BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    जनता बैंकको धनगढीमा नयाँ एटिएम उद्घाटन

    संसार न्यूज संवाददाताफागुन २८, २०७५

    २८ फागुन, धनगढी । जनता बैंक नेपाल लिमिटेडको सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटीचोक स्थितनिसर्ग अस्पताल परिसर बाट एटिएम सेवा सुरु गरेको छ  ।

    यो बैंकको ९४ औं एटिएम हो । सोमबार एक समारोहका बिच धनगढी उपमहानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गरेका थिए । यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिएको थियो ।

    यो सगै बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमालीजिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकको आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ शसक्त उपस्थिति जनाउने योजना रहेको छ ।

    ७३ पटक
    प्रतिकृया दिनुहोस्