BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    गजल

    ईन्दिरा चाम्लिङ राई, लुभेन, बेल्जियमचैत्र २, २०७५

    तिम्रै कारणले बिरानो सहरमा गुलामी भएँ
    बेचिदियौ मूल्यहीन बजारमा म दामी भएँ

    सपना त देखें कति कति साकार हुँदैभएन
    आफ्नै मृत सपनाहरूको आफै मलामी भएँ

    कलिलो यौवनसँग खेलेर अस्मिता लुटेपछि
    मेटायौ तिमीले यौनतिर्खा अनि लिलामी भए

    जीवनको अन्तिम घडी तिमी साथ नभएपछि
    म घाटको लासहरूमा तिम्रै कारण नामी भएँ

    एक थुंगा फूल लिएर आउन भुल्यौ त के भो
    अर्थहीन आफ्नो लासमाथि आफै सलामी भएँ

    २१० पटक
    प्रतिकृया दिनुहोस्