BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    आँसुमा डुबेको जीवन

    धनु लेकाली भकिम्ली १ म्याग्दी चैत्र २, २०७५

     

    काठमाण्डौमा बस्दाको समय बिभिन्न नयाँ अनुभव गर्र्न पाइयो जीवनमा । मानिसका भिड भित्रका अनेकौ नयाँ बिचार तथा नयाँ सँस्कार पनि सिक्ने अवसर पनि मिल्ने गरेको छ । कुनै बेला बैसको हुरीेले भक्तपुर पु¥याउछ, कुनैबेला नगरकोट । मनमा पाप नभएको म बेला बखतमा यहाँ बस्ने मानिसहरुबाट सजिलै फाइदाको सिकार बनेको हुन्थे ।

    गाउँबाट झरेको म गाउँले देख्ने बित्तिकै मन पलाएर आउथ्यो । मानवताको नाताले पशुपति, रत्नपार्कको वरिपरि बस्ने दूई हात थापेर जीवन चलाउनेको लागि, खल्तिमा भएको दूई कौडि पनि नदिएका होइनन् । यसरी युद्धमा होमिए झै बिभिन्न समस्याका बावजुत बाँचिरहको थिए म जहाँ आर्थिक तथा बिभिन्न संकत सगै लडन सक्नु पर्दथ्यो ।

    आज म बलबिर दाई सँग हामफाल्दै राहदानी बनाउनको लागि परराष्ट्र मन्त्रालय पुगे । मानिसहरु लाइनका लाइन राहदानी बनाउन आएका रहेछन । त्यहाँका मानिसहरुलाई देख्दा आफूलाई निराशा लाग्यो । दाई, फर्म भर्नको लागि लाइनमा बस्नु भयो म अलिक घुम्ने मौका पाए । तराई–हिमाल–पहाड सबैतिरबाट आएका मानिसहरु देख्न पाइन्थ्यो । साना कलिला केटाहरुदेखि टाउकाका रौ सेताम्य भएका मानिसहरु देख्न पाइन्थ्यो । बिचरा पढ्ने लेख्ने, खाऊ लाऊ भएको उमेरमा बिदेशको सुनौलो सपना देखेर आइरहेका छन । बिचाराका जीवन कसरी बाँचिरहेका छन होला, बिदेशका ति कठोर अनुशासन र काममा । कैयौ चेलीहरु पनि एक लर्काे लाइन देख्न पाइन्थ्यो । उनिहरु आफ्ना बच्चालाई लिएर त्यहाँ आएका देखिन्थे । बच्चाहरु लाइनमै आमाको दूधमा झुमिरहेका थिए । मलाई लाग्यो सँगै बस्दा आमाको दूधमा झुमिने ति बालबालिका आमाको नेपाल छोडिए सँगै कसरि बस्छन होला ? मनमा खिन्नता बढेर आयो ।

    मैले सेतो कमिजको खल्तिमा एक कालो पेन राखेको थिए, यै पेन बोल्ने बहाना बन्यो । करिब बाइस्, चौबिस जस्ता देखिने युवति मेरो अगाडि आइन् । सुस्मा बताउने उनि बिदेश जानको लागि राहदानि बनाउन आएकि रहिछिन् । बोल्नको बहाना बनेपछि म पनि जीवनका बिबिध पक्षका बारेका भलाकुरारी गर्ने अवसर पाए । मोटो अनुहारमा मोति झै चम्केका नयन, आखाँमा छोटा परेली निहत्था छिटो छिटो भिम्किन्थे । म केहि बेर उनको आँखा भिम्काइमा भुलेर बसेछु । झन्डै एक घण्टा पूर्वको गाउँ घरको बारेमा जानकारी लिने प्रयास गरे । म पश्चिमको भएकोले पूर्वको बारेमा जान्न पाउदा निकै रमाइलो भयो । त्यहाँको रहन–सहन चाल चलनको बारेका जान्न पाउदा । त्यहाँको समुदायका सबै युवा युवति सबै बिदेशिदा त्यहाँको बालबालिका र बुढा बुढीहरु सहराबिहिन जीवन बिताई रहेका रहेछन । ति बालबालिका खुसीले न्यानो आमा बुबाको काखमा रमाउने बेला बुदेशकाल लागेका हजुरबा, हजुरआमा स्याहारमा बाच्नु पर्ने, बिचरी नारीहरु बिदेशको ठाउँमा नारकिय जीवन बिताएका सुन्नुपर्ने । केही कामले नजिकिएको हाम्रो सम्बन्ध मित्रता सँगै मोबाइल नम्वर साटा साट गरेर बिदा भयौ ।

    बेला बखत फोनमा कुराकानी भैराखेको हुन्थ्यो । म पश्चिमका रहन सहनको बारेका कुरा गर्दथे । सुष्माले पूर्वका बारेमा जानकारी दिइराखेकी हुन्थिन् । हुनत मेरो उनि सँग कुनै रगतको नाता थिएन, तर भावनाहरु एक आपसमा मेल खान्थे । म बेला–बेलामा बेचैन हुन्थे । बिचरी पढ्ने लेख्ने बेलामा बिदेश जानको लागि तम्सिएकी छिन, रहरले त पक्का पनि होइन होला ।

    परिवारमा आर्थिक जोहो राम्रो हुन नसकेको कारणले होला, म मात्र अनुमान लगाउन सक्थे । म आफूलाई पनि निरासा हुन्थ्यो किन कि यतिका पैसा मेहनत तथा खर्च गरेर पढे, फेरि म पनि बिदेशको ठाउँमा तातो घाममा पसिना बगाएर दूई कौडिको लागि ज्यान फाल्ने त होइन । म जस्ता हजारौ लाखौ युवाहरु दुई कोैडिको लागि बिदेशी भूमिमा रगत पसिना बगाइ रहेका छन । कैयौ बुबा आमा छोराहरु बिदेशबाट घरमा फर्कलान् र खुशिसँग बस्ने सपना देखेका, काठको बाकसमा आफ्ना छोरा छोरीको लास आउदा कहिल्यै नबिउझने गरेर मुर्छा पर्छन । यो बिदेशले कसैको परिवारमा शुख सम्पनता लिएको छ भने कतिका परिवारमा बुबा आमाका काख रित्तिएका छन, सिन्दूर पुछिएका छन्, सहरा गुमेका छन्, नाबालकमै टुहुरो हुनुपरेको छ, सुखी परिवार पनि अध्यारो नियति व्यहोर्नु परेको छ ।

    आज म बिहानै देखि अलिक व्यस्त थिए । आज म सुस्मालाई भेट्नको लागि तयारी गर्दै थिए । मलाई सुन्धाराको पार्कमा बोलाएकी थिइन् उनले । उनी भोलीनै कुबेत कामको लागि उड्दै थिइन् । म ठिक एक बजे सुन्धारा ओर्र्लिए सुस्मा पनि आएर आकाशे पुलमा पर्खेर बसेकी थिइन् । उमेरले बाँइस चौबिस बर्षको, गालामा यौवनको लाली रंगिएको थियो । हातमा मनिव्याग र एक रुमाल थियो, सिउदो छोडेर कोरेको कपाल, बेलाबेलामा टाउको हल्लाएर मिलाउने गर्थिन् । मैले “सन्चै” भनेको प्रश्नमा उनको उत्तर थियो, “ अझै सम्म जसो तसो बाँचिएको छ ।”
    अनयासै हाम्रा हातहरु एक आपसमा जोडिए कूनै संकोच बिना नै । हामी दुबै धरहराको बगैचामा गएर बस्यौ । खाजा खाने कुरा गर्दा मैले सुस्मालाई खाजा छनौट जिम्मा दिए । सुस्मा पनि मैलै जे अर्डर गरे पनि खाने भनेर टारिन् । म दुबैको लागि हातमा मःमः र एक बोटल पानी लिएर आए । दुवै कुराकानी गर्दै खाजा खानतर्फ लाग्यौ, आफ्नो भागका मःमः मेरो भागमा राख्दै म भर्खर खान खाएर खाएको भनिन्, म पनि भो–भो भन्दै खाईरहे ।
    “तिम्रो कपडा सबै मिलेको छ । तर, एउटा कुराको कमि देखे ”,
    मेरो यो प्रश्नको उत्तरमा उनले भनिन्, “मलाई रातो टिका मन पर्दैन ।”“किन ?”
    “मन पर्दैन्, भने पछि मन पर्दैन” ,
    “तिजमा कहिल्यै सारी लाउदैनौ ?”
    “अह !”
    “किन ? अँ मलाई थाहा भयो, म अलिक घुमाउरो पारामा बोल्ने प्रयास गरे । ”
    “के भन्नु,”
    “हरियो मन पर्छ होला नि,”
    “किन ? ”
    “किन कि हरियो लाए त हरियो घाँसमा पल्टेको भैसी जस्ति देखिन्छौ होला नि ।”
    “तपाईले भने पनि मलाई रातो मन नपर्नुको कारण फरक छ ।”

    लामो स्वास फेर्दै पारि भित्ता तिर हेरेर बसिन् । अनुहारमा देखिएको खुशी पन एक्कासि एकाएक अनुहारको बेचैनीमा आएर टुंगियो । भन्न नसकेका पीडाहरु आँखाबाट झरेका आँसुले बर्णन गरेका थिए । आँखाले कारण भनेका थिएन, तर मन भित्रको पीडालाई आँसुका माध्यम भएर बाहिर ल्यायो । मेरा मनको बाढ पनि खडिएर रहन सकेनन् । बाढी भएर पोखिए निका बेर । मनलाई अलिक बलियो बनाएर भने “मलाई क्षमा दिनुहोला मैले हजुरको चित्त दुखाए ।”
    “मेरो यी कुरा तपाईले पनि जान्नु पर्ने थियो । ”

    “तपाईले सुनाउन मिल्छ भने मलाई पनि सुनाउनु,”

    “मलाई पनि तपाइहरु जस्तै धेरै पढन मन थियो, तर के गर्ने कर्मले मलाई ठग्यो । म उन्नाइस बर्ष पुग्दा नपुग्दै बुबाआमाले झापामा बिहे गरेर पठाउनु भयो । दुई बर्ष त निकै रमाइलोसँगै बित्यो । त्यति बेला हाम्रो परिवारमा एउटा छोराको जन्म भैसकेको थियो । हाम्रो परिवार निकै खुसी थियो । तर एक दिन मेरो हजुर बिरामी भएर घरमै थला पर्नु भयो । हतार–हतार अस्पताल लग्यौ उहाँको मिर्गौला फेल भैसकेको रहेछ । औषधि उपचार गर्न थालियो, घरमा भएको सबै पैसा सकियो, मैले माइतीबाट लिएको गहना पनि बेचेर उपचार गरियो । मिर्गौला फेर्नका लागि लाखौ लाग्ने भयो ।

    हामीसँग अब पैसा लिने स्रोत कहि कतै थिएन । महिनामा दशौ बिसौ हजार कहाँबाट जम्मा गरेर उपचार गर्ने । अव मेरो अगाडी मेरो हजुरलाई मरिरहेको हेर्न बाहेक अरु कुनै बिकल्प थिएन । दिन–दिनै परिवारमा रुवाबास मात्र सुन्नु बाहेक अरु केही गर्ने क्षमता थिएन । घरको कमाउने मान्छेनै थला परेपछि गाउँका कसैले पनि कर्जा दिएनन्, त्यसैले मानिसहरु भन्दा रहेछन्, “मान्छेहरु बलेका आगो मात्र ताप्छन् भनेर” । बिचैमा बोल्दा बोल्दै हिक्का छोडेर रुदै थप्दै गइन् । “म बिदेश गएर श्रीमानको उपचार गरेर ज्यान बचाउने निधो गरे । माइतमा दाईलाई कर्जा मागेर म साउडी उडे । घरमा आज हो कि, भोली हो, दिन गन्दै गरेको श्रीमान, एक बर्षको बच्चालाई छोडेर हिड्दा आफै मरे जस्तै बनेकी थिए । तर पनि मनको कुनै कुनामा आशाको दियो भने निभेको थिएन । त्यो ठाउमा श्रीमानलाई बचाउनको लागि जस्तो सुकै काम पनि गरे, सुरुमा म यि निज काम गर्दैन भनेकी थिए यस्तै गरेर झन्डैै दश दिन बित्यो तर मालिकले गालै गालामा थप्पड हान्थ्यो । हुन त म शरीरको सबै कपडा खोलेर अपरिचित मान्छेलाई सुम्पनु जस्तो नारकिय के काम हुन सक्छ र ? हामी घर छोडेर हिडेका नेपाली जसले जे भन्यो त्यही नगर्न सम्म कसरी पैसा जम्मा गर्न सक्छौ र ? त्यहाँ जस्ता सुकै मान्छे पनि उनीहरुलाई आफ्नो ज्यान सुम्पनु पर्दथ्यो । कोही दयालु हुन्थे कोहि रक्सिले मातेर आउथे, यसो गर उसो गर भन्दथे । भनेको मानेन् भने रातमा मालिकले बेस्सरी कुट्थ्यो । ”

    यस्तै भन्दै उनले आफ्नो शरीरमा भएका दातका छापहरु देखाइन् । उनको शरिरमा बाघले झै चिठोरेका कैयौ घाउका खाटा थिए । यस्तो देख्दा मेरो मन छिया–छिया पारेर झै भयो । सुस्माको आखाँमा आसु सुकेको थियो तर मन भने पिडाले बगिरहेको थियो । “एक दिन त म यस्ता पनि भोगे, ग्यास प्लानमा काम गर्ने केटाहरु आए । उनिहरु मसँगै स्कुल पढेका साथीहरु थिए । त्यति बेला कस्तो स्थिति भयो होला ? तपाई सोच्न सक्नुहुन्छ ? त्यति बेला मैले उनीहरुका आँखामा हेर्न पनि सकिन । उफ………”

    “सात दिनको मिन्स पिरियड बाहेक हरेक दिन केयौ पटक मरेर बाँचे । न पेटभरी समयमा खान पाए, न न्यानो बिस्तरामै आनन्दले सुत्न पाए । चियाको तल–तल भएको बेला मलाई कसैले ल एक कप चिया पिउ भनेर भनेन् कसैले । मेरो लागि आत्म मरेको त्यो काल कोठरी ठाउँका कसले माया गरोस् । माया गर्ने मान्छे जीवन र मरणको लडाइमा होमिएको छ, हार त आवश्य हुन्न कहिले हार हुन्छ भन्ने थाहा छैन । नारीका रसमा रमाउन आएका ति व्वासाहरु मात्र मेरा भावना र शरिरमा खेलेर जान्थे । कहिल्यै किन यहाँ आएको ? घर कहाँ हो ? भन्ने कुनैले पनि सोधेनन् । जे भए पनि अरु भन्दा नेपालीहरु नै तुलनात्मक रुपमा माया लागे जस्तो हुन्थ्यो । मलाई दलालले भिजिट भिसामा पठाएको कुरा थाहा पाए । त्यति बेला चार महिना पुगेको थियो । मेरो भिसाको म्याद सकिएको थियो । ”

    “यता घरमा मेरो हजुरको स्थिति उस्तैं थियो । बिसको उन्नाइस होला भन्दा दिन दिनै रोगले चापिरहेको थियो । बल्ल बल्ल उपचारको लागि ठिक्क पुग्ने रकम मात्र । रोगले खाईसकेपछि औषधिले कति दिन धान्दो रहेछ र । म बिदेश गएको सातौ महिनामा मेरो हजुरले मलाई सदाको लागि छोडेर जानुभयो ।” फेरि सुस्माको आँखामा बलिनधारा आँसुले भरिए । मेरा आखा पनि रसाए । केहि बेरको सुनसान पछि । मैले सोधे, “अनि तपाई कसरी नेपाल आउनुभयो त ?”

    “मैले काम गर्ने ठाउमा आउने एक जना नेपालीलाई सहयोग मागि नेपाली राजदूताबासलाई एक चिठ्ठी लेखे । उहाँहरुको सहयोगमा म नेपाल फर्कन सफल भए । म फर्कने बेला सम्म मेरो हजुरले यस धर्ति छोडेको एकचालिसौ दिन भै सकेको थियो । घरमा आई हिन्दु धर्म अनुसार कर्मकाण्ड गरे ।”

    “अनि अहिले कति समय भयो नि ?”
    “झन्डै नौ महिना भै सक्यो । अझै साहुका लाखौं कर्जा छन् । बच्चा बोर्डिङमा भर्ना गरेकी छु । बच्चाको लागि फि र कर्जा कसरी चुक्त्ता गर्ने ? अव म पाँच–छ बर्ष जति बसेर घर व्यवहार मिलाए पछि मात्र यतै घरमा केहि गरेर बस्नु पर्ला ।

    उफ………….. जे जे भए पनि जीवनम भोग्नु पर्दाे रहेछ । ईश्वरले आफ्नो भागमा पारेको सुख दुख जे भए पनि भोग्नु पर्दाे रहेछ । मेरो जीवनम जे भए पनि तपाईको जीवनमा खुसी र सफलताहरु ओइरियोस् म जस्ता दुःखीको तर्फदेखि शुवेच्छा छ ।” मैले धन्यबाद दिए उनको सुवेच्छाको लागि ।

    “ तपाई पनि आफूसँग भएको कुरामा सन्तुष्ट रहनु । बिदेशमा गएर राम्रो काममा लाग्नु, पैसा कमाउनु , त्यो तपाईको बच्चालाई धेरै पढाउनु । ”यस्तै बोले ।

    एक छिन पुन बातावरण शान्त भयो ।“ बच्चाको फोटो छ ?” मैले सोधे । छ भन्दै हातमा समातेका मनिव्यागको कुनामा रहेको खल्तिबाट निकालिन्, म हातमा फोटो लिएर हेरे । चौडा निधार, पोटिला आँखा, मोटो शरिर, हातमा फूल लिएर हाँसेको थियो । मान्छेहरु भन्छन् चौडा निधार भएको भाग्यमानि हुन्छन भनेर । बिचरा चौडा निधार भएर पनि बालकपनमै बाबु गुमाउनु परेको छ । सानैदेखि आमाको न्यानो ममताबाट अलग्गिनु परेको छ । भबिष्यामा यि बच्चाले कस्ता सघर्षमा जीवन विताउनु पर्ने हो । सुस्मा भन्दै थिइन, “ममि कहिले आउनु हुन्छ ? छिट्टै आउनु है । आउने बेलामा मलाई सानो बस ल्याइदिनुु ,भन्दै थियो । बिचरा ति बालकलाई के थाहा बर्षौ बर्षाै सम्मको लागि ‘आमा’ ले घर छोड्दै छिन भनेर ।

    हामी त्यस बगैचामा बसेर भलाकुसारी गर्न लागेको लामो भै सकेको थियो । हामी त्यहाँबाट निक्लियौ । मन भावुकताले बोझिलो भएको थियो । म कहाँ पश्चिमको मान्छेसँग धेरै टाढाको मान्छेसँग मनको व्यथालाई कसरी बगाइन् । जे होस् उनी जस्ता सयौ नारी जो आँसु पिएर बाँचेका छन । उनीहरुमा ईश्वरले शक्ति प्रदान गरुन् । सदा–सदाको लागि बिदाईको हात हल्लाउदै सुस्मा आकाशे पुलमा साउनको झरी झै आँसु बर्साउदै मलिन भएर हात हल्लाउदै थिइन् । म पनि शहिद गेटनेर गाडीमा चढे ढोकाबाट सुष्मालाई अन्तिम पटक हेरे हात हल्लाउदै गहभरी आँसु लिएर म मेरो थाँति तिर लागे ।

    धन्यबाद ।

    (हाल कीर्तिपुर काठमाण्डौ, नेपाल)

     

    २४० पटक
    प्रतिकृया दिनुहोस्