र हाॅस्न नै जगतमा यो जन्म पाएको छ
    सार्है सुन्दर सृष्टि शान्त धरती यो हेर्न आएको छ
    बाॅचेकै किन हो ? यहाॅ यम तिमी देख्नै नसक्ने भयौ
    हाॅस्दै फूल्न र फक्रनै छ उसको घाॅटी निमोठ्दै गयौ ।।१

    चाॅडै मार्नु छ भने हजार सपना बुन्नै दिदैछौ किन ?
    हाॅस्दै बाॅच्न र फुल्न छैन यसरी प्राणै लिदैछौ किन ?
    आफ्नै सृष्टि तिमी अकाल यसरी लुछ्दै हिंडेको किन ?
    आहा: जन्म भनी मनुष्य सबमा खूशी भरेको किन ?२

    यौटा मापन मृत्युको किन तिमी कोर्नै नसक्ने भयौ ?
    सत्ता हात लिदै जता र जहिले बिध्वङ्श गर्दै गयौ
    हिॅसा आज बढे, ल विश्व भरमा यो कार्य तिम्रै त हो
    मान्छे रून्छ कठै विलाप भमरी सुन्दै नसुन्ने भयौ ।।३

    भैगो भो ल भयो त जन्म मनुको त्यो आयु थोरै गरी
    छाती भित्र कठै सहन्न म त है आँशू बलीन्द्र झरी
    देख्नै पर्छ जसै ल काल पहिले डुल्थ्यौ यहाॅ लौ तिमी
    भोग्नै पर्छ असी त प्राण सबले निर्माण ढोका तिमी ।।४

    तिम्रो मान गरौं अकाल नमरौं हे ! काल भन्नै सकौं
    सारा काम पुरा गरेर सहजै आयौं ल भन्नै सकौं
    जन्मेकै शिशुका खिचेर मुटु यो बाॅच्नै सकेका हरे
    फक्रेका फलका नयाॅ युवकका घाॅटी थिचेको छ रे ।।५

    यस्तो निष्ठुरता छरी मनपरी हे काल हाॅस्छौ तिमी
    साॅच्चै कष्ट सॅधै दिएर पनि खै लाग्दैन माया रती
    विन्ती गर्छु सॅधै दिलै र मनले यो कार्य धेरै भयो
    तिम्रै भित्र तिमी पसेर मनु भै हेर्नै अवेला भयो ।।६

    तिम्रो धर्म र काम यही हुन गयो आत्मा छ तिम्रो पनि
    भो भो काल अवै नगर्नु यसरी अन्याय औ दुर्गति
    मान्छे बाॅच्छ यहाॅ सुकाल कहिले हे काल सुन्छौ तिमी?
    तिम्रो शासन यो भयो मनपरी चाॅडै सुधारे तिमी ।।७

    ( शुक्रबार मृत्युवरण गरेकी प्राशा तुलाधरलाई
    (न्युयोर्कवासी) समवेदना छ ।)

    ९३ पटक
    प्रतिकृया दिनुहोस्