BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    नेतृत्वको आचरण शुद्धिमा खिमलाल देवकोटाको जोड

    खिमलाल देवकोटा चैत्र २६, २०७५

    अदालतप्रतिको जनआश्था वृद्धि गर्ने कुरामा विगतमा झै यस पटक पनि समस्या ज्युका त्यु रहयो । सर्वोच्च अदालतका प्रधानन्यायधीशको उमेर विवाद, मुद्दामा मोलमोलाई र अख्तियारका आयुक्तको घुस काण्डको अडियो सार्वजनिक हुने कुरा र अदालतका न्यायधिशहरु ईजलाशवाटै घुसको कारोवार गर्ने, अपराध अनुसन्धान गर्ने प्रहरी आफै प्रमाण खोज्ने हैन नष्ट गर्ने, सुरक्षाका लागि खटिएका प्रहरी उनै प्रश्नपत्र चोर्ने, घुस नियन्त्रण गर्ने अधिकारी आफै घुस खाने, कुटनीतिक पदाधिकारी मर्यादा विर्सने जस्ता घटना सार्वजनिक भैरहदा न्यायालय, प्रहरी,अख्तियार वा अन्य न्यायीक अधिकारी कर्तव्य पालना हैन अर्कै प्रयोजनका लागि रहेछ भन्ने आशंका पैदा भएको छ । यो भ्रमलाई चिर्न अर्को वर्षकालागि चुनौति थपिएको छ ।

    प्रधानन्यायधिशको नियुक्ति विवाद र संसदको अस्वीकृति नया प्रधानन्यायाधिशको नियुक्ति र विचौलियाको चलखेल, न्यायमा सिण्डिकेट, मोलमोलाई र मोलाहिजा न्याय क्षेत्रमा अपेक्षा नगरिएका परिघटनाहरु हुन्। ती सवै यो अवधिमा देखिए ।

    हरेक संरचनाको प्रमुख सो संस्था र अरुका लागि पनि रोल मोडेल वन्न सक्दा मात्रै यो विश्वास पैदा गर्न सकिन्छ । यो विश्वास पैदा गर्न नसक्दासम्म आशातित प्रगति पनि सम्भव छैन । त्यसैले यस वर्षको बिदाइ र आगामि वर्षको स्वागत गरिरहँदा चुनौतिहरु थुप्रै छन् । पहिला आफै सुधारिने र अरुलाई सुधार्ने चुनौति सवैभन्दा जटिल चुनौति हो । आगमि वर्षले यो चुनौति सामना गर्ने सामाथ्र्य प्रदान गरोस । तवमात्रै सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुनेछ ।

    नेपाल कम्युनिष्ट पाटी नेकपाका नेता खिमलाल देवकोटाले नयाबर्ष २०७६ मा नेतृत्वको आचरणशुद्धिको कामना गरेका छन् ।
    चालु वर्ष २०७५ को समिक्षा र आगामि वर्षको स्वागत गर्दै यस वर्षमा गरिएका कामको आधारमा आगामि वर्षका लागि केही मापदण्डहरु विकास हुने, केही निर्देशनहरु प्राप्त हुने र नया वर्षका लागि केही नगरी नहुने चुनौति सिर्जना हुने धारणा सार्वजकि गर्दै नेता देवकोटाले तिन तहको संरचना खडा, अन्तर्राष्ट्रिय सम्वन्धमा सन्तुलन, न्यायीक जगतको हलचल र आचरणमा शुद्धि सवैको अपेक्षा बिषयक बुँदाहरुमा गोरखापत्र दैनीकमार्फत प्रकाश पारेका छन् ।

