BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    अमृतको लागि अमरापुरी डढाउँदै छ कांग्रेस

    संसार न्यूज संवाददाताफागुन २९, २०७५

    २९ फागुन, काठमाडौं । यतिबेला संसदको मुख्य विपक्षी दल नेपाली कांग्रेस भित्र १४ औ महाधिवेशनको ज्वरोको ताप राम्रै बढेको अनुभव गर्न सकिन्छ । आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै कांग्रेस भीत्रका विभिन्न गुट र विचार समुह अहिले पार्टी सत्तामा प्रभाव जमाउने पूर्व तयारी गरीरहेको छन् ।

    खासगरी वर्तमान सभापति शेर बहादुर देउवा र तेह्रौ महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ ‘म्यान अफ दि इलेक्सन’ भएका डा. शेखर कोइराला अहिले घोषणै गरेर पार्टी कमान्ड आफ्नो हातमा पार्ने जोडमा लागेका छन् ।

    त्यसबाहेक परम्परागत विचार समुहको रुपमा वरीष्ठ नेता रामचन्द्र पौडेल र नव धारको नेताको रुपमा कृष्ण प्रसाद सिटौला पनि भावी सभापतिको दौडमा रहनुलाई अन्यथा मानिदैन ।
    तर भविष्यमा पार्टी सत्ता आफ्नो हातमा लिने रणनीति स्वरुप वर्तमानमा जे भइरहेका छन् । यी हर्कत भने नेपाली कांग्रेसको भविष्यका लागि शुभ संकेत अवस्य होइनन् । सुकेनास लागेर खिल्टीएको नेपाली कांग्रेसलाई अहिले द्रुत प्रभावी टनिकको आवश्यकता छ । तर समुन्द्र मन्थनबाट निस्केको अमृतको भाग प्राप्तिको लडाइमा कसैले छदम भेष धारणा गरेर अमृत आफूले लडाइ कालकुट विष कांग्रेसजनको हातमा पार्न थालीएको अनुभुति बाहिरबाटै देखीन थालीएको छ । र पनि कांग्रेस नेतृत्व अमृतको लागि अमरापुरी डढाउन तयार देखिन्छ । यसैको रिर्हसल हो बहुमतको नाममा सभापति देउवाले महासमितीको निर्णय उल्टाएर आफू अनुकुल निर्णय गराउनु ।

    कांग्रेसको प्रजातन्त्र भित्र अर्को ताजुवको दृष्य देख्न पाइन्छ, त्यो हो विभाग र समिति गठनमा बहुमतले निर्णय गर्न पाइन्न भन्ने इतर पक्षको माग । आफै बहुमतको आधारमा निर्वाचित सभापतिले सक्दा पो सहमति कायम गर्ने हो । सहमतिकै लागि सधै विषय अड्काएर राख्न पनि त भएन । तर सभापति देउवा जुन विषय बहुमतले समेत निर्णय गर्न हुँदैन त्यहि विषय बहुमतको बलमा निर्णय गराउन उद्धृत हुन्छन् । त्यस्तै जुन विषयमा बहुमतले निर्णय गर्दा हुन्थ्यो त्यो निर्णय नै नगराइ अड्काएर राखीरहेका छन् ।

    महासमितीको निर्णय कुनै पनि हालतमा केन्द्रीय समितीको बैठकको बहुमतले उल्टाउनु प्रजातान्त्रिक चरीत्र होइन । यस्तै विभाग र समिती गठनमा इतर पक्षले बहुमतको निर्णय स्वीकार गर्दैनौ भन्नु आर्को अर्को अप्रजातान्त्रिक चरित्र हो ।

    दौड महाधिवेशनको
    तेह्रौ महाधिबेशन समापन भएकै दिन देखिनै केन्द्रीय सदस्य डा. कोइरालाले भावि सभापतिको दौड सुरु गरेका थिए । यस्तै सभापति देउवा हरहालतमा दोस्रोपटक सभापति हुने ताकमा छन् । वरीष्ठ भएर पनि शिर्षस्थको ताज पहिरीन नपाएका राचन्द्र पौडेलमा सभापति पदले हुटहुटी नदिने कुरै भएन । गत महाधिवेशनमै ‘सेकेन्ड रनर अप’ भएका कृष्ण प्रसाद सिटौलाका लागि पनि यसपाली विजेता बन्ने रहर छ ।

    उता विपी कोइरालाको लिगेसी बोकेका तथा वहालवाला महामन्त्री डा. शसाङ्क कोइरालाले एक सीढी उक्लीन खोज्नु पनि अस्वभावीक होइन । यी शिर्षस्थ दौडका दृष्य खेलाडीको रापमा रोटी सेक्न तयार दृष्य र अदृष्य अन्य शक्ति  र व्यक्ति पनि छन् । तिनीहरु पनि आ–आफ्नो हैसीयत अनुसारको मालदार पद चाहान्छन् । यी र यीनै कारण बिच बर्तमानको कांग्रेस वरालिएको छ । सवाल यस्तै चलेको कांग्रेस बोकेर आगामी महाधिवेशनमा जाने या सवल कांग्रेस लिएर महाधिवेशन गर्न भन्ने हो ।

    शेखर नदौडीएकै जाती
    पछिल्लो समय डा. शेखरको देश दौडहाले कांग्रेसभित्र केहि आसाको सन्चार गराएको छ । तर पाका कांग्रेस नेताहरु भने शेखर दौडबाट सन्चारित तापलाई पिसाबको न्यानो मानिरहेका छन् । यसमा उनीहरुको मत छ शेखर दौडबाट अन्तत शेर बहादुरका लागि फलदायी हुन सक्छ । किनभने वरीष्ठ नेता पौडेल, महामन्त्री डा. शसाङ्क, प्रकाशमान सिंह र सिटौला एक ठाउँ नभइ देउवालाई हटाउन नसकिने उनीहरुको ठहर छ ।

    शेखर दौडले यी सबैका बीचमा एकता भन्दा पनि विग्रह ल्याउन सक्छ । यो विग्रहले देउवालाई फाइदा हुन्छ र फेरी अर्को केहि वर्ष कांग्रेस यात्रा झाते किराको जस्तै हुन्छ भन्ने मान्यता उनीहरुको रहेको छ ।

    शेखर\सशांकका सबल पक्ष
    डा. शेखर नेतृत्वको हिसावले देउवा पक्ष भन्दा उत्तम छन् । कोइराला लिगेसी पनि उनीसँग छ । त्यसभन्दा राम्रो उनको जनसम्पर्क छ । यसले उनलाई नेता बन्न सघाउँछ ।

    उता वहालवाला महामन्त्री रहेका शसाङ्कसँग पनि वीपी कोइरालाको पुत्र हुनु जस्तो सबैभन्दा तगडा हतियार छ । तर एक जना वरीष्ठ कांग्रेस नेतालाई मान्ने हो भने दुवै कोइराला सवल भएपनि यसपटक सीटौला, प्रकाशमानलाई साथ लिएर पौडेललाई पार्टी सभापतिमा अगाडी सार्नु उत्तम हुनेछ ।

    ३३९ पटक
    प्रतिकृया दिनुहोस्