BizPati

  • आज : २०७५ चैत्र ११ गते
    Headlines :

    कूटनीतिक क्षेत्रमा अर्को गल्ती, नेपालमा दुई राष्ट्रपति !

    संसार न्यूज संवाददाताफागुन ३०, २०७५

    तस्बिर : नेपाली दूतावास भारत

    ३० फागुन, काठमाडौ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा नेपालमा दुई राष्ट्रपति भएको उल्लेख गरिएको छ ।

    भारतीय राष्ट्रपति महामहिम रामनाथ कोविदलाई ओहोदाको प्रमाणपत्र बुुझाए लगत्तै नेपालका तर्फबाट जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति केपी शर्मा ओलीले भारतका राष्ट्रपतिलाई व्यक्तिगत स्वास्थ्य एवं भारतीय जनताको उन्नती प्रगतिको कामना गर्दै महामहिम राजदूत निलाम्बर आचार्यले नेपालका तर्फबाट धारणा राख्नुभएको कुरा प्रेस विज्ञप्तिमा स्पष्ट लेखिएको छ ।

    यसबारेमा नयाँदिल्लीस्थित नेपाली दूतावासको ००९११२३४७६२०० को एक्सटेन्सन नम्बर १ बाट सचिवालयका केशव अधिकारीसँग सम्पर्क गर्दा दूतावासले हतारमा विज्ञप्ति जारी गर्दा कमजोरी भएको र सच्याइएको जानकारी आएको छ । नेपालको परराष्ट्रमन्त्रलय तथा कतिपय कुटनैतिक नियोगबाट जारी हुने सार्वजनिक विज्ञप्तिमा यस्ता कमजोरी बारम्बार दोहोरिरहेका छन् ।

    सच्याइएपछिको प्रेस विज्ञप्ति

    १६५७ पटक
    प्रतिकृया दिनुहोस्