    तिन तहको संरचना खडालाइ उपलब्धिका रुपमा लिदै नेता देवकोटाले भनेका छन ‘यस वर्ष तिनै तहको संरचना खडा भै तिनै तहको निर्वाचन पनि सम्पन्न भै काम आरम्भ गरेको पनि एक वर्ष व्यतित भएको छ । संघ, पदेश र स्थानीय तहमा सरकार र संसदहरुले आफनो कामको थालनी गरेकाछन् । एकात्मक शासन प्रणालीमा हुने एक सरकार संघीय संरचनामा वदलिदै गर्दा कम्तिमा पनि ७६१ सरकारहरुले आ आफना ठाउमा शासन र प्रशासन संचालन गर्न थालेकाछन् । सवै तहमा निर्वाचन सम्पन्न भए पश्चात भौतिक संरचना खडा शासन कार्य आरम्भ भएको छ । नयाँ संविधान वमोजिम शासन संचालन गर्न अत्यावश्यक कानुनको निर्माण र संरचना खडा गर्नमा यो वर्ष सफल रहयो । कानुन निर्माणको क्षेत्रमा संविधान अनुकुल वनाउन पर्ने कानुनको सुचि, संविधानले नया कानुन वनाउनै पर्ने गरी वाध्य पारेको सुचि र संघियता अनुकुल वनाउन पर्ने कानुनको सुचि समेतका आधारमा कानुन निर्माण गर्ने काम सम्पन्न भएकोछ । यद्यपि कानुन अवलम्वन गरिएको विधि र परामर्शको प्रश्न भने अनुत्तरित छ । संसदको नियम निलम्वन समेत गरेर कानुन वनाईएको छ । तथापि कानुन निर्माणको दायित्व पुरा भएको छ । यसै गरी सरकारले विकास निर्माण र जनताको समृद्धिको समपना पुरा गर्ने वाचामा भने पहिलो वजेटले उत्साह भर्न सकेन, विनियोजित रकममा प्रदेश सरकारहरुले सन्तुष्टि जनाएनन् र सांसद विकास खर्चका नाममा अरवौ रकमको दुरुपयोग भयो जस्ता समस्याका वावजुद पनि विनियोजित रकमको ठुलो हिस्सा खर्च भएन जसका कारणले जनताको समृद्धिको सपना भने पुरा हुन सकेन । तथापि पहिलो संघीय वजेट तिनै तहमा कोष विभाजनको अभ्यास आरम्भ भएकोछ । यसरी हेर्दा आधारभुत संरचना खडा गर्ने र संघीय संरचनाको औपचारिक आरम्भ गरी संघीयताको आवश्यकता र औचित्यता पुष्टि गर्नमा यो वर्ष सफल रहयो भन्ने समिक्षा गर्नु नै उपयुक्त हुनेछ । अव खडा भैसकेका संरचनाहरुको सफल परिचालन वाहेक अर्को कुनै उपाय छैन । कसैले संघीयता मन पराए पनि नपराएपनि संघीय संरचना खडा भै नै सक्यो स्थानीय र प्रदेशमा हजारौ निर्वाचित प्रतिनिधिहरुले शासन प्रशासनको कार्यभार आरम्भ नै गरिसके अव संघीयतामा प्रश्न उठाईयो भने तिनै निर्वाचित पदाधिकारीहरुले संघीयताको माया रहेनछ भने पनि आफनो पदका अधिकारका मायाले भए पनि सो को रक्षा गर्ने निश्चित छ त्यसैले संघीयताको औपचारिक कार्यारम्भ गर्न यो वर्ष सफल भएको छ । ’

