BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    यस्तो होस् एकता, दुई नदी मिसिएजस्तो

    पुष्पलाल पाण्डेफागुन २७, २०७५

    नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास विभाजन र एकताको इतिहास हो । क. पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएयताका ७० वर्षमा त्यति नै पटक कम्युनिस्टहरू विभाजीत भएका छन् । विभाजनको लर्को जत्ति लामो छ, एकताको माला पनि नेपाली कम्युनिस्ट आन्दोलनमा सुन्दर तरिकाले सजिएको पाइन्छ ।
    पछिल्लो पटक जेष्ठ ३ मा दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचको एकता पछिल्लो अनुपम सुन्दर एकताको उदाहरण हो । हुन त नेकपाको प्रथम महाधिवेशन २००८ मै पुष्पलाललाई ‘कर्नर’ मा पारेर बिग्रहको बिउ रोप्ने प्रयास भएको थियो । आफ्नो सालिनता र आफैले निर्माण गरेको संगठनलाई घात हुने काम पुष्पलालले गर्न नचाहेको कारण तत्कालीन बिग्रहको बिउ सुस्क बनेको थियो । तर २०२८ सम्म आइपुग्दा नपुग्दै बाम आन्दोलन साँच्चिकै विभाजन सुरु भएरै छाड्यो ।

    विभाजन र दुई धारको उदय
    २०२८ सालमा कम्युनिस्ट विभाजनलाई रोक्न गठन गरिएको भनिएको न्युकिलीयस कमिटी नै नेकपा विभाजनको मुख्य कारण बन्यो । र यहीबाट कम्युनिस्ट आन्दोलनमा प्रष्ट दुई धार देखीन थाल्यो । पुष्पलालको संयुक्त जनआन्दोलनको धार र मोहन विक्रम सिंहको शसस्त्र क्रान्तीको धार २०२८ बाटै सुरु भएका हुन् । २०२८ देखी २०७५ सम्म आइपुग्दा यी दुवै धारले आ–आफ्नो शक्ति र सामथ्र्य आफू अनकुल बनाउँदै लगे । पुष्पलालको संयुक्त जनआन्दोलनको लिगेसी, मनमोहन, साहाना र मदन भण्डारी हँुदै नेकपा एमालेको स्वरुपमा आयो ।

    यस्तै मोहन विक्रमको शसस्त्र युद्धको धार निर्मल लामा, मोहन वैद्य र पुष्पकमल दाहाल हुँदै नेकपा माओवादीको स्वरुपमा उदायो । सुरुमा झापा आन्दोलन र कोअर्डीनेशन केन्द्र हँुदै नेकपा माले बन्दासम्म यसले पुष्पलालको संयुक्त जनआन्दोलनको बाटोलाई आत्मासाथ गरिसकेको थियो । अझ नेकपा मालेको नेतृत्वमा क. मदन भण्डारीको उदय भएसँगै यो पूर्णत पुष्पलालपथको अनुयायी बनिसकेको पाइन्छ । त्यसमाथि मनमोहन अधिकारी र साहाना प्रधानको पहलमा २०४३ सालमा एकता पछि बनेको नेकपा माक्र्सवादीसँग २०४७ मा नेकपा मालेको एकता भएपछि पुष्पलालको लिगेसी पूर्णत एमालेले बोकीसकेको थियो ।

    यता २०२८ सालमा निर्माण भएको न्युकिलीयस र मोहन विक्रम सिंहको पुष्पलाललाई गद्दार भन्ने पुस्तिकाबाट प्रभावित समूहले चांैथो महाधिवेशन गरेसँगै शसस्त्र क्रान्तीको आवाजलाई स्वीकार्ने समूहले नेकपा चौथो महाधिवेशनलाई निरन्तरता दिए । यसमा विभिन्न समयमा एकता र विभाजन भईरह्यो । चांैथो महाधिवेशन समूह २०३० मा विभाजीत भएर सिंहको नेतृत्वमा नेकपा मसाल र उक्त पार्टी २०४२ मा विभाजीत भएर मशाल बन्नु नै पछिल्लो नेकपा माओवादीको भ्रुण निर्माण हो । यही भ्रुण बढ्दै गएर २०४७ मा नेकपा एकता केन्द्र र ०५१ मा नेकपा माओवादी बनेको पाइन्छ ।

    ०४७ को परिवर्तन पछि नेकपा एमालेले शान्तिपूर्ण प्रतिस्पर्धात्मक पद्धतीबाट श्रेष्ठता हासिल गर्ने प्रयत्न ग¥यो भने ०५१ मा बनेको नेकपा माओवादीले सर्वहारा अधिनायकत्वका लागि हतियारबन्द युद्ध ग¥यो । यिनै विपरीत धार ०७५ मा आइनपुग्दै आश्चर्यजनक रुपमा एक ढिक्का भएका हुन् ।
    चुनौती : धङधङ्गी व्यवस्थापनको
    कम्युनिस्ट पार्टी सांगठनिक सन्चालनका सिद्धान्तबाट सञ्चालित हुन्छ । यस सिद्धान्तमा सदस्य संगठनको मातहत, तल्लो कमिटी माथिल्लो कमिटी मातहत र महाधिवेशन सर्वाेच्च निकाय मानिन्छ र महाधिवेशनले कार्यकर्ताको अन्तिम आवाजको रुपमा नेतृत्व चयन गर्दछ ।
    यस अवधारणाको संगठन व्यक्तिबाट होइन सिद्धान्तबाट चल्छ र सिद्धान्तको कार्यान्वयन सामूहिक कमिटी प्रणालीबाट हुन्छ । यो मामलामा तत्कालीन एमाले अभ्यस्त भइसकेको छ भने तत्कालीन माओवादीमा यो समस्या बाँकी छ । द्वन्द्वकालमा हावी भएको केन्द्रीयता माओवादीले शान्तिकालमा पनि सच्याउन सकेका छैनन् ।

    यसका बाबजुद् पनि एकता सम्पन्न भइसकेको छ । फरक धारका यी दुई शक्तिको एकता आफैमा जटिल प्रक्रिया हो । जबसम्म हिजोको धङ्धङगीलाई व्यवस्थापन गर्न सकिदैन, एकताले पूर्णता पाउने सम्भावना शंकाको घेरामा रहिरहन्छ । अहिलेको आवश्यकता दुई भाग हाइड्रोजन र एक भाग अक्सीजनको मिश्रणबाट पानी बनेजस्तै एक ढिक्का र नयाँ कम्युनिस्ट पार्टी बनाउनु हो । अर्थात् अघिल्ला अवयवहरूको अस्तित्व पनि रहने नयाँ पदार्थ पनि बन्ने सोच दुबै पक्षका नेता कार्यकर्ताले राख्नै पदैछ ।

    यसैकारण केन्द्रमा एकता भएपनि विविध कारणले तल्ला कमिटीसम्म एकता हुन सकेको छैन । अहिले दुई खोली एक भएका छन् । अब हिजोका धङधङगीलाई त्याग्दै नयाँ शिराबाट सोचेर पार्टी एकता तल्ला तहसम्म पु¥याउन ढिलो गर्नु हुँदैन । यी दुई खोली एक भएपछि कुन खोलाको पानी हो छुट्टीन नसक्ने गरी नयाँ खोला बन्नु पर्छ ।

    ५४७ पटक
    प्रतिकृया दिनुहोस्