BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    छोरीसँग केही प्रश्न !

    बलराम तिमिल्सिनाचैत्र २३, २०७५

    भन नानी वावालाई भन प्यारी छोरी !
    काली हुँदा के बिग्रियो किन बन्ने गोरी  ?
    प्यारो गर्नु पर्छ आफ्नै जन्मजात छाला !
    कि दल्ने पाउडर किन सेतो पार्ने गाला ?
    भन नानी ………!

    किन लाली लगाएर टल्काउँने ओठ ?
    तिम्रो सुन्दरताभित्र छ र केही खोट ?
    किन छोरी मान्छे मात्रै बन्नु पर्ने राम्री ?
    कस्ले सिकाएको यस्तो भन छोरी हाम्री ?
    भन नानी ………….!

    किन चाहियो कम्मरसम्म लर्किएको केस ?
    जान्न मात्रै खोजेको हुँ नलागोस है ठेस !
    छोरीले नि मान्छे मात्रै बन्नु हुँदैन र ?
    चाहिएन श्रृङ्गार भो भन्नु हुदैन र ?
    भन नानी …………….!

    सुन्दरता छाला हो कि चेतना हो छोरी ?
    सुन्दरता सुख हो कि वेदना हो छोरी ?
    सुन्दरता शक्ति हो कि कमजोरी हो छोरी ?
    किन गोरी बन्नै पर्यो भन मेरी छोरी ?
    भन नानी ………!

    छोरा छोरी संसारमा मान्छे नै हो भनेके बिग्रिन्छ
    भन छोरी मान्छे मात्रै बने ?
    कस्ले भर्यो दिमागमा राम्री बन्ने भुस ?
    कुरा बुझ त्यसपछि गर मन खुस !
    भन नानी………….!

    २०७५्/१२्र/२३सुवर्ण चोक भक्तपुर

    १७८ पटक
    प्रतिकृया दिनुहोस्