    चालु बर्ष २०७५ मा अन्तराष्ट्रिय सम्वन्धमा सन्तुलन ल्याउन मुलुक सफल भएको भन्दै उनले भनेका छन ‘लामो समय भारत आश्रित रहेको नेपाली परराष्ट्र नीति भारतसंगको सम्वन्धमा विना कुनै वाधा व्यवधान यसले उत्तरी छिमेकी मुलुक चिनसंगको सम्वन्धमा विस्तार गर्दै पश्चिमा मुलुकहरुसंगको सम्वन्धमा सुधार गरेको अनुमान गर्न सकिन्छ । संघीय लोकान्त्रिक गणतन्त्रात्मक मुलुकको नया संविधान वमोजिम आरम्भ भएको शासन प्रशासन वल्ल औपचारिक रुपमा विश्वभरी नै फैलिएको छ । करिव अढाई सय वर्ष राजाको प्रतयक्ष नेतृत्वमा संचालिन शासन प्रशासनको प्रभाव विस्तारै जनतावाट निर्वाचित प्रतिनिधिहरुको प्रत्यक्ष नेतृत्वमा परिणत भएको अनुभव विश्वमै फैलाउन यस वर्षले मदत पुराएकोछ । विनाशकारी भुकम्प पश्चात प्रसारित नेपालको चित्र, भुकम्प पुननिर्माण प्राधिकारणको गठन र सोको कार्य संचालन त्यसैको सेरोफेरोमा भएको लगानी सम्मेलन र यस वर्ष सम्पन्न गरिएको लगानी सम्मेलनले समेत नेपाललाई विश्व स्तरमा फैल्याउन मद्दत गरेको अनुभव गर्न सकिन्छ । नेपालको कुटनीतिक क्षमतामा पटक पटक प्रश्न उठने गरेको तितो यथार्थलाई दृष्टिगत गरी खास गरी भारतसंगको सम्वन्धमा उठने सवालहरुको दिर्घकालिन समाधानकालागि गठन गरिएको प्रवुद्ध व्यक्ति समुह र यसका वैठकहरुले केही तथ्यहरु वहिर ल्याउने काम गरयो भलै प्रतिवेदन वुझने वुझाउने काममा समस्या खडा भयो अझै पनि सो प्रतिवेदन वेवारिसे वनेको छ प्रतिवेदन वुझाउने मानिसहरु मध्य कसैको हैसियत वदलिएको छ त कसैको देहावसान समेत भैसकेको अवस्था छ तथापि कुटनैतिक मामलामा यसको प्रभाव सकारात्मक नै परेको छ । यसै गरी सरकारले गठन गरेको कुटनैतिक र सुरक्षाको मामलामा अध्ययन गरी प्रतिवेदन पेश गर्न गठन भएको समितिले पनि अध्ययन प्रतिवेदन सरकारलाई वुझाईसकेको र सोको कार्यान्वयनको प्रतिक्षा गरिएको कुटनैतिक मर्यादा सम्वन्धि केही कार्यविधिहरु वनाईएका र तिनको अवलम्वनकालागि प्रयासहरु भएका समेत कारणले अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनैतिक क्षत्रमा पनि आमुल परिवर्तनको खाचो छ भन्ने आम मनोविज्ञानलाई सम्वन्धित पक्षले आत्मसात गरेको र सो वमोजिमको व्यवहारको अपेक्षा गरेको यो अवधिले आगामी दिनलाई पनि दिशानिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ ।’

