BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    लगानीमा झमेला : झन थपिँदै संयन्त्र

    संसार न्यूज संवाददाताफागुन ३०, २०७५

    ३० फागुन, काठमाण्डौं । नाइजेरियाको सिमेन्ट उद्योग डांगोटेले ५ वर्ष अघि नेपालमा लगानी गर्ने चाहना राख्यो । ४४ अर्ब रुपैयाँ लगानी स्वीकृति गराउन उसले बोर्ड सचिवालयमा प्रस्ताव पेश गर्यो । ५ महिनापछि २०७० कात्तिकमा मन्त्रिपरिषद् अध्यक्ष खिलाराज रेग्मी नेतृत्वको बोर्ड बैठकले उद्योग खोल्ने अनुमति दियो । उद्योग दर्ता कहाँ गराउने भन्ने अर्को अन्योल खडा भयो । डांगोटे र्बोड स्थापना पछिको पहिलो विदेशी लगानीकर्ता थियो ।
    सरकारी निकायले ४ महिना शृखंलाबद्ध पत्राचार चलेपछि उसलाई स्पष्ट पारियो, ‘उद्योग विभाग कम्पनी र रजिष्टारको कार्यालयमा दर्ता गर्नू ।’ करिब ३ करोड रुपैयाँ राजस्व बुझाएर दर्ता गरिएको डांगोटेले अहिलेसम्म लगानी गर्न पाएको छैन । प्रधानमन्त्रीले अध्यक्षता गरेको संयन्त्रबाट अनुमति पाए पनि खानी विभागले दिएन । भएकै संयन्त्रबाट प्रभावकारी काम नगरेर विदेशी लगानी आउन नसकेका यस्ता धेरै उदाहरण छन् । सरकार भने अर्को संयन्त्र थप्दै छ । विहिबारको कान्तिपुर दैनिकबाट

    ६० पटक
    प्रतिकृया दिनुहोस्