BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    विवेकशील साझा अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति गठन

    रासस फागुन ३०, २०७५

    ३० फागुन, काठमाडौ ।  विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा नौ सदस्यीय ‘अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति’ गठन गरेको छ ।

    विवेकशील साझा पार्टीको सञ्चार विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय सद्भाव समितिको अङ्गअन्तर्गत गठन गरिएको सो समितिमा इजरायलबाट राम ढुङ्गाना, डेनमार्कबाट प्रभात किरण रहेका छन् ।

    बेलायतबाट ताउ गुरुङ, बेल्जियमबाट सन्तोष न्यौपाने, भारतको मुम्बईबाट जीवन सम्राट, कतारबाट दीपेन्द्र पोख्रेल, वेदप्रसाद दवाडी र कुवेतबाट दीपक उप्रेती चयन भएका हुन् ।

    नवगठित समितिले पार्टीका गतिविधि र भावी कार्यक्रम विभिन्न देशमा गठित सद्भाव समूहका सदस्यमाझ प्रचारप्रसार गर्ने कार्य गर्नेछ भने अन्तर्राष्ट्रि«य जगत्मा क्रियाशील विभिन्न तह र तप्कामा कार्यरत नेपाली भाषी समुदायलाई विवेकशील साझा पार्टीले लिएको देश विकासको लक्ष्य, मूल मर्म, भावनालाई चिनाउन राम्रो काम गर्ने लक्ष्य रहेको जनाइएको छ ।

    ५९ पटक
    प्रतिकृया दिनुहोस्