BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    साउदीको महानर्क

    लक्ष्मण अधिकारी,काठमाडौं चैत्र २३, २०७५

    ‘मसँग भाग्ने हो ?’ बगैँचामा पानी हाल्दै गर्दा बंगलादेशीले भन्यो । शिखरा उत्सुक भई र एताउता हेर्दै ‘कसरी भाग्ने ? मालिकले हेरि रा’छ’ भनी । ‘उसलाई वास्ता नगरी पानी हाल्दै गर, भाग्ने हो भने म मिलाउँछु’ बंगालीले भन्यो । ‘खै कसरी भाग्ने ? यो नर्कबाट उम्किन पाए त हुन्थ्यो, मलाई लैजाउ न, धर्मै हुन्छ । शिखराले टाउको घोप्ट्याएरै विन्ती गरी ।

    साउदी अरबस्थित दमाम शहरको एउटा घरमा घरेलु काम गर्न लगिएकी शिखरा यौनदासीका रुपमा यातनायुक्त बन्दीजीवन बाँचिरहेकी थिई । उसले त्यहाँबाट भाग्ने अनेक प्रयत्न गरी । तर अग्ला पर्खाल र काँडेतारले घेरिएको त्यो नर्कजस्तो घरबाहिर उसले छायाँसम्म पनि पु¥याउन सकिन । त्यसैले उ त्यहीँभित्र आत्मसमर्पण गरेर बसिरहेकी थिई । बंगालीले एकाएक भाग्ने कुरा गर्दा उसको मन खुसी र कौतुहलताले उकुसमुकुस भइरहेको थियो । साथै कसैले सुनेका छन् कि ? भन्ने त्रास पनि थियो । डरले गर्दा राम्ररी बोल्न सकिरहेकी थिइन, अनुहारमा बर्बर्ती पसिना निस्कीरहेको थियो ।

    ‘कसरी बाहिर जाने ? तिमी साच्चै मर्द हो भने मलाई भगाएर देखाउ न ।’ उसले दयालाग्दो पाराले चुनौतिको भाषा बोली र हल्का मुस्काउँदै बंगालीतर्फ हेरी ।

    बंगालीले भन्यो, ‘अहिले चुप लाग, भाग्ने हो भने तयार भएर बस, अर्को हप्ता कोशिस गर्छु ।’
    ‘कोशिस हैन, साच्चै मलाई भगाउ न है ? मैले त अव छतबाट छलाङ मारेर मर्नेसम्म सोचिसकेँ, सक्छौ भने बचाऊ’ उसले रुन्चे स्वर पारेर भनी ।

    काठमाडौबाट दिल्ली हुँदै दमामको त्यस घरमा पुगेको एक हप्तापछि नै मालिकले उसलाई चुइङगम खुवाएर लट्ठ पारी यौनभोग गरेको थियो । विरानो ठाउँ, शुरुमा त उ बोल्नै सकिन । पटक पटक उसको शरीर लुट्न थालेपछि एक दिन उसले मालिक्नीलाई सुनाई । तर उसले नबुझेजस्तै गरेर चुपचाप काम सक भनी । त्यस दिनदेखि मालिक्नी पनि उसँग चिढचिढ गरेर रिसाउने, गाली गर्ने र भनेजस्तो काम गरिन भनेर कोर्रा हान्ने, आइरनले डाम्ने गर्न थाली । पीडा भएर रुनलाग्दा ट्वाइलेटमा लगेर थुन्थी । एकपटक आइरनले डाम्दा असह्य भएपछि उसले साहुनीको हात झट्कारेर हुत्याएकी थिई । त्यसपछि त साहुनी जतिखेर पनि साथमा चक्कु लिएर हिड्न थाली । गाली गर्दा पनि हातमा नाङ्गो चक्कु लिएर हानिहाल्छुजस्तो गर्थी ।
    मालिक्निले यातना दिदा प्रतिरोध गरेको सुनेपछि त मालिकले पनि थप यातना दिन थाल्यो । उसले जतिपटक जसरी यौन शोषण गरेपनि चुपचाप सहेर बस्नुपथ्र्यो । पछि पछि त उसले साथीहरु पनि ल्याएर यौन यातना दिन थाल्यो ।

