BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    एनआरएनए अष्ट्रियाको महिला फोरमले मनायो १०९ औ नारी दिवस

    संसार न्यूज संवाददाताफागुन २८, २०७५

     

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अष्ट्रियाको महिला फोरमले १०९ औं नारी दिवस मनाएको छ ।

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अष्ट्रियाकी महिला संयोजक भवानी तिवारीको सभापतित्वमा मार्च ९ का दिन सम्पन्न उक्त कार्यक्रम ‘प्रगतिको लागि समानता’ र ‘घरेलु हिंसा बन्द गरौँ’ भन्ने मूल नाराको साथ मनाईएको थियो ।

    भियनास्थित संयुक्त राष्ट्र संघको लागि नेपालको तर्फबाट स्थाई प्रतिनिधि तथा नेपाली राजदूत प्रकाश कुमार सुवेदीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदबाट उपस्थिति रहेको थियो ।

    युरोप क्षेत्रीय महिला संयोजक संगीता मरहट्ठा, एनआरएनए अष्ट्रियाका अध्यक्ष जीवनजंग कुँवर, संस्थापक अध्यक्ष शुभ राणा र महामहिम धर्मपत्नी सुसान सुवेदी, एनआरएनए अष्ट्रियाकी महिला उपाध्यक्ष निरा लामिछाने, संस्थापक उपाध्यक्ष शिला स्टाईनर, संस्थापक सदस्यद्वय प्रभु श्रेष्ठ र दिलिप कपाली, एनआरएनए साईप्रसका पूर्व अध्यक्ष तथा हाल एनआरएनए अष्ट्रियाका सल्लाहकार मनि राज थेबे, भियना विश्वविद्यालयकी बरिष्ठ प्राध्यापक डा. अल्का चुडाल, एरस्ते बैंक अष्ट्रियाकी शाखा निर्देशक हिमाली उपाध्याय, नेसास अष्ट्रियाका अध्यक्ष डभिन लामा तथा उपाध्यक्ष मन्जु खड्का, आदिवासी जनजाति महासंघ अष्ट्रियाकी उपाध्यक्ष अनिता भुजेल, स्पोर्ट क्लव भिएन्ना सगरमाथाका अध्यक्ष मान्फ्रेड आनरेइत्तरलगायतको आतिथ्यता रहेको थियो ।

    चार चरणमा बिभाजन गरिएको कार्यक्रमको पहिलो चरणमा कार्यक्रममा सभापति, प्रमुख अतिथि तथा विशेष अतिथिद्वय संगीता मरहट्ठा र जीवनजंग कुँवरद्वारा संयुक्त रुपमा पानसमा दियो बालि कार्यक्रमको विधिवत रुपमा उद्घाटन गरिएको थियो भने एनआरएनए महिला फोरम अष्ट्रियाको तर्फबाट नेपाली राष्ट्रिय गान गाइएको थियो ।

    शुभद्रा भण्डारीद्वारा संचालित पहिलो चरणको कार्यक्रममा एनआरएनए महिला फोरम अष्ट्रियाको तर्फबाट महिला उपाध्यक्ष निरा लामिछानेले स्वागत मन्तव्य दिएकी थिइन् ।
    त्यसैगरी अन्य वक्ताहरुमा आदिवासी जनजाति महासंघ अष्ट्रियाकी उपाध्यक्ष अनिता भुजेल, नेसास अष्ट्रियाकी उपाध्यक्ष मन्जु खड्का, एनआरएनए अष्ट्रियाकी संस्थापक अध्यक्ष शुभ राणा र बरिष्ठ प्राध्यापक डा. अल्का चुडाल, एरस्ते बैंक अष्ट्रियाकी शाखा निर्देशक हिमाली उपाध्याय लगायतले घरेलु हिंसा र त्यसले घर परिवारमा पार्ने मानसिक असर तथा त्यसको रोकथाम बारे पावर पोइन्ट प्रस्तुतीकरणको साथमा मन्तव्य दिएका थिए ।


    सोहि अवसरमा युरोप क्षेत्रीय महिला संयोजक संगीता मरहट्ठाद्वारा एनआरएनए अन्तर्राष्ट्रिय महिला फोरमले नेपालमा गरेको सामाजिक कार्यक्रमहरुको बारेमा तयार पारिएको पावर पोइन्ट प्रस्तुतीकरणको साथै महिला फोरमको इतिहास लगायतका बिषयमा बोल्दै एनआरएनए महिला फोरम अष्ट्रियाको सक्रियताको खुलेर प्रशंसा गरेकी थिइन् ।

    त्यस्तै एनआरएनए अष्ट्रियाका अध्यक्ष जीवनजंग कुँवरले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रथाको शुरुवात गर्ने देशहरुमा अष्ट्रियाको नाम पनि आउने जानकारी दिंदै त्यहि देशलाई कर्मथलो बनाई आज यो दिवस मनाउन पाउनुको खुसी व्यक्त गर्दै सबैजनामा शुभकामना व्यक्त गरेका थिए ।


