BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    काठमाडौमा सडक विस्तारका नयाँ योजना नबन्ने

    संसार न्यूज संवाददातामाघ २८, २०७५

    २८ माघ काठमाडौ । चालु आर्थिक वर्ष ०७५ \ ०७६ मा काठमाडौ उपत्यकाभित्र सडक विस्तारका नयाँ योजना नबन्ने भएका छन् । भौतिक योजना मन्त्रालयले सडक निर्माण र विस्तारको जिम्मेवारी स्थानीय तहलाई दिने प्रक्रिया सुरु गरेका कारण काठमाडौमा सडक विस्तार नहुने भएको हो ।

    काठमाडौ उपत्यकामा सडक विस्तार आयोजनाका इन्जिनियर विश्वविजय लाल श्रेष्ठले चालु आवमा पुराना योजनालाई निरन्तरता दिन बाहेक नयाँ योजना नरहेको बताए । सडक डिभिजन कार्यालय भक्तपुरका सुचना अधिकारी कर्णसिंह खत्रीले पनि यस वर्षदेखी सडकसम्बन्धी योजनाहरु, प्रदेश र स्थानिय तहलाई हस्तान्तरण गर्न लागेकाले सडक विस्तारको योजना नै नभएको बताए । सोकबारको नयाँ पत्रिका दैनिक विजय कार्की बाट ।

    ४३ पटक
    प्रतिकृया दिनुहोस्