BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    जिपि फाउडेसनको क्यानडामा शाखा गठन, अध्यक्षमा तुल्सी पौडेल

    संसार न्यूज संवाददाताफागुन २९, २०७५

    प्रजातन्त्र, शान्ति र बिकास भन्ने मूलमन्त्र लिएर नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति स्व गिरिजा प्रसाद कोइरालाको नाममा स्थापना भएको जिपि कोइराला फाउण्डेशनले नेपाल बाहिर पनि आफ्नो शाखा खोल्न शुरु गरेको छ। यसै शिलशिलामा फेब्रवरी १, २०१९ मा क्यानडामा रहेका तुल्सी पौडेललाई संयोजक तोकेर जिपि कोइराला फाउण्डेशन क्यानडाको स्थापना गर्ने जिम्मेवारी दिए अनुसार हालै पौडेलकै अध्यक्षतामा क्यानडामा फाउण्डेसनको स्थापना गरिएको छ ।

    जिपि कोइराला फाउण्डेशन क्यानडाका सल्लाहकार परिषद (GPK Foundation Advisory Council Canada)

    • Prof Aditya Sharma
    • Binod Pageni, PhD
    • Dr Buddhi Sapkota
    • Dilli R. Paudyal, PhD
    • Mr Keshab Dahal, LLM
    • Mr Ramesh Karki, LLM

    जिपि कोइराला फाउण्डेशन क्यानडाको कार्यसमिति (GPK Canada Executive Leadership Team)

    • President-Tulsi Paudel
    • Er. Gyan Gautam, Sr. Vice President, Outreach & Strategic Planning
    • Surya Poudel​​, Vice President-Government Relations & External Affairs
    • Niranjan Thapa​, Vice President-Internal Affairs & Advancement
    • Samrat Thapa​​, Vice President-Youth Initiatives
    • Bidhya Bhusan Karki​, General Secretary
    • Ujwal Gautam​ Secretary
    • Kedar P. Niraula ​Spokesperson
    • Ananta Acharya, ​Coordinator-AB
    • Arjun Lammichhane​, Coordinator-SK
    • Bijaya Bharati​​, Global Engagement
    • Dr. Bishnu Sharma​, New Initiatives
    • Dr. Himal Ghimire, ​Research & Development
    • Dr. Pashupati Paudel​, Coordinator-BC
    • Jeevan Baral​​, Special Events

    अध्यक्ष पौडेल नेपाली कांगेसको विदेशस्थित संस्था नेपाली जनसम्पर्क समिति क्यानाडाका संस्थापक सभापति तथा हाल सल्लाहकार समेत रहेका छन्।

    मे २६ मा नेपालमा विज्ञ सम्मेलन

    केन्द्र सँगको समन्वय तथा सहकार्यमा जिपि कोइराला फाउण्डेशन क्यानडाले गठन भएको केहि महिनामा नै नेपालमा एक विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ। मे २६, २०१९ मा नेपालमा हुने सम्मेलनमा नेपाल, अमेरिका, क्यानडा, जापान लगायत विश्वका थुप्रै बिज्ञहरुले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्र, शान्ति र शिक्षा लगायत आर्थिक विकाशमा पुराउनुभएको योगदानको उच्च कदर गर्दै सोहि सम्बन्धि सूचना, अनुसन्धानबाट प्राप्त तथ्य र तथ्यांकहरु प्रस्तुत गर्ने बताइएको छ ।

    सम्मेलनलले राजनीति, समाज विकास लगायत बिषयमा स्व गिरिजा प्रसाद कोइरालाको योगदानलाई डकुमेण्टेशन गर्न पहल गर्ने अध्यक्ष पौडेलले बताएका छन् ।

     

    ७४ पटक
    प्रतिकृया दिनुहोस्