BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता

    संसार न्यूज संवाददाताफागुन १, २०७५

    २९ माघ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
    उक्तबैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    सो बैंकअस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।
    आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्नु रहेको छ ।

    ८३ पटक
    प्रतिकृया दिनुहोस्