    शिखरालाई घरको माथिपटिको सानो स्टोर कोठामा सुत्ने व्यवस्था गरेको भएपनि मालिकले पाहुना कोठामा बोलाएर सामुहिक यौन अत्याचार गर्न थाल्यो । यातना सहन नसकेर चिच्यायो भने तकियाले मुख छोपीदिन्थ्यो । साथीहरुलाई राम्ररी खुस नगरेको भनेर मालिकले उसलाई कोर्रा हान्थ्यो । अव फेरि त्यसो गरे कफिनमा हालेर पठाउँछु भनेर धम्की दिन्थ्यो । कहिले चाहिँ जमिनमा गाडेर बेपत्ता पारिदिन्छु भन्थ्यो । यातना सहन नसक्दा त उसलाई मारेर बेपत्ता पारिदिए पनि हुन्थ्योजस्तो लाग्थ्यो । कहिलेकाहिँ त उ ‘मार मलाई भनेर बहुलाहीजस्तै कराउँथी । यसो गर्दा मालिक चाहिँ ठूलो आवाजमा म्युजिक बजाएर बस्थ्यो ।

    जतिसुकै यातना दिए पनि उ त्यहाँबाट भाग्न सक्ने स्थिति थिएन । बाहिर सम्पर्क गर्ने कुनै साधन पनि थिएन । उसको मोवाइल, पासपोर्ट सवै खोसेर राखिसकेको थियो । त्यस घरमा फोन भएको ठाउँमा जानै पाउँदैनथी । साहुहरु बाहिर जाँदा पनि साँचो लगाएर जान्थे । मालिक्नीको मोवाइलबाट बाहिर फोन गर्नको लागि उसले अनेक जुक्ति गरेकी थिई तर सफल भइन । नुहाउन गएका वेला पनि सँगै लिएर जान्थी । एकपटक ट्वाइलेट गएका बेला उसले फोन छोएकी मात्र थिई मालिकले सिसि क्यामेराबाट देखेछ । आइरनले हात नै डामिदियो ।
    मालिक मालिक्नी बाहिर गएका बेला उ भाग्नका लागि कोशिस गर्थी, तर सम्भव नहुने । उसलाई पालेसँग बोल्ने, अनुहार देखाउने अनुमतिसमेत थिएन । पालेको नजिक गएको देखे मात्र भने पनि मालिकले कोर्रा हान्थ्यो ।

    उसले अलिअलि बोल्न पाउने भनेको बंगलादेशी बगैँचे थियो । उ हप्ताको एकचोटी आउँथ्यो र दुई घण्टा काम गरेर गईहाल्यो । यही वेला विरुवामा पानी हाल्ने बहाना गर्दै शिखरा कहिलेकाहिँ पुग्थी । उसले आपूmलाई त्यहाँबाट निकालिदिन बंगालीलाई एकदुई पटक भनेकी थिई । तर उसले ‘मलाई नै समातेर मार्छ’ भनेर इन्कार गर्दै आएको थियो । उ कहिलेकाहिँ शिखरालाई ‘हात, मुखमा कसरी चोट लाग्यो ?’ भनेर सोद्थ्यो पनि । शिखराले त्यहाँ यातना पाइरहेको कुरा उसलाई राम्ररी थाहा थियो । त्यसैले उसले त्यो दिन शिखरालाई ‘भाग्ने हो ?’ भनेर सोधेको थियो ।

    नभन्दै एकहप्ता पछि उ भाग्ने जुक्ती लिएर आएछ । मालिक नभएका वेला उ विरुवाहरु लिएर आयो । शिखरालाई विरुवा बोकाएर बगैँचासम्म पु¥याउन लगायो । यसैबीच उसले शिखरालाई ‘भाग्न ठीक पर बाहिर साथीको ट्याक्सी छ’ भनेर कानमा फुसफुस ग¥यो । उसँग लाने केही थिएन, ‘म तयार छु’ भनी ।

    उसले पालेको छेउमा गएर ‘खन्ने औजार कता राखेको छ ?’ भन्दै बहाना गरेर पालेलाई अल्मल्यायो र शिखरालाई बाहिर जाने इसार ग¥यो । शिखरा बाहिर निस्की र पर्खिरहेको ट्याक्सीमा बसेर टाप कसी ।

    ट्याक्सी ड्राइभरले आफू पनि बंगाली नै भएको र बगैँचेको साथी भएको बतायो । बाटोमा जाँदा शिखराको मुटुको ढुकढुकी बेतोडसँग चलिरहेको थियो । डरले उ अगाडी पछाडि हेर्दै थिई ।
    अव कहाँ जाने उसलाई थाहा थिएन । उसले नेपाली दूतावासको अफिससम्म पु¥याइदिन आग्रह गरी, तर ड्राइभरले ‘पुलिसले भेट्छ, आज मसँगै हिँड’ भन्यो । उ बोल्न सकिन । उनीहरु कोठामा पुगेको दुई घण्टापछि बगैँचे पनि आइपुग्यो । उसले ‘आज मैकहाँ लुकेर बस, भोलि नेपालीहरु यहीँ बोलाइदिन्छु’ भन्यो । डर लाग्दालाग्दै पनि विश्वास परेर बस्नै पर्ने भयो ।
    राती त झन ठूलो अन्तर्घात भयो । ट्याक्सी ड्राइभर र अरु बंगालीहरुले सामुहिक रुपमा उसलाई बलात्कार गरे । शिखराले आफू झन महानर्कमा परेको अनुभव गरी । खानसमेत नदिई एकोहोरो शरीर लुट्नथालेपछि उ बेहोस भएर लम्पसार परी । बेहोस अवस्थामा नै उसलाई बंगालीहरुले नेपाली दूतावास अगाडि फालेर भागे ।

