BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    काभ्रेपलान्चोक सेवा कमाज कतारमा नयाँ कार्यसमिति चयन

    संसार न्यूज संवाददाताचैत्र १०, २०७५


    काभ्रेपलान्चोक सेवा समाज कतारको दोस्रो अधिबेशन तथा स्मारिका बिमोचन कार्यक्रम अध्यक्ष नन्द ढुंगानाको सभापतित्वमा सम्पन्न भएको छ ।
    २२ मार्च शुक्रबार दोहा स्थित बेस्ट वेस्टर्न होटेलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली दुताबास कतारका राजदुत प्रो रमेश प्रसाद कोइराला रहेका थिए भने बिशेष अतिथिहरुमा नेपाली दूतावास कतारका श्रम सहचारी नरेन्द्र ज्ञावाली ज्यु, एनआरएनए मध्यपुर्ब संयोजक आरके शर्मा, एनआरएनएका मानार्थ सदस्यहरु टिबि कार्की, बिल गुरुङ, एनआरएनए कतारका सदस्य बिमल सुवेदी, स्मारिका प्रकाशनका सम्पादक कमल घिमिरे, बैचारिक सस्थाका प्रमुखहरु, जनजाती महासंघ कतारका प्रतिनिधि रहेका थिए । साथै अतिथिहरुमा जातिय सस्थाका प्रमुखहरु, प्रदेश सस्थाका प्रमुखहरु, जिल्ला एबम सामाजिक सस्थाका प्रमुखहरु, आयोजक टिम लगायतको उपस्थित रहेको थियो ।

    अधिवेशनले समितिको नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमिति यसप्रकार छ :
    अध्यक्ष – नारायण बिष्ट
    वरिष्ठ उपाध्यक्ष – भरत बडाल
    द्वितीय उपाध्यक्ष– सागर अधिकारी
    तृतीय उपाध्यक्ष –कान्छा मान श्रेष्ठ
    महासचिव – रुप कुमार श्रेष्ठ
    सचिव – रमेश सापकोटा
    कोषाध्यक्ष – हरिशरण पण्डित
    सहकोपाध्यक्ष – नेत्र वाईबा
    सदस्यहरु :
    दिपेन्द्र श्रेष्ठ
    ज्ञानेन्द्र राज भारती
    नारायण संजेल
    राजन ढुङ्गाना
    ज्ञान मान लामा
    अमित परियार
    उद्धव रावत
    सविन तामाङ
    हर्क बहादुर तामाङ
    अर्जुन बहादुर पुलामी
    शमसेर तामाङ
    मोहन सिङ्ग तामाङ
    पृथक तामाङ
    बिजय लामा
    नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन आयोग गठन गरिएको थियो । जसमा संयोजक कमल प्रसाद घिमिरे सदस्यहरुमा माईला वाईबा,गौरबराज अधिकारी र तिर्थ थिङ तामाङ रहेका थिए ।

    निवर्तमान अध्यक्ष ढुंगानाले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । उनले सबैको निरन्तर साथ र सहयोग पाएमा समाज रुपान्तरणमा सकारात्मक भुमिका निर्बाह गर्ने बताएका थिए । साथै नबगठित कार्यसमितिले सामाजिक एबम मानबिय कार्य गरि सस्थाको उचाईलाई अझै माथी पुर्‍याउने विश्वास पनि गरेका छन् ।

    १२४ पटक
    प्रतिकृया दिनुहोस्