    न्यायीक जगतको हलचललाइ यस वर्षको समिक्षा लायक विषय भन्दै उनले अदालत न्यायको मन्दिर तर अदालतका केही तथ्यहरु सार्वजनिक भए लगत्तै जनताको मनमा न्यायालयप्रतिको अवधारणा विल्कुल वदलिएको बताएका छन ‘प्रधानन्यायधिशको नियुक्ति विवाद र संसदको अस्वीकृति नया प्रधानन्यायाधिशको नियुक्ति र विचौलियाको चलखेल, न्यायमा सिण्डिकेट, मोलमोलाई र मोलाहिजा न्याय क्षेत्रमा अपेक्षा नगरिएका परिघटनाहरु हुन्। ती सवै यो अवधिमा देखिए । अदालतप्रतिको जनआश्था वृद्धि गर्ने कुरामा विगतमा झै यस पटक पनि समस्या ज्युका त्यु रहयो । सर्वोच्च अदालतका प्रधानन्यायधीशको उमेर विवाद, मुद्दामा मोलमोलाई र अख्तियारका आयुक्तको घुस काण्डको अडियो सार्वजनिक हुने कुरा र अदालतका न्यायधिशहरु ईजलाशवाटै घुसको कारोवार गर्ने, अपराध अनुसन्धान गर्ने प्रहरी आफै प्रमाण खोज्ने हैन नष्ट गर्ने, सुरक्षाका लागि खटिएका प्रहरी उनै प्रश्नपत्र चोर्ने, घुस नियन्त्रण गर्ने अधिकारी आफै घुस खाने, कुटनीतिक पदाधिकारी मर्यादा विर्सने जस्ता घटना सार्वजनिक भैरहदा न्यायालय, प्रहरी,अख्तियार वा अन्य न्यायीक अधिकारी कर्तव्य पालना हैन अर्कै प्रयोजनका लागि रहेछ भन्ने आशंका पैदा भएको छ । यो भ्रमलाई चिर्न अर्को वर्षकालागि चुनौति थपिएको छ । यसै वर्ष नेपाल वारको निर्वाचन सम्पन्न भएको छ । महासचिव वाहेक सवै पदमा प्रगतिशिल प्यानलले जित हासिल गरेकोछ । न्यायालयको विकृति विसंगति र भ्रष्टाचारजन्य कृयाकलापको अवजस आफनो प्रतिनिधि पठाउने भएका कारणले वारलाई पनि जान्छ । भ्रष्ट न्यायधिशहरुलाई करवाही गर्ने र तिनलाई ठीक आरचणमा ल्याउने दायित्व उसको पनि हो । यस तर्फ आजसम्म हुन नसकेको कामको अपेक्षा आगामि वर्षमा भैदियोस भन्ने अपेक्षा गरिएको छ ।’

    शुद्ध आचरण विना समृद्धिको गीत गाएर केही हुदैन भन्ने कुरा विगतका वर्षहरुले देखाएको भन्दै उनले आचरणमा शुद्धि सवैको अपेक्षा रहेको बताउदै नेतृत्वको आचरण शुद्धिमा बढी जोड दिएर भनेका छन ‘देशले विकास र समृद्धि खोजेको हो । सुखी नेपाली समृद्ध नेपाल आजको नारा हो तर शुद्ध आचरण विना समृद्धिको गीत गाएर केही हुँदैन भन्ने कुरा विगतका वर्षहरुले देखाएको छ । खासगरी शासन र प्रशासनको वागडोर समालेकाहरुको आचरणमा शुद्धि पहिलो शर्त हो । जो रक्षक उही भक्षक हुने अवस्थाले गफ गर्ने कोही कहि पनि पुग्दैन । पद जिम्मेवारी हो कि सुविधा हो ? भन्ने परिभाषित हुन सकेन । पद त पैसा शक्ति मान सम्मानको श्रोतको रुपमा हेरियो । यसले पदका निमित्त मरिहत्ते गर्ने संस्कारको वस्यो । यसको असर पार्टीहरुमा प्रत्यक्ष रुपमा नै परयो । पार्टी सिस्टममा पार्टीहरु पदको झगडाका कारणले नसमालिदा पार्टी राज्य सरकार र राज्यका संरचना सवै लथलिंग वने । यसको सुधार नेतृत्व तहकै आचारण शुद्धिवाट मात्रै सम्भव छ । हरेक संरचनाको प्रमुख सो संस्था र अरुका लागि पनि रोल मोडेल वन्न सक्दा मात्रै यो विश्वास पैदा गर्न सकिन्छ । यो विश्वास पैदा गर्न नसक्दासम्म आशातित प्रगति पनि सम्भव छैन । त्यसैले यस वर्षको बिदाइ र आगामि वर्षको स्वागत गरिरहदा चुनौतिहरु