BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    तीनदेखि सुत्केरी व्यथा : शिशुको हात मात्र बाहिर

    राससफागुन ३०, २०७५

    ३० फागुन, हुम्ला ।  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८ राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ ।

    महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दिइन् । बुढालाई तीन दिन अगाडिदेखि सुत्केरी व्यथा लागेको भए पनि स्थानीय स्वास्थ्यचौकीले गर्भवती गराउन नसकेकाले उद्धारका लागि प्रदेश सरकारसँग आज बिहान हेलिकप्टरको माग गरिएको बताइएको छ ।

    ८२ पटक
    प्रतिकृया दिनुहोस्