BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    “मान्यता नपाएको इन्स्टिच्युटमा जान खोज्नु नै समस्या हो”

    संसार न्यूज संवाददाताफागुन १२, २०७५

    नेपालबाट विदेश अध्ययनमा जाने कुल विद्यार्थीको झण्डै आधा हिस्सा अष्ट्रेलीयाले ओगटेको छ । पछिल्लो तथ्याङ्क अनुसार हाल अष्ट्रेलीयामा २० हजार भन्दा बढी नेपाली विधार्थी छन् । विश्वभरमा अष्ट्रेलिया तेस्रो रुचाईएको मुलुकमा पर्छ भने नपाली विद्यार्थीहरुका माझ पहिलो गन्तब्यकोरुपमा रहेको तथ्याङ्कले देखाउँछ । ती मध्ये एक चौथाइ डिपेन्डेन्ट भिषामा अष्ट्रेलीया गएका छन् । अमेरीकाका शिक्षण संस्था भन्दा कम खर्चिला साथै काम र त्यसको प्रतिफल पनि आर्कषक रहेकाले धेरै नेपाली विद्यार्थीको आकर्षक गन्तव्य अष्ट्रेलीया रहेको मानिन्छ । त्यति मात्र होइन अन्तराष्ट्रिय विद्यार्थीहरुको लगानी र पढ्न पाउने अधिकारलाई इएसओएस एक्ट (ESOS ACT) २००० सुनिस्चित गरेकोछ ।

    तर पछिल्लो समयमा अष्ट्रेलीयन इन्स्टीच्युट अफ बिजनेस एन्ड टेक्नोलाजी (एआइबीटी) नामक भोकेसनल इन्स्टीच्युटमा नर्सिङ विषय अध्ययन गर्ने नेपाली विद्यार्थीलाई आइपरेको समस्याका कारण यो गन्तव्यमा कस्तो असर पर्ला भन्ने विषयमा प्रस्तुत छ । स्वतन्त्र शैक्षिक परामर्स संघ नेपालका अध्यक्ष युवराज कटवालसँग गरीएको कुराकानी ।

    यो अष्ट्रेलीयन इन्स्टीच्युट अझ विजनेस एन्ड टेक्नोलोजी (एआइबीटी) समस्याको पृष्ठभुमी बारे बताइदिनुस न ।

    यो इन्स्टीच्युट अष्ट्रेलियामा भोकेसनल शिक्षा दिने संस्था हो साथै एआइविटी आस्क्वा (ASQA: Australia Skills Quality Authority) मा रजिस्टर आरटिओ प्रोभाइडर हो । प्रत्येक अन्तराष्ट्रिय विद्यार्थी जाने कोर्षहरु रजिस्टर भएपछि क्राइकोसको हुने भएकोले यसैको आधारमा अन्तराष्ट्रिय विद्यार्थीहरु जान पाउँछन । यसमा दुनियाँभरिका करिब ८ हजार विद्यार्थी पढ्छन् । यस संस्थामा पढ्न जान नेपालका चार हजार विद्यार्थीले नो अब्जेक्सन लेटर लिएछन् । पछिल्लो समय यस संस्थामा पढ्न खोज्ने नेपालीको चाप रामै्र बढेको थियो ।

    उक्त इन्स्टिच्युटमा समस्या कसरी आयो त ?

    पछिल्लो समयमा उक्त संस्थामा पढाइ हुने नर्सिङ विषयले अष्ट्रेलियन सरकारको एनमेक भन्ने सम्बन्धन लिने संस्थाबाट आधिकारीक मान्यता नपाएका कारण यो समस्या आएको हो । एनमेक रेगुलेसन २०१८ को जुलाईबाट लागू भएको र अंग्रेजी भाषा दक्षता आइएलटिएसमा ७ हुनु पर्ने अनिवार्य गरेकोले सो भन्दा अगाडी जाने विद्यार्थीले कम आइएलटिएस स्कोरमा नर्सिङ पढ्न पाउने भएकोले पनि समस्य देखिएको हो । यहाँ दुनियाँ भरका विद्यार्थी अध्ययनरत छन् । ती मध्ये करिब करिब ८०० सय नेपाली विद्यार्थी छन् ति विद्यार्थीले उक्त संस्थाबाट आधिकारीक प्रमाणपत्र (एनमेक) नपाउँदा भोली आफ्नो बृत्ति विकासमा अप्ठ्यरो पर्ला की भनेर चिन्ता जाहेर गरेका हुन् ।

    त्यस्तो अवैध संस्थामा तपाईंहरुले किन पढाएको ?

    संस्था अवैध होईन सम्बन्धन नपाएको मात्र हो । समस्या यहिं त्यहि हो बुझाइ मात्र फरक हो । विद्यार्थीले अप्लाइ गर्दाको समयमा नै सो कुरा स्पस्ट थियो । सबैभन्दा पहिला हामी परामर्शदाता पनि समयमा सचेत हुनु पर्दथ्यो । उक्त इन्स्टिच्युटले आधिकारीकता प्रोसेसिङ्गमा रहेको जनाएपछि हामीले विद्यार्थीलाई सोही तरीकाले काउन्सिलिङ्ग गरेका थियौं  । तर पनि यहाँ निर हाम्रो गल्ती भयो ।

    दोस्रो गल्ती विद्यार्थीहरुले गरे । उनीहरु मध्ये आइएलटीस मा ६.५ नकटाएका विद्यार्थी हुन् । टेस्टमा कम स्कोर लिएका विद्यार्थीले ब्यचलर अफ नर्सिङ कार्यक्रममा जान झन्झटिलो हुन्छ । त्यसकारण २ वर्ष यस्ता भोकनेसल इन्स्टीच्युटमा पढेर विश्वविद्यालय जाने सजिलो बाटो विद्यार्थीले रोजे । अष्ट्रेलिया जाने बिद्यार्थी कम्जोर थिएनन । उनीहरु सबैलाई उक्त संस्था अधिकारीकताको प्रसेसिङमा छ भन्ने पनि थाहा थियो तर विद्यार्थीहरु छिटो अष्ट्रेलीया पुग्ने चाहानाका कारण अरु विषय नजरअन्दाज गरेर गल्ती गरे ।

    तेस्रो हाम्रो सरकारले जानि जानि नो अब्जेक्सन लेटर दिएर गल्ति गर्यो । चौथो आफैंले बैधानिकता नदिएको संस्थामा जान भिषा दिएर अष्ट्रेलीयन सरकारले पनि गल्ती गर्यो ।

    मैले पुनः अघि कै प्रश्न दाहोर्याएँ तपाईंले गल्तीको फेहरिस्त त दिनु भयो । यस्तो संस्थामा पढ्न पठाउनु उचित थियो र ?

    फेकन एउटा व्यवसायीहरुको छाता संगठन हो । यसले परामर्शदाताहरुले गरेका गल्ती कमजोरीको ढाकछोप गर्दैन, यसकारण गल्ति गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्छ । यसमा फेकन साथ दिन तयार छ ।

    अहिले केहि बिग्रिसकेको छैन । विद्यार्थीहरुले पनि अति सहिस्णु भएर बसिदीनु पर्छ । एआइबिटीले सबै विद्यार्थीको जिम्मेवारी लिनु पर्छ । क्रेडीट ट्रान्सफर चाहाने विद्यार्थीलाई त्यो सुविधा एआइबिटीले दिनै पर्छ । यसको लागि फेकनले सक्दो पहल गर्छ ।

    अहिले विद्यार्थीको अवस्था के छ त ?

    कलेजको नर्सिङ विषयले आधिकारीक मान्यता नपाएका कारण पढिसकेका द्यिार्थीहरुको शैक्षिक भविष्य के हुने भने स्थिती अहिले छ । तर आत्तिइ हाल्नु पर्ने अवस्था चाहिं छैन ।
    अष्टे«लीयन दुतावासको प्रेस विज्ञप्तीले पनि यो कुरा राम्ररी प्रष्ट पारेको छ । अष्ट्रेलीयामा विदेसीले अलपत्र हुन नपर्ने ग्यारेन्टी त्यहाँको सरकारले गरेको छ । हामी उनिहरुको क्रेडिट ट्रान्सफरको प्रयासमा छौ । सबैलाई सेटल गर्ने गरी काम गरीरहेका छौ ।

    अब समाधान के त ?

    यसको समाधान शिक्षा मन्त्रालयले जुन पायो त्यही कोर्ष र इन्स्टीच्युटलाई एनओसी दिनु हुदैन । विद्यार्थीहरुले पनि विदेश जाँदा बुझेर मात्रै जानु पर्छ अनि हामी परामर्शदाताले पनि तातै खाउँ जल्दै मरौं शैलीमा विद्यार्थीलाई काउन्सिलिङ्ग गर्नु हुदैन । विद्यार्थीहरुले आफ्नो पठनपाठन जारि राख्ने र अन्य कलेजहरुमा स्थानान्तरण गर्नको लागि पहल गर्ने । शैक्षिक शुल्क टिपिएसबाट संरक्षित भएको कारणले विद्यार्थी हतोत्सयी हुनु पर्ने अबस्था छैन । कोर्ष क्रेडिटको समस्या छ त्यसको लागि पनि फेकन लगायतका संस्थाहरु लागि परेकाछौं, समाधान हुन्छ ।

    एआइबीटी केसको समाधान के त ?

    अहिले केहि बिग्रिसकेको छैन । विद्यार्थीहरुले पनि अति सहिस्णु भएर बसिदीनु पर्छ । एआइबिटीले सबै विद्यार्थीको जिम्मेवारी लिनु पर्छ । क्रेडीट ट्रान्सफर चाहाने विद्यार्थीलाई त्यो सुविधा एआइबिटीले दिनै पर्छ । यसको लागि फेकनले सक्दो पहल गर्छ ।

    ४९३ पटक
    प्रतिकृया दिनुहोस्