BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    भोटबाट भृकुटीको चिठ्ठी

    बाबुलाल अग्रवालफागुन २५, २०७५

    मलाई असल सल्लह दिने कोही भएन । मलाइ सु–संस्कृत विचारवान संगीको खाँचो छ । नेपालकी राजकुमारी भृकुटीबाट यस काममा सहयोग माग्न सक्छु ? राजकुमारीको बाचा पनि पाएको छु, तथापि मेरो प्रस्तावमा विचार गर्न यो तिब्बत सम्राट विनम्र अनुरोध गर्दछ । राजकुमारीलाई यस ल्हासा सहरमा कुनै कुराको कमी हुने छैन । यहाँ यति मान–सम्मान, माया, ममता पाइनेछ जो आमा बुबाको घरको सम्झनालाई बिर्साइदिनेछु । म राजा अंशुवर्मा कहाँ दूत पठाइदिनेछु । राजकुमारीको कुशल– समाचार उसले पु¥याइदिनेछ ।’

    प्यारी शखी विशाखा,
    आफ्नो देशदेखि धेरै टाढा बसेकी एक नेपाली नारीको धेरै सम्झना !
    तिमीसँग छुट्टिने बेलामा चाँडै घर आउनेछु भनी भनेथें तर समयको कालचक्रमा के–के हुन जान्छ, त्यस्तो अत्तोपत्तो कसैलाई हुँदो रहेनछ । तिमीलाई थाहै छ म ‘महाराजधिराज भट्टारक’ को आज्ञा अनुसार उनकी दूत भई यहाँ आएकी थिएँ । थानेश्वरका राजा हर्षबद्धनलाई राज्य विस्तारमा व्यस्त पाई आफ्नो देशको स्थिति बलियो पार्न भोटको भ्रमण गर्नु पर्यो । तिमीलाई यो पनि थाहै छ कि, मलाई देशाटनको अति नै शोक थियो । हाम्रो कोलिग्रामको भ्रमणमा आएकी भिक्षुनीले मलाई बौद्ध धर्मप्रति आकर्षित पारिन् । मेरो अनुरोधमा उनी कोलिग्राम बसिन् । उनको सानिध्यमा मैले ‘विनय पिटक’ ‘सुत्त पिटक’ र अभिधम्म पिटक’ अध्ययन गरें । देवभाषा र पाली भाषा पढ्न लेख्न सिके । उनैबाट प्राप्त विद्याले पूज्य बुबाज्यूलाई राजकाजमा सघाउन सक्ने भएँ । पूज्य बुबाज्यूको उद्धार, सुधारवादी कार्यले सबै दुनियाँ खुसी थिए । उहाँले ठाउँ ठाउँमा ढुंङुगे धाराको निर्माण तथा इनार खन्न लगाउनु भयो । विभिन देवि देवताको मन्दिरको निर्माण तथा जिर्णोद्धारा कार्य पनि भए ।

    यात्रुहरुको सुविधाका निम्ति पौवा–पाटी बनाइए । वहाँले दुनियाँलाई अनेक प्रकारका खेती गर्ने चलन चलाउनु भयो । कस्तुरी, उन, चवंर, जडीबुटीमा कर माफी गर्नु भयो । वहाँको दरबारमा गुणी, विद्धान तथा गणितज्ञको सम्मानको सम्मान हुन्थ्यो । मेरो अनुरोधमा वहाँले ‘कैलाशकूट भवन’ को निर्माणको थालनी गर्नुभयो ।

    लेखक : बाबुलाल अग्रवाल

    सर्वत्र सुख र शान्ति व्याप्त थियो । तर सुखचैनले बसिरहेका देशवासीलाई बाहिरी आक्रमणको आशंकाले अशान्त पार्यो । हूणहरुको आक्रमण र लुटमारले अस्तव्यस्त छरिएको हिन्दुस्तानका स–साना राज्य विजय गर्नेतर्फ हर्षवद्र्धन लागेका थिए । यता उत्तरतिर भोट नरेश स्त्रोङ–त्सन गम्पोको सेनाले उत्तरी हिन्दुस्तान,उत्तरी बर्मा, चीनी, तुकिस्तान प्रदेश जितिसकेको थियो । यस्तो स्थितिमा मेरो देश कसरी बाँचीरहन सक्थ्यो । पूज्य बुबाज्यू, पूज्य मुमाज्यू, हामी सबै चिन्तित थियौं । के गर्ने, के नगर्ने ?–कही केही उपाय देखिन्नथ्यो । आखिर एक दूत भोट पठाउने निधो भयो, मित्रताको सन्देश लिएर । अब कस्लाई त्यहाँ पठाउने कुरा समस्या बनेर आयो । सब सामन्त, भारदारको नाम लिई लेखा जोखा गरियो, तर कोही उपयुक्त पात्र देखा परेनन् । मैले पूज्य वुवाज्यूलाई आफू जाने प्रस्ताव गरे । सबैले मलाई ठिक ठाने । तर नारी जाति भएकोले मलाई परदेशमा पठाउन अप्ठ्यारो महसुस गरिरहेका थिए । सबको चित्त बुझाउँदा बुझाउँदैमा कयौं महिना बिते ।