    विहान नेपाली दूतावासका कर्मचारीले देखेर उपचार गर्न लगे । अलि ठीक भएपछि नेपाल पठाउनका लागि कागजपत्र बनाए । दूतावासकै गाडीमा एअरपोर्ट पु¥याउन लगे । यसैबीच ‘शिखरा सामान चोरेर भागेको’ भनेर मालिकले उजुरी दिएछ । प्रहरीहरु उसलाई खोज्दै दुतावास पुगेछन् । शिखरालाई भगाउने बंगलीलाई पनि प्रहरीले समातेको र शिखरालाई खोज्दै प्रहरी एअरपोर्टतिर लागेको खवर आयो । यो सुनेर शिखाराको सातोपुत्लो उड्यो । तर साउदी प्रहरी एअरपोर्ट पुग्दा शिखरा बसेको हवाइजहाजका पाङ्ग्रा गुड्न थालिसकेका थिए ।

    शिखरा चढेको बोइङले साउदी अरेवियाको किङफाद विमानस्थलमाथि एक फन्को मारेर पूर्वि दिशातिर बेग हानेपछि बल्ल शिखराले यातना गृहबाट मूक्त भएको अनुभूति गरी । जहाजले उचाइ लिदै जाँदा भ्mयालबाट देखिने दमाम शहरका गगनचुम्बी महलको झिलिमिलीपूर्ण सुन्दरता उसका लागि तानाशाहको कुटिल मुस्कान सिवाय केही थिएन । हेर्दा स्वर्ग जस्तै लाग्ने त्यो शहर उसका लागि गरुढ पुराणमा बर्णन गरेको नर्कभन्दा रत्तिभर कम थिएन ।
    उ सम्झन्छे, जीवन यापनका सहज ढोका नखुलेपछि तीन वर्ष अघि उ उज्जवल भविष्यको कल्पना गर्दै साउदितिर हानिएकी थिई ।

    मामा पर्ने चन्द्रबहादुरले घरै आएर, ‘साउदीमा घरको सफाइ गर्ने सजिलो काम पाइन्छ, पैसा नि मैनावारी तीस हजार दिन्छ, खाना वस्न फ्रि छ’ भन्दै मिठामिठा सपना देखाएका थिए । त्यसपछि घरका सवैले राम्रो मानेर ‘जा जा तेरो भाग्य बलियो रहेछ, आफ्ना मानिस ठाउँमा भएकाले घरै जागिर पाइस्’ भनेर शिखरालाई विदेश जान प्रेरित गरेका थिए ।

    त्यसपछि उ आफ्ना भएका दुई जोर लुगा धोएर एक महिना अघि देखि विदेश जान ठीक्क परेर वसेकी थिई । चन्द्रबहादुरलाई पचास हजार रुपियाँ बुझाएपछि अर्को गाउँका दुई जना केटीसँगै उ साउदी जान काठमाडौतिर लागेकी थिई ।

    चन्द्रबहादुरलाई दिने पैसा उसका बाले भात खाने खेत धितो राखेर जोरजाम गरेका थिए ।
    ‘मैनाको तीस हजार नगद तलव आउँछ भनेका छन, यो पचास हजार रुप्पे त छोरीले तीन महिनामै तिरिहाल्छे नि,’ भनेर हात हल्लाउँदै छिमेकीसँग उसका बाले ढुक्कसँग भन्दा शिखराकी आमा खुसीले गदगद भएकी थिई ।

    आफूप्रति बाबु आमाले भरोसा गरेको देखेर त्यसवेला शिखरालाई आफैँप्रति गर्व लागेको थियो । बा, आमा, छिमेकीहरुले आफ्ना बारे दलानमा बसेर निकैबेर कुरा गरेको उसले भुलेकी छैन । जीवनकै उत्कृष्ट लाग्ने त्यो रमाइलो दृश्य आज पनि उसलाई झलझली याद भइरहन्छ । आज तीन वर्ष पछि अनेकौँ भुक्तमान खेपेर सास मात्र भएको शरीर लिएर घर फर्किनु पर्दा शिखरालाई डाँको छोडेर रुन मन लागिरहेको थियो । चन्द्रबहादुरको कुटिल षड्यन्त्र सम्झेर उ घरिघरि रिसले रातोपिरो हुन्थी । उसलाई भेटेदेखि ढुंगाले किच्याई किच्याई मार्थेँजस्तो लाग्थ्यो ।

