BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    वुमन फर हेल्पिङ हेन्ड्स अमेरिकाद्धारा मिर्गौला रोगले पीडितलाई २ लाखबढी आर्थिक सहयोग

    संसार न्यूज संवाददातामाघ २८, २०७५

    वुमन फर हेल्पिङ हेन्ड्स अमेरिकाले मिर्गौला रोगले पीडित नन्द किशोर यादवलाई २ लाख बढी आर्थिक सहयोग गरेको छ ।

    वुमन फर हेल्पिङ हेण्ड्सकी सवि थापाको नेतृत्वमा संकलन गरिएको उक्त रकम मेरिल्याण्डमा रहेका नेपालीहरुबाट संकलन गरिएको थियो ।

    उक्त रकम सहयोग गर्नेहरुमा सवि थापा आफैं २५०, रिना बुढाथोकी १००, अमृता घिमीरे १००, मोहन थापा १००, सरिता कार्की १००, सिर्जना विरही थापा १००, दिनेश आचार्य १००,माया कार्की १००, मन्जु श्रेष्ठ ५०, ज्ञानु बानिया ५०, मुना थापा ५०, सुर्वण लामा ५०, उर्मिला न्यौपाने ५०, राम कार्की ५०, सरिता चन्द ५०, सिमा बानिया ५०, रामजी शर्मा ३०, गोमा ३०, सरिता शर्मा ३०,यमुना अधिकारी ३०, जमुना गुरुङ ३०, सन्देश कार्की २०, सुष्मा रावल २५, कल्पना पौडेल २५, यमुुना शर्मा २५, बसन्त महत २०, सपना पौडेल २०, भोज घर्ति ५०, हेमन्त पौडेल १०, सुन्दर हमाल ५०, दिपक शर्मा २५, सरिता थापा २५ र संगीता २५ गरेर जम्मा १८ सय डलर (दुई लाख २१० रुपैयाँ) संकलन गरिएको थियो ।

    उक्त रकम चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका संचालक कृष्णहरि कंडेल तथा चर्चित लोक गायिका विमा कुमारी दूरा, पूर्व सांसद निरु दर्लामी तथा नन्दकिशोर यादवका आमा र मामालगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

    रकम हस्तान्तरण कार्यक्रममा यादवकी आमा सन्जरी देवि यादवले अब ४–५ लाख भएमा छोराको जीवन बाँच्ने भन्दै सहयोगका लागि याचना गरेकी थिइन् ।

    सोहि कार्यक्रममा गायिका विमा कुमारी दूराले पीडित यादवलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी थिइन् ।

    कार्यक्रममा यादवले सहयोग गर्नेसबैलाई धन्यवाद दिदैं आफ्नो जीवन उज्यालो बनाउनका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरेका थिए ।

    त्यस्तै इन्द्रेणी कार्यक्रमका संचालक कृष्णहरि कंडेलले यसअघि पनि यादवको उपचारका लागि इन्द्रेणी कार्यक्रम मार्फत ४ लाख ५ हजार जुटाइएको बताएका थिए ।

    मेरिल्याण्डमा रहेका नेपाली महिला तथा नेपालका महिला दिदी बहिनीहरुको सुख दुःखमा साथ दिने उद्धेश्यले एकवर्ष अगाडि खोलिएको यो संस्थाकी समाजसेवी सवि थापाले इन्द्रेणी कार्यक्रममा नन्द किशोरले पोखेको पीडाले मन छोएकोले आफूहरुले आर्थिक सहयोग गरेको बताइन् । ‘इन्द्रेणी कार्यक्रममा भाइले हामी मधेसी भएकैले कसैको सहयोग नपाएको पीडा पोखेका थिए, के पहाड के तराइ भन्ने सोँच बोकेर समाजमा अगाडि बढेका हामीलाई उनको पीडाले मन पोल्यो अनि सहयोगको हात अघि बढायौं ।’ समाजसेवी थापाले  संसारन्युजसँग भनिन् ।

    २०४ पटक
    प्रतिकृया दिनुहोस्