    कार्यक्रमलाई प्रमुख अतिथि राजदूत प्रकाश कुमार सुवेदीले सम्वोधन गर्दै एनआरएनए महिला फोरम अष्ट्रियाले स्तरीय कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको र यस पल्टको १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने कार्यक्रम झनै उच्च स्तरीय रहेकोमा खुसि व्यक्त गर्दै यसलाई निरन्तरता दिन सुझाव दिएका थिए । पहिलो चरणको कार्यक्रमलाई सभापतिको सम्वोधनपछि समापन गरिएको थियो ।

    त्यस्तै पुनम पौडेलद्वारा सञ्चालित दोश्रो चरणको कार्यक्रम मनोरन्जनको रहेको थियो । नेपाली नृत्य तथा अष्ट्रियामै पहिलोपटक स्थानीय नेपालीहरुद्वारा मन्चन गरिएको लघु नाटक‘संघर्षका पाईलाहरु’ ले उपस्थित सबैको मन जित्नुको साथै थुप्रै प्रशंसा पनि बटुल्न सफल भएको थियो ।


    त्यस्तै आभा भण्डारी ,आयुसा खत्री, उसा बराल, प्रिया पौडेल, लारिसा तामाङ्ग, दिव्या ढकाल, सोफी लामिछाने, बेला खड्का, कन्चन बोहरा, आनिया बिष्ट, सन्ध्या भण्डारी र प्रतिमा पण्डितले नृत्य प्रस्तुत गरेका थिए ।

    लक्ष्मी गिरी ,शुभद्रा भण्डारी थापा, सम्झना बोहरा, सरिता सिलवाल, रुकमिणी प्याकुरेल पौडेल, कुन्जन बोहरा र सुनी लामिछानेले लघु नाटकमा आफ्नो भूमिका निर्वाह गरेका थिए ।
    तेश्रो चरणको कार्यक्रममा कलाकारहरुलाई प्रमाण पत्र तथा एनआरएनए महिला फोरम अष्ट्रियाका सक्रिय सदस्यहरुलाई कदर पत्र वितरण गर्ने रहेको थियो ।

    शुभद्रा भण्डारीले संचालन गरेको यो चरणको कार्यक्रममा नृत्य गर्ने कलाकारहरु र नाटकमा भूमिका निर्वाह गर्ने कलाकारहरुलाई महिला उपाध्यक्ष निरा लामिछाने र संस्थापक अध्यक्ष शुभ राणाको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

    त्यसैगरी एनआरएनए महिला फोरम अष्ट्रियाका सक्रिय सदस्यहरुलाई विशेष अतिथिद्वय संगीता मरहट्ठा र जीवनजँग कुँवर, सभापति भवानी तिवारी र प्रमुख अतिथि प्रकाश कुमार सुवेदीको हातबाट कदर पत्र प्रदान गरिएको थियो ।

    त्यस्तै एनआरएनए महिला फोरम अष्ट्रियाको तर्फबाट संस्थाकी महिला संयोजक तथा कार्यक्रमकी सभापतिद्धारा युरोप क्षेत्रीय महिला संयोजक संगीता मरहट्ठालाई सम्मान प्रदान गरिएको थियो ।

    खचा खच भरिएको कार्यक्रम हालमा एनआरएनए अष्ट्रियाका वर्तमान पदाधिकारीहरुको पनि उल्लेख्य रुपमा उपस्थिति रहेको थियो । बरिष्ठ उपाध्यक्ष विनोद चौलागाईं, सचिवद्वय निता चौलागाईं र कुमार वोहरा, सह–कोषाध्यक्ष राजन श्रेष्ठ, प्रवक्ता प्रदिप भण्डारी,सदस्यहरु ध्रुव पौडेल तथा सरिता सिलवाल र क्षेत्रीय समन्वय परिषद साल्जबर्ग युवा संयोजक डि.आर नेपालको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको चौँथो तथा अन्तिम चरणमा खानपिनको व्यवस्था रहेको थियो ।

    कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्नका लागि उद्घोषिकाद्वय शुभद्रा भण्डारी थापा र पुनम पौडेल, पेय पर्दाथ उपलब्ध ध्रुब पौडेल, खाना पछि मिठाईको व्यवस्था श्री श्रेष्ठ, खाना व्यवस्थापनमा अनिता भुजेल, लक्ष्मण भुजेल, डभिन लामा कुमार बोहरा, डी आर नेपाल ,सरिता सिलवाल, ब्यानर तथा प्रमाणपत्र डिजाइन मणि राज थेबे, (कार्यक्रमस्थल व्यवस्थापन डभिन लामा, मणि राज थेबे) , लघु नाटक लेखिका शुभद्रा भण्डारी थापा, प्लेकार्ड रुकमिणी प्याकुरेल, डान्स कोरियोग्राफी मञ्जु खड्का, नृत्य गर्ने कलाकारहरुलाई ड्रेस मेकपमा सहयोग गर्ने सम्झना बोहोरा, दुर्गा गजुरेल, अन्तसम्म बसेर हलको सरसामान व्यवस्थापन गर्ने बिनोद चौलागाईं, नीता चौलागाईं साथै उपस्थित सम्पूर्ण महानुभावहरुलाई फोरमकी संयोजक तिवारीले आभार तथा धन्यवाद व्यक्त गरेकी छन् ।

     

    १२० पटक
    प्रतिकृया दिनुहोस्