    घरबाट जानेवेला उसलाई आमाले रातो टीका लगाईदिएर सगुनस्वरुप दुनोबाट दही खुवाएकी थिइन् । त्यसबेला उसकी आमाले सँुकसुँक गर्दै विदा गर्न लाग्दा शिखराका बाले ‘कमाउन जान लागेकी छोरी जाने बेला रुनु हुँदैन, हाँसेर विदा गर्नुपर्छ’ भन्दै आमालाई सम्झाएका थिए ।
    ‘मेरा छोरा थिएनन, छोरीले नै कमाएर छोराको सुख दिने भई’ भन्दै बाले छाती फुलाएका थिए । त्यत्रो खुसी र आशाका साथ आपूmलाई ऋण गरेको पैसा सुम्पेर विदा गर्ने बाबु आमालाई कसरी मुख देखाऊँ ? भनेर अहिले शिखरालाई छटपटी भइरहेको थियो ।

    उसलाई आफ्नो लागि त बाँचेर आउनु नै ठूलो कुरा भएको छ, तर बाबु आमाले त छोरीले कति पैसा ल्याई, सामान के के छन् ? भनेर शुरुमै आश गरेर हेर्छन् । उनीहरुलाई के जवाफ दिने ? उसलाई एकोहोरो चिन्ता भइरहेको थियो । अस्थिर मनस्थिति लिएर उ फेरि भ्mयालबाहिर हेर्दै आफ्ना पुराना दिनहरु सम्झदै थिई ।

    त्यसवेला उनीहरुलाई दिल्ली पु¥याएपछि हरियाणा लगेर एउटा घरको कम्पाउण्डभित्र पठाए । त्यसपछि चन्द्रबहादुर ‘यहीँ बस्दै गर है पछि भेटौँला’ भनेर बेपत्ता भयो । त्यहाँ अरु पनि नौ दशजना केटीहरु थिए । उनीहरु ‘कहिले साउदी पठाउँछ ?’ भनेर छटपट छटपट गरिरहेका थिए । त्यहाँ उनीहरुलाई राम्ररी खान पनि नदिइएको गुनासो सुन्दा शिखरा निकै आत्तिएकी थिई । धेरै दुःखका साथ दुई हप्ता विताएपछि उनीहरुलाई हवाइजहाज चढाएर साउदी अरबतिर उडाइएको थियो ।

    त्यसवेला हवाइजहाज चढेपछि शिखरालाई सम्हाली नसक्नु उल्लासको अनुभव भएको थियो । जीवनमा थुप्रै ठक्कर खाँदा पनि आम्दानीको बाटो नभेटेर दिक्दार भएकी २४ वर्षीया शिखरा जागिरका लागि विदेश जाँदै थिई । हवाइजहाजबाट उत्रेर साउदी अरेवियामा पहिलो पाइला टेक्दा स्वर्गमै टेकेजस्तो भएको थियो । तर एक हप्ता नवित्दै उसले देखेको त्यो स्वर्ग नर्कजस्तै अनुभव हुनथालेको थियो ।

    त्यो नर्कबाट ज्यान जोगाएर नेपाल फर्किन पाउँदा उसलाई खुसी पनि लागिरहेको थियो, सम्पूर्णरुपमा लुटिएर रित्तो हात फर्किनु पर्दा हिनताबोध पनि । उ आर्थिक र शारिरीक रुपमा मात्र होइन, मानसिक रुपमा क्षतविक्षत भएकी थिई ।

    आज काठमाडौको विमानस्थलमा उत्रिदा पनि उसलाई अझै कसैले समातेर उतै फर्काइदिने होकि भन्ने भयले सताइरहेको थियो । रित्तो हात विमानस्थलबाट बाहिर निस्कदा उसको आँखा सिसाभन्दा पल्लोपटीको भिडमा पुग्यो । चार पाँच जना केटीहरुलाई पछि लगाएर चन्द्रबहादुर प्रस्थानकक्षको ढोका पार गर्दै अघि बढिरहेको थियो । अव उनीहरुले भोग्ने पीडा सम्झेर फेरि शिखराको मुटु तीब्र बेगले ढुकढुकिन थाल्यो ।

    २८९ पटक
    प्रतिकृया दिनुहोस्