BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    पोखरामा जागिर खुल्यो, दोस्रोपटक सूचना

    संसार न्यूज संवाददाताचैत्र १०, २०७५

    १० चैत्र, काठमाडौँ । गण्डकी प्रदेशमा मध्यम र निम्न मध्यम स्तरीय प्राविधिक जनशक्तिका लागि दोस्रोपटक पुनः सूचना जारी गर्नुपरेको छ ।

    गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश विकास स्वयमसेवकको आवश्यकता भन्दै २०७५/११/१२ गतेको पत्रपत्रिकामा सूचना जारी गरेर मागिएको थियो । यसअघि परेका दरखास्तलाई कायम राख्दै १५ दिन भित्र दरखास्त दिन सम्बन्धीत सबैमा सम्प्रेषण गरेको छ । सो मन्त्रालयको वेवसाइट www.mosd.gandaki.gov.np मा गृह प्रदेश विकास स्वयम्सेवक परिचालन कार्यविधि २०७५ को अनुसूचि ४ बमोजिम निर्धारित ढाँचाको दरखास्त फारम रितपूर्वक भर्नुपर्ने समेत सूचनामा उल्लेख छ ।

    सो सूचनामा भनिए अनुसार स्वास्थ्यतर्फ मेडिकल अधिकृत २, हेल्थ असिस्टेन्ट ५, अहेवा १० स्टाफ नर्स ५, अनमी ५, फर्मासिस्ट ४, ल्याब टेक्निसियन ४, इन्जिनियरिङतर्फ सिभिल इन्जिनियरिङ १०, सब इन्जिनियरिङ(सभिल) ५, कृषितर्फ अधिकृत २, जेटि ३, जेटिए १०, पशु भेटनरीतर्फ जेटी ७, जेटिए ६, भेटनरी सहायक २ र वन वातावरणतर्फ रेन्जर ४, वातावरण सहायक १ र कम्प्युटर तर्फ कम्प्युटर अपरेटर ५ जना पूर्तिका लागि गण्डकी प्रदेश भित्र बसोबास गरेका र योग्यता पुगेका नेपालीले दर्खास्त हाल्न पाउने छन् ।

    यसरी दोहो¥याएर माग गर्नुको कारणबारे मन्त्रालयका प्रवक्ता रमेश अधिकारीले भने ‘अघिल्लो सूचनाको समय पर्याप्तता तथा विषयगत प्रष्टताका लागि दोस्रो पटक सूचना जारी भएको हो ।’ उनले थपे ‘विज्ञहरुद्वारा पारदर्शी ढङ्गले अन्तरवार्ता लिइने र सहभागिले आफैलाई जाँच्न पाउने गरी मूल्यांकनको प्रयास गरिँदैछ ।’

    १७३२ पटक
    प्रतिकृया दिनुहोस्