BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    सरकारलाई दिएको समर्थन फिर्ता गर्छौ भन्नेहरुलाइ आग्रह

    नन्द ढुंगाना, कतारफागुन २८, २०७५

    जातीय, भाषिक एबम क्षेत्रीय राजनीतिले देश बन्दैन । समग्र नेपालको हितका निम्ति जहिलेसम्म तराईको नेतृत्व गर्ने नेताहरुले काम गर्दैनन त्यो बेलासम्म तराईका जनताले कुनै अधिकार पनि पाउदैनन । त्यहाका जनता प्रयोगका पात्र मात्र बन्नेछन । बेलैमा सचेत बनौ, देश समृद्धि र बिकासमा अगाडी बढौ ।

    १. तराईका बिजय कुमार गच्छदार १४ पल्ट सम्म मन्त्री भए, उनलाई तराईका जनताले प्रजातान्त्रिक एबम लोकतान्त्रिक पद्धति अनुरुप मतदान गरेर आफ्नो क्षेत्रबाट प्रतिनिधिका रुपमा पठाएका थिए । उनले तराईको समग्र बिकास गर्न सकेनन भने उनको सजाय पहाडियाले बोक्नुपर्छ हो?

    २. राजेन्द्र महत्तो भारतिय नागरिकबाट रातारात नेपाली नागरिकता प्रदान गरि साम्सद देखी पटक- पटक मन्त्रीसम्म बनाइयो । उन्लाइ तराईका जिल्लाबाट नागरिकता बितरण गरिएको थियो । के आजसम्म कुनै पनि पहाडीले अन्य देशका अंगीकृतलाई नागरिकता दिएर साम्सद वा मन्त्री बनाएको छ? अन्य देशबाट भाडामा मान्छे ल्याएर मन्त्री बनाउदा पनि तराईको बिकास गर्दैनन भने तराईका जनताहरुको अधिकार कुण्ठित गर्ने नेपाल सरकार हुन या तराईका शासक हुन ?

    ३. नेपालमा प्रजातन्त्र पुनर्बहालीसगै प्रत्येक सरकारको मुख्य मन्त्री पदमा तराईका नेताहरू देखिन्छन । आज तराईका जनताको मतलाई कुण्ठित गरिएको भए कुनैपनी मन्त्री परिषदमा तराईका मन्त्री नदिने थिए । तराईका जनताको हक, अधिकार, समग्र तराईको बिकास र समृद्धिका लागी हरेक सरकारले प्रमुख नेतृत्वदायी मन्त्री पदमा समाबेश गरि सरकार बनाउदा पनि त्यहाका जनतालाई प्रयोग गरि आफू मात्रै बन्छन भने नेपाल सरकारले अधिकार कुण्ठित गर्‍यो भन्ने अफवाह फैलाएर शान्तिसुरक्षा बिथोल्नु अपराध हो । नेपालको कानुनले मधेसका लागी हरेक बिधामा आरक्षण छुटाएको छ ।

    ४. उपेन्द्र महत्तोले प्रबासमा रहेका हरेक नेपालीहरुलाइ एकताबद्ध हुदै नेपालको बिकास र समृद्धिका लागी प्रबासका नेपालीहरुको उच्च भुमिका रहोस, हामी बिचको एकता अझै बलियो होस लगायत कयौं सामाजिक मुद्दा सहित गैरआवासीय नेपाली संघ -२००३ मा स्थापना गर्नु भयो । आज विश्व का ८० राष्ट्रमा गैरआवासीय नेपाली संघ गठन हुनुका साथै विभिन्न महत्त्वपूर्ण सामाजिक कार्य गर्न सफल भएको छ । वहाको उच्च सम्मान सहित सामाजिक मुद्दाहरुको पुर्ण समर्थन गरियो । के राम्रो कामका लागी तराईमा जन्मिएका उपेन्द्र महत्तो हुन भनेर हामीले कहिल्यै वहालाइ भनेका छौ र ?

    ५. पछिल्लो समय नेपालमा निर्वाचन हुदा तराईका अयोधी प्रसाद यादबलाई प्रमुख निर्वाचन आयुक्तमा मनोनयन गरिएको थियो । यो सम्मान होइन ?

    ६. नेपालको इतिहासमा पहिलो पल्ट रास्ट्रपति र उपराष्ट्रपति मा तराईका हुनुहुन्थ्यो त्यो सम्मान र तराईबासिको अधिकार होइन ?

    ७. तराईमा कयौ जनतालाइ पहाडका हरेक कुनामा सम्मानताका साथी ब्याबसाय गर्न बाताबरण मिलाइएको छ के त्यहा कुनै भेदभाव एबम बहिस्कार गरिएको छ र ?

    यी भए मुख्य बिषयहरु, अन्य सामान्य बिषयहरु त हजारौं छन । त्यसैले जातीय, भाषिक एबम क्षेत्रीय राजनीतिले देश बन्दैन । समग्र नेपालको हितका निम्ति जहिलेसम्म तराईको नेतृत्व गर्ने नेताहरुले काम गर्दैनन त्यो बेलासम्म तराईका जनताले कुनै अधिकार पनि पाउदैनन । त्यहाका जनता प्रयोगका पात्र मात्र बन्नेछन । बेलैमा सचेत बनौ, देश समृद्धि र बिकासमा अगाडी बढौ ।

    २१५ पटक
    प्रतिकृया दिनुहोस्