BizPati

  • आज : २०७६ बैशाख ९ गते
    Headlines :

    समुन्नत राष्ट्रको निर्माणका लागि संकल्प र सुझबुझ चाहिन्छ

    टंक कार्कीमाघ २८, २०७५

    कांग्रेसले २०४६ साल फागुन ७ गते देखि जनआन्दोलन गर्ने भरखरै निर्णय गरेको थियो । पार्टीले मलाई कांग्रेससँग कुरा गर्न खटायो । ज्ञानेन्द्र कार्कीले किसुनजीसँग समय मिलाएर खबर गरे । विहाँन ६ बजे कुपन्डोलस्थित किसुनजीको निवासमा म हाजिर भए । भित्र पस्ना साथै मैले किसुनजीलाई आदारपूर्वक अभिवादन गरें । किसुनजी नित्य कर्म गरेर कोठामा सामान यता उता मिलाउदै थिए ।

    ¬‘८ बजेपछि कांग्रेसीहरुले घेरी हाल्छन्, त्यसैले तपाईलाई सबेरै बोलाको तपाई बडो बुद्धिमान हुनुहुन्छ–अप्ठ्यारो त मान्नु भएन’ हस्याङ र फस्यांग गर्दै पुगेको मलाई किसुनजीले फÞुक्र्याउँदै शान्त पार्ने कोशिस गरे ।

    यत्तिकैमा ओमकार जी कोठामा प्रवेश गरे । ‘किसुन जी ! मेलमिलाप, मेलमिलाप मात्रै भन्नु हुन्छ, पन्चेहरुले घाँटी अठ्याको अठ्याकै छन् । यसरी कहाँ चल्छ ?’ भित्र पस्दा पस्दै ओमकारको छर्रा छुटी हाल्यो ।

    तव मलाई के, थ्यो !? मैले पनि प्याच्चै थपि दिए, ‘हो त नी किसुनजी ! जसले आफ्नो घाँटी अठ्याको छ उसँग घाँटी जोड्ने भन्नुहुन्छ जो संगै मार खाईरहेका छन् उनीहरुसँग भने भिड्न पठाउनु हुन्छ ।’

     

    ‘Mind your words’ किसुनजीका तिखा शब्द मेरा कानमा परे । म त कालोनिलो नै भए,–मानौ म कुनै छाँगाबाट झरिरहेको छु । म जे कामको निम्ति आको थे त्यै नै बिथोलिने खतरा थ्यो ।

    शायद किसुनजीले मेरो त्यो मनोभाव पढे । ‘टंक बाबु ! म एउटा घटना सुनाउ है ?’ बहुत शान्त र सदा झैँ स्वाभाविक रुपमा कुरा सुरु गरे । मलाई भने ठूलो ढाडस भयो– किशुनजीका अघिका शब्दमा आक्रोस होइन अरु नै कुरा रहेछ । मैले सन्तोषको सास फेर्दै भने, ‘हुन्छ ।’

    बीपी बाबु प्रधानमन्त्री भएपछि चीन जानु भाकोथ्यो । वहांको औपचारिक कार्यक्रम सकेपछि एक दिन विहानै चाओ एनलाइ बीपी बसेको होटलमा आउनु भयो र एक ठाउँ हेर्न जाने भन्नुभयो । अनि एउटा बोटानिकल गार्डेन हेर्न लिएर गएछन् । गार्डेनको निरीक्षण गरि सकेपछि चाओ एनलाइले सोधे, ‘कस्तो लाग्यो ?’

    ‘भब्य छ, सुन्दर छ ।’ बीपीले भन्नुभो ।
    ‘यो कसले बनाको, तपाईलाई थाहा छ ?’
    चाओ एनलाइले बीपीलाई सोधे ।

    बीपीलाई के थाहा कसले बनाएको ! बीपीले अनभिज्ञता प्रकट गर्नु भो ।

    एकजना चिनियाँलाई देखाउदै चाओ एनलाइले भने, ‘यो वहाँले बनाको । वहाँ नै हो चीनको मंचु बंशको अन्तिम सम्राट पु यी ।’
    दुबैले हात मिलाए ।

    चाओ एनलाइले कुरो अघि बढाए, ‘हाम्रो बारेमा बाहिर एउटा अफवाह चलाइएको छ । हामीले विपक्षीहरुमाथि दमन चक्र चलाका छौं । होइन, हामीले बिना पूर्वाग्रह सबैलाई राष्ट्र निर्माणमा आ–आफ्नो योग्यता अनुसार अवसर दिएका छौं ।’

    वहाँहरु आ–आफ्नो गाडी चढेर फर्कनुभो ।
    गाडीमा चढेपछि बीपीलाई कोट्याउदै साथमा रहेका विदेश सचिव नर प्रताप थापाले बीपीलाई सोधे, ‘चाओ एनलाइले आज के नभकतगचभ (संकेत) गरेको ? तपाईले कुनै ख्याल गर्नु’ भो ?’
    बीपीले भन्नुभो, ‘अहँ, मैले त्यस्तो कुनै नोटिस गरिन।’

    ‘तपाईले ख्याल गर्नु भा‘छ तिम्रो देशको राजालाई पनि त्यसै गर्नुपर्छ भन्याको, क्या !’
    नर प्रतापले त्यसो भनि रहंदा त्यहाँ उनीहरु बाहेक प्रधानमन्त्रीको सैनिक सहचारी पनि थियो ।
    पछि नरप्रताप काठमान्डूबाट पटना जाने क्रममा प्लेन दुर्घटनामा मारिए ।

    ‘बुझ्नुभो टंक बाबु !’ किशुनजी गलल हास्नु भो ।

    मैले अलिक राहत त महसुस गरें तर अन्तर मनमा भने आफ्ना कुरा राख्ने ठीक समय छनौट नगरेकोमा ग्लानी भने छँदै थियो । एकै छिनमा ओमकार जी किसुनजीसँग विदा भएर बाहिर निस्कनु भो ।

    अनि हामी आफ्नो द्यगकष्लभकक मा प्रवेश गर्यौं ।

    समयको लिला । पछि, राजदूतको रुपमा म बेइजिंग पुगिसकेको थिए । बेइजिंग ओलम्पिकको समापन समारोहमा प्रधानमन्त्रीको हैशियतमा प्रचण्ड भाग लिन आईसकेका थिए । मेरै आग्रहमा प्रधानमन्त्रीको उक्त बोटानिकल गार्डेनमा भ्रमणको कार्यक्रम पनि बनाईयो । भ्रमण पनि भयो । म प्रचण्डलाई किसुनजीबाट सापट लेको बीपी–चाओ एनलाइ बिचको संवाद बेलिविस्तार गर्न चाहन्थे । चिनियाँ अधिकारीहरुले उनलाई यसरी घेरी दिएकी मैले त्यो मौकै पाइन ।

    हामी कहाँ सवल, समुन्नत राष्ट्र निर्माणको आशा जो छ त्यो लर्तरो कदापि छैन । संकल्प र सुझबुझ बिनाको निर्घिणी सत्ता लिप्साले मात्रै कहाँ बन्छ र त्यो ?!

    १४९ पटक
    प्रतिकृया दिनुहोस्