BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    शिव परियारको ‘आँशुको अर्थ २’ सार्वजनिक

    संसार न्यूज संवाददाताचैत्र २१, २०७५

    नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’ को भाग २ ‘आँशुको अर्थ २– ‘मेरो भागको खुशी तिमीलाई मिलोस्’को भिडियो सार्वजनिक गरिएको छ । ‘आँशुको अर्थ’ लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ ।

    ‘आँशुको अर्थ’ गीतलाई दर्शक तथा स्रोता निकै मन पराएपछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ ‘मेरो भागको खुशी तिमीलाई मिलोस्’ को भिडियो सार्वजनिक गरिएको हो । यस गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

    उक्त गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको जिवन्त अभिनय रहेको छ भने नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको थियो ।

    यस भिडियोलाई चर्चित म्युजिक निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन र धमला बिकाशको सम्पादन रहेको छ यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ ।

    गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन । यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिङ ,मास्टरिङ गरेका हुन ।

    १२० पटक
    प्रतिकृया दिनुहोस्