    हर्षवद्र्धन र स्त्रोङ–त्सन–गम्पोको शैन्य शक्तिको चाप सीमा क्षेत्रमा देखियो । देशाटनमा आएकी बौद्ध भिक्षुणीको सिफारीस पनि पाएँ । अन्त्यमा बेमनले पूज्य मुमाज्यू, पूज्य बुबाज्यूले ल्हासा जाने स्वीकृति दिनु भयो ।

    मेरो ल्हासा भ्रमणको तैयारी शुरु भयो । मेरो साथ जाने संगी–सहेली, सेवक –सेविका, उच्च पदस्थ सामन्त तथा सिपाहीहरुको नाम लेखियो । बाटोमा आवस्यक पर्ने खाद्य सामग्री, लुगा फाटा, गाई, घोडाको बन्दोबस्त मिलाईयो । शुभ दिन, शुभ मुर्हतमा आँखाभरी आँसुका साथ पूज्य मुमाज्यू, पूज्य बुबाज्यू, साथी–संगीनी, देशवासीहरुबाट बिदा लिदैँ पाल्कीमा बसें ।
    त्यसदिन सबैलाई चाडैं फर्कि आउँछु भनी सोधेथें, मलाई पटक्कै थाहा भएन, त्यो दिन म जन्मेको ठाउँको आखिरी दिन पो रहेछ ।

    डाँडा काँडा पार गर्दै, ठाउँ ठाउँमा बास बस्दै कैयौं दिनको हिडाईँपछि हामी ल्हासा सहरको सीमानामा पुग्यौं । जति जति हिड्दै गयो धरती फेरिदैं थियो । उत्तरतर्फको हिमाल अब दक्षिणतर्फ देखापर्यो । पृथ्वी छाडि अन्य कुनै लोकमा आएको जस्तो भान भयो । हाम्रा दूतले ल्हासा दरबारमा हाम्रो आगमनको खबर पु¥याए । ल्हासा प्रवेशद्धारमा हाम्रो स्वागतका निम्ति स्वयं सम्राट स्त्रोङ–त्सन गम्पो तथा ठूलो संख्यामा नर–नारी भेला भए । युवक सम्राट स्त्रोङ–त्सन गम्पोले सुर्वण, आभुषण, वस्त्र, फलफूल आदि भेटी चढाई तिब्ब्ती परम्पराले स्वागत गरे । नरेशले ‘नेपालकी राजकुमारीलाई यस देशमा हार्दिक स्वागत छ’ भनी उद्गार प्रकट गरे ।

    त्यहाँ उपस्थित एकजना नेपाली व्यापारीले उक्त भनाईलाई नेपालीमा उल्था गरी बताए । त्यपछि हाम्रो सवारी पूर्णत राजकिय सम्मानका साथ शाही अतिथि गृहतर्फ चलाईयो । बाटाका दाँया बाँया उभिएका असख्य नरनारीले हात हल्लाई आफ्नो सद्भावना प्रकट गरे ।


