BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    गजल

    बलराम तिमिल्सिना माघ २९, २०७५

    आरामको नजिक छु
    विरामको नजिक छु !
    अलि अलि सहर
    अलि गामको नजिक छु !

    दोसाँध छु दोधार छु
    दोबाटोमा छु बसेको !
    अलि अलि छायाँ
    अलि घामको नजिक छु !

    हिजो आज साथी सङ्गत भन्न नि
    कठीन छ !
    केही असल केही खराव
    नामको नजिक छु !

    रोजगार छु भनौं कि छैन
    भनौं भो वरै !
    काम छैन खासै तर कामको
    नजिक छु !

    कुन ऋतु हो भनौं अहो
    संक्रमण ऋतु छ !
    आधा जाडो आधा गर्मी
    यामको नजिक छु !

    असला र जलकपुर वुदुँना या
    कत्ले हैन !
    हिजो पनि आज पनि
    वामको नजिक छु !

    १५७ पटक
    प्रतिकृया दिनुहोस्