BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    नदी बढेपछि दुई सय घर परिवार विस्थापित

    सिन्ह्वा चैत्र २४, २०७५

    २४ चैत, बग्दाद ।  इराकको पूर्वी क्षेत्रमा रहेको नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बासिन्दालाई अन्यत्र सारिएको छ ।

    दियाला नदीमा बाढी आएपछि दुई गाउँका दुई सय घर परिवारलाई शनिबार अन्यत्र सारिएको अधिकारीहरुले जनाएका छन् ।

    दियाला प्रदेशको राजधानी बकुवादेखि उत्तरतर्फ पर्ने खार्नाबाट र हुवेडेर गाउँका बासिन्दालाई सारिएको बाकुवाका नगर प्रमुख अब्दुल्लाह अल हैयाल्यले जानकारी दिए ।

    विगत केही दिनदेखि त्यस क्षेत्रमा वर्षा भएर बाढी आइरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

    इरानसँगको सीमा क्षेत्रमा पर्ने इराकको पूर्वी र दक्षिणी क्षेत्रका धेरै ठाउँमा यसको प्रभाव परेको छ । इरानको पश्चिमी क्षेत्रमा पनि अत्यधिक वर्षा र बाढी आएको अधिकारीहरुले जनाएका छन् ।

    दियालाको प्रान्तीय परिषद्का सदस्य खुधेर अल ओबैडीले प्रान्तको पाँचवटै बाँध भत्किएको बताए । उनले धेरै वर्षपछि यस्तो भएको जानकारी दिए ।

    “मान्दाली, क्वाजान्या, हिम्रिन, अल अधैम र अल वान्ड बाँधमा क्षमता भन्दा बढी पानी आएपछि बाँध नाघेर पानी बहेको छ,” अल ओबैडीले भने ।

    बाढी नियन्त्रण गर्न र विस्थापितहरुको व्यवस्थापनका लागि इराकका प्रधानमन्त्री अडेल अब्दुल माहदीले आपतकालीन बैठक गरेका छन् ।

    ७५ पटक
    प्रतिकृया दिनुहोस्