BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    एनआरएनएको युरोप क्षेत्रिय बैठक अगस्तमा

    संसार न्यूज संवाददाताफागुन २९, २०७५

     

    गैरआवासीय नेपाली संघको १२ औं युरोप क्षेत्रिय  बैठक तथा १० औं  एनआरएनए महिला सम्मेलन  इटालीमा हुने भएको छ ।

    अगस्त ३ र ४ गते हुने उक्त क्षेत्रिय बैठक इटालीको रोमस्थित  अरजाइफ  प्यालेसमा होटलमा हुने बताइएको छ ।

    एनआरएनए युरोपका पदाधिकारी तथा केन्द्रीय पदाधिकारीसहितको बैठकले  अगस्त  ३ र ४  युरोप क्षेत्रिय बैठक आयोजना गरिएको  एनअराएनए ईटालीका महासचिव छवि कंडेलले संसारन्युजलाई बताएका छन् ।

    कडेलका अनुसार उक्त सम्मेलनको तयारीका लागि संघका केन्द्रीय पदाधिकारी, युरोपका एनसीसीका अध्यक्ष, उपाध्यक्ष तथा महासचिव लगायतको बैठक मार्च अन्तिममा बस्नेछ ।

    उक्त बैठकमा युरोपका एनसीसी पदाधिकारी, संघका केन्द्रीय पदाधिकारी, नेपाल सरकार तथा निजी क्षेत्रको पनि उपस्थिति रहने पनि बताइएको छ ।

     

    ११४ पटक
    प्रतिकृया दिनुहोस्