BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    सेना एक्लैले ६ अर्ब ६१ करोड ४५ लाखका गाडि किन्यो

    संसार न्यूज संवाददातामाघ २८, २०७५

    २८ माघ काठमाडौ । मितव्यायी हुने सरकारी नीति भए पनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ । मर्मत गरेर गाडी चलाउनुको सट्टा सरकारी कार्यलयहरु नयाँ किन्ने प्रतिस्पर्धामा छन् । अझ राज्यका बाँकी सबै निकायभन्दा सेना एक्लैले सवारीसाधनमा धेरै खर्च गरेको छ । सेनाले गत आर्थिक गत वर्षमा ६ अर्ब ६१ करोड ४५ लाखका सवारीसाधन खरिद गरेको छ । जब कि राज्यका अन्य सबै निकायका लागि ६ अर्ब ६१ करोड ३८ लाखका गाडि खरिद गरिए । यसको सम्पुर्ण विवरण महालेखापरिक्षकको कार्यालयमा पुगिसकेको छ ।
    एउटै शीर्षकमा यति धेरै किन खर्च भयो भन्ने जिज्ञासा राख्दा नेपाली सेनाका प्रवक्ता याम दकालले तत्काल यस विषयमा आफुलाई जानकारी नभएको बताए । यसबारेमा मलाइ जानकारी भएन, बुझेर मात्रै भन्न सक्छु , उनले भने । जानकारी सरकारलाई पनि छैन । सोमबारको नयाँ पत्रिका सुवास भट्ट, पुष्प ढुंगाना बाट ।

    ११४ पटक
    प्रतिकृया दिनुहोस्