    केहि दिन आराम गरेपछि मैले सम्राटको दर्शनार्थ सन्देश पठाएं । सम्राटको पत्युत्तर सन्देश लिई दूत आए । हामी स–सम्मान राजसभामा उपस्थिति भयौं । सभामा मैले आफ्नो विचार यस प्रकार प्रकट गरें । ‘भोटको अधिपति पराक्रमी, प्रजा प्रिय राजा सम्राट स्त्रोङ–त्सन गम्पोप्रति महाराज धिराज भट्टारक अंशुबर्माको हार्दिक शुभेच्छा प्रकट गर्दछु । निजकी छोरी यो भृकुटी पनि सम्राटमा सादर प्रणाम गर्दछ । हाम्रा ‘महाराजधिराज’ ले भोटसँग मैत्रीको सम्बन्ध बलियो पार्न मलाई पठाइबक्सेको हो । हाम्रो विचारमा कुनै देश आफूमा पूर्ण हुन सक्तैन । अरुको सहयोग र मित्रताले प्रगति गर्न मद्दत मिल्दछ । तर्सथ सम्राटबाट यस विषयमा विचार गरिबक्स्योस् । शान्ति र समृद्धि हाम्रा चाहना हुन् । यस देशप्रति मेरो देशले र व्यक्तिगत मेरो तर्फबाट के गर्न सकिन्छ, मर्जि होस्–सो पूरा गर्ने बाचा दिन्छु । अन्तमा हाम्रो यहाँको जुन उचित प्रबन्ध गरियो त्यसप्रति सम्राटमा हृदयदेखि कृज्ञता प्रकट गर्दछु ।’

    मेरा यी शब्दहरु सुनेर सम्राट निकै प्रयास भए । साम्राटबाट आज्ञा भयो, ‘नेपाली राजकुमारी भृकुटीका सारपूर्ण मैत्रीका अभिव्यक्ति सुनेर मनमा बडो खुसी लाग्यो । राजकुमारीबाट व्यक्त भावनाप्रति म शतप्रतिशत सहमत छु । आज नेपाल र तिब्बत सुधारको बन्दोबस्त गर्नेतर्फ लागेका छन् तर मैले सुनेको छु , नेपाल सभ्यता र संस्कृतिमा तिब्बत भन्दा अगाडि छ ।

    चिनियाँ तथा हाम्रा पर्यटकहरुले नेपालको काष्ठकला, बस्तुकला, ललितकला, धर्म, संस्कृतिको औधी नै प्रशंसा गरेका छन् । तर यस देशको आजसम्म कुनै सभ्यता वा संस्कृति छैन । जनता अहिलेसम्म दैविय पार्थिव शक्तिहरुमा विस्वास गर्दछन । भूत–प्रेत, आगो, ढुंगा उनका देवता हुन् । कुनै धर्म छैन, क्रुरता र बर्बरता जताततै व्याप्त छ । यसलाई प्रेम, माया दानको औधी खाँचो छ । मेरा आकांक्षा उच्च छन् । के न के गरुँ जस्तो लाग्छ । यो धरतीलाई जहाँ म जन्मे यति सपारी दिउँ कि, स्वर्ग नै भै जावोस् । एक्लै काम गर्दा म थाकिसकेको छु । मलाई असल सल्लह दिने कोही भएन । मलाइ सु–संस्कृत विचारवान संगीको खाँचो छ । नेपालकी राजकुमारी भृकुटीबाट यस काममा सहयोग माग्न सक्छु ? राजकुमारीको बाचा पनि पाएको छु, तथापि मेरो प्रस्तावमा विचार गर्न यो तिब्बत सम्राट विनम्र अनुरोध गर्दछ । राजकुमारीलाई यस ल्हासा सहरमा कुनै कुराको कमी हुने छैन । यहाँ यति मान–सम्मान, माया, ममता पाइनेछ जो आमा बुबाको घरको सम्झनालाई बिर्साइदिनेछु । म राजा अंशुवर्मा कहाँ दूत पठाइदिनेछु । राजकुमारीको कुशल– समाचार उसले पु¥याइदिनेछ ।’

    मेरी प्रिय सखी, सम्राटको आग्रहको अवहेलना म गर्न सकिन ! सम्राट र मेरा चाहना एउटै देखिए ! तर्सथ तिब्बतलाई आफ्नो कर्मभूमि मानें । नारी जातिको जन्मभूमि र कर्मभूमि एकै कहाँ हुन्छ र ? यो छोटो जिन्दगीमा केही गर्न सके आफूलाई धन्य ठान्नेछु । नेपाली छोरी हुँ । शंकर, बुद्ध मेरा आराध्य देव हुन । देवाच्छा नै यहि थियो । सके यहि जन्ममा, नसके अर्को जन्ममा फेरि भेट होला । पूज्य मुमाज्यू, बुबाज्यू, सबै साथी–संगी सबैलाई धेरै–धेरै माया–
    तिम्रै, भृकुटी

    ६९७ पटक
    प्रतिकृया दिनुहोस्