BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    कोरियाबाट ४३ प्रतिशत मात्र रेमिट्यान्स ५७ कहाँ गयो ?

    संसार न्यूज संवाददाताफागुन २२, २०७५

    २२ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले प्रत्यक्ष बैदेशिक लगानीको ऐन समेत बनिसकेकोले नेपालमा लगानी गर्न बाताबरण बनेको बताएका छन् ।

    ऐक्यबद्धता प्रकाशनद्धारा सोमबार आयोजित ‘कोरियामा नेपाली र विप्रेषणको अवस्था’ बिषयक अन्तरक्रिया तथा जिओन बैंक कोरियाका अध्यक्ष Yim Yong Taick को स्वागत कार्यक्रममा बोल्दै कोरीयन बैकर्सहरुलाइ लगानीका लागि आग्रह गरेका हुन ।

    सन् १९५६ ताका नेपाल र कोरियाको प्रतिब्यक्ति आम्दानी समान रहेको स्मरण गर्दै सन २०१९ सम्ममा आउँदा कोरियाको प्रतिव्यक्ति आम्दानी ३० हजार डलर र नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ४ डलर मात्र रहेको बताए ।

    नेपाल राष्ट्र बैकको गभर्नर समेत रहिसकेका क्षेत्रीले जिओन बैंकले कोरियामा रहेका नेपालीलाई विनाधितो ऋण दिएकोमा प्रसंसा गर्दै वित्तिय अभावका कारण सरकारले बैंकहरुलाई विदेशी लगानी ल्याउन दिएको स्वीकृति अनुसार जिओन बैंकले पनि नेपाली बैंकहरुसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सक्ने बताए । उनले यतिबेला नेपालमा लगानी गर्नका लागि सुनौलो अवसर (गोल्डेन अपरच्युनिटी) रहेको समेत सुझाएका थिए ।

    कार्यक्रममा कोरियामा रहेका ४० हजार नेपाली कामदारले कमाएको रेमिट्यान्स ४३ प्रतिशत मात्र औपचारीक च्यानलबाट नेपाल भित्रिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी मुद्रा ब्यबस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले बताएका छन् । गत वर्ष १७ अर्ब (२५ प्रतिशत) मात्रै रेमिट्यान्स आएको तथा आव २०७५/७६ को ६ महिना सम्ममा १६ करोड डलर आएको बताउँदै यो वर्ष ३२ अर्ब अमेरिकी डलर रेमिट्यान्स (४३ प्रतिशत) आउने अनुमान गरिएको पनि ढुंगानाले बताए ।

    प्रतिमहिना झण्डै डेढलाखको कमाई अनुसार एकवर्षमा ८२ अर्ब रुपैयाँ रेमिट्यान्स आउनुपर्नेमा ६ महिनामा जम्मा १६ करोड डलर मात्र रेमिट्यान्स आएको बताए । प्राप्त रेमिटयान्स मध्ये ४० प्रतिशत कमर्शियल बैंकबाट र ६० प्रतिशत रेमिटयान्स कम्पनिबाट आएको उल्लेख गरेका थिए ।

    ढुंगानाले आर्थिक परीसूचक राम्रो रहेको तथा कुल ग्राहस्थ उत्पादन ७ प्रतिशतको हाराहारीमा पुग्ने बताएका थिए । उनले नेपाल र कोरिया सरकार दुवैको चाहना सय प्रतिशत रेमिट्यान्स नै औपचारीक च्यानलबाट नेपाल भित्रियोस् भन्ने रहेको बताउँदै जिओन बैंकले त्यसमा महत्वपूर्ण भूमिका खेल्ने आसा गरेको बताएका थिए ।

    उनले ४३ लाख नेपाली विश्वका १६७ देशमा कार्यरत रहेको तथा ११० देशमा नेपाल सरकारले स्वीकृति दिएको बताउँदै त्यसमध्ये १.५ दक्ष, २४ प्रतिशत अर्धदक्ष र बाँकी सबै अदक्ष कामदार रहेको बताएका थिए । उनले जापान र कोरियामा रहेका नेपाली कामदारको महत्वपूर्ण अंश अर्ददक्ष रहेको बताएका थिए ।

    ऐक्यबद्धताकी सम्पादक मिना शर्माको सभापतित्व र इशारा रेमिटका अध्यक्ष रुद्र शर्माको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा जिओन बैंकका अध्यक्ष तथा सिइओ Yim Yong Taick ले आफूनो बैंकले ३ हजार नेपालीलाई सेवा दिएको बताउँदै भविष्यमा यसको संख्या अझै बढाउँदै जाने बताएका थिए ।

    उनले ४०-५० वर्ष अघि कोरियाका युवा पनि विदेशमा पुगेर काम गरेको स्मरण गर्दै त्यतिबेला जीडिपीमा रेमिट्यान्सको २५ प्रतिशत योगदान रहेको र त्यसले कोरियाको विकास र समृद्दिमा ठूलो भूमिका खेलेको बताएका थिए । उनले आफ्नो बैंक प्रवासी मजदुरका बीच पुगेको एकवर्ष मात्र भएको बताउँदै उनीहरुबीच कसरी आत्मियता र सहकार्यता बढाउन सकिन्छ भन्ने प्रयासमा बैंक रहेको बताएका थिए । अध्यक्ष त्बष्अप ले नेपाल र कोरियाको विचमा सहकार्य गरेर अगाडि बढ्नका लागि आफ्नो टिम सदैव तयार रहेको बताएका थिए ।

    ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा ज्योती विकास बैंकका सिइओ मनोज ज्ञवाली, जनता बैंकका डेपुटी सिइओ सागर घिमीरे, पृथ्वि श्रेष्ठ, सनराइज बैंकका अतिरीक्त महाप्रबन्धक सर्वेन्द्र मिश्र, कृषि विकास बैंकका रेमिट्यान्स प्रमुख बाशु अधिकारी, नविल बैंकका रिटेल बिजनेश हेड निरज शर्मा, सिद्धार्थ बैंकका रेमिटयान्स प्रमुख बिमल महत, माछापुच्छे« बैंकका रेमिटयान्स प्रमुख सुदन भण्डारी कुमारी बैंकका एसआर अफिसर उम्मीद श्रेष्ठ, संसारा रेमिटका बिजेनेश डेभलपमेन्ट अफिसर इन्द्र बहादुर बस्नेत, जेएमइ रेमिटकी मेनेजर मीरा शर्मा, सनराइज बैंकका प्रविण आचार्य, एनएमबी बैंकका शौरभ पन्त र प्रज्वलत्ता राजभण्डारी, इशारा रेमिटका पबित्रा श्रेष्ठ र जीवन कटवाल अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराई, सार्थक अभियान नेपालका अध्यक्ष भरत गौतम लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको प्रयोजन इशारा रेमिटले प्रयोजन गरेको थियो ।

    त्यस्तै  जिओन बैंकका Cfo Vice President Baick Jong Ll, Dept. Of Planning, Director Lee Jun Ho, Innovation Team, General Manager Kim Yang Ki, Dept.Of Human Resource Team, Genaral Manager Oh Eun Suk, Jb Foreign Banking Center, Genaral Manager Yang Kwang Yong/ Jb Banpo Retail Banking Center  नेपालका प्रतिनिधि विकास केसीको आतिथ्यता रहेको थियो ।

    १२२६ पटक
    प्रतिकृया दिनुहोस्