BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    बहराइनमा एनआरएनए महिला फोरम गठन

    संसार न्यूज संवाददाताचैत्र १०, २०७५

    २२ मार्च शुक्रबार गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराईनले आफ्नो महिला फोरम गठन गरेको छ ।

    परिषद्का अध्यक्ष लाल प्रसाद पुनको सभापतित्व तथा एनआरएनए आइसीसी मध्यपूर्व महिला उपसंयोजक यास्मिन वेगम सैयदको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिगणहरुद्वारा संयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो । कार्यक्रममा एनआरएनए बहराइनका आइसीसी सदस्य कमल श्रेष्ठ, आइसीसी मानार्थ सदस्य राजु सैयद लगायत बहराइनमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूका साथै बहराईनमा कार्यरत महिला दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

    परिषदका महासचिव प्रेम क्षेत्रीले संचालन गरेका सो कार्यक्रममा फोरमका संयोजक पुष्पा प्रजाले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमका प्रमुख अतिथि यास्मिन वेगमले महिला फोरमको आवश्यकता र काम कर्तव्यको वारेमा प्रकाश पारेकी थिइन् । उपस्थित विशेष अतिथि लगायत अन्य अतिथिहरूले पनि आफ्नो मन्तव्य राखेका थिए ।

    कार्यक्रमले १३ सदस्यीय महिला फोरम गठन गरेको छ । नवगठित फोरमको संयोजकत्व एनआरएनए एनसीसी बहराइनका महिला संयोजक पुष्पा प्रजाले गरेकी छिन् भने सचिव श्रीमती सगुन खत्री र कोष संयोजक श्रीमती लक्ष्मी क्षेत्री नियुक्त भएका छन् ।

    एनआरएनए बहराइन महिला फोरम पदाधिकारीहरु
    १) संयोजक -पुष्पा प्रजा
    २) सचिव -सगुन खत्री
    ३) कोष संयोजक -लक्ष्मी क्षेत्री
    ४) सदस्य -भावना आचार्य पन्त
    ५) सदस्य- साजरा निशा
    ६) सदस्य – मन्जु के सि
    ७) सदस्य- पासाङ्ग शेर्पा
    ८) सदस्य- तुलसा आचार्य
    ९) सदस्य- फुर्लामो शेर्पा
    १०) सदस्य -शुशिला नेपाली
    ११) सदस्य – अन्जु उप्रेति
    १२) सदस्य – मिना शर्मा
    १३)  सदस्य – गंगा राना मगर

    फोरम संचालनार्थ आवश्यक कोषको लागि उपस्थित सबैजनाबाट स्वेच्छिक रूपमा संकलित रकम कोष संयोजकलाई हस्तान्तरण गरिएको थियो

    सभापति पुनले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको ऐतिहासिक कार्यक्रम भव्य र सभ्यका साथ सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।अन्तमा कार्यक्रमका सभापतिले आफ्नो मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिए ।

    १६१ पटक
    प्रतिकृया दिनुहोस्