BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    आगलागी पीडितलाई ज्योति विकास बैँकको सहयोग

    संसार न्यूज संवाददाताफागुन २८, २०७५


    २८ फागुन, काठमाडौँ । ललितपुरको भट्टेडाँडामा रहेको घरमा २०७५ साल माघ १४ गते साँझ आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई ज्योति विकास बैकले राहतस्वरुप पचास हजार सहयोग गरेको छ ।

    फाल्गुन २५ गते शनिबार ललितपूर–१ प्रतिनिधिसभा सदस्य नबराज सिलवाल, प्रदेशसभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन, बाबुकाजी प्रधान, नबराज सन्जेल, निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारी राहत तथा सहयोग संकलन समिति मार्फत ज्योति विकास बैंकले सहयोग गरेको रु पचास हजार समेत गरी रु सात लाख पाँच हजारको चेक हस्तान्तरण गरिएको छ ।  बैकले राहत स्वरुप प्राप्त भएको रकम जम्मा गर्नको लागी चापाँगाउ स्थित शाखा कार्यलयमा खाता खोली बिशेष प्रबन्ध मिलाएको थियो ।

    हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ८२ हजारभन्दा बढि खाताबाट रु. २४.१२ अर्बभन्दा बढि निक्षेप संकलन गरी १६ हजारभन्दा बढि ऋणी मार्फत रु. २१.३६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैंकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्ने विश्वास बैंकको छ ।

    ५७ पटक
    प्रतिकृया दिनुहोस्