BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    मन्त्रीपरिषद् पुनर्गठन ! को–को बन्दैछन त मन्त्री ?

    संसार न्यूज संवाददाताचैत्र ३, २०७५

     

    ३ चैत, काठमाडौं । ‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा बनाएर चुनावी बाचा कबोल पूरा गर्न अघि बढेको बर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको महसुस गरिरहेका बेला मन्त्रीपरिष्द पुर्नगठनको हल्ला व्यापक रुपमा बाहिर आएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले सूचक–मापन विधि बनाएर गरेको मूल्यांकन तथा गुनासो, टिप्पणी र कार्य सम्पादन समेतका आधारमा मन्त्रीपरिषद् पुर्नगठन जरुरी देखिएकाले पुनर्गठन हुने निश्चित प्राय : भएको बताइएको छ ।

    नेकपा निकट उच्च स्रोतका अनुसार लगानी सम्मेलन अगाडि मन्त्रीपरिषद् पुर्नगठन हुनेछैन तर नेताहरुका विचमा पात्र र प्रवृत्तिको मूल्यांकन भै सकेको छ । कृषिमन्त्री चक्रपाणी खनाल,सामान्य प्रशासनमन्त्री लालबाबु पंडित, भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ, शहरी विकास मन्त्री मोहमद इस्तियाक राई लगायतका पात्रहरु हटाइने तयारीमा छन् भने मातृका यादव र अर्थमन्त्री युवराज खतिवडाको अन्य जिम्मेवारी बारे छलफल चलाइएको छ ।

    सुत्रका अनुसार पंफा भुसाल, योगेश भट्टराई, खगराज अधिकारी, जर्नादन शर्मा, देवेन्द्र पौडेल, बलराम बास्कोटा, यज्ञराज सुनुवारलाई मन्त्री बनाइदैंछ ।

    १५५० पटक
    प्रतिकृया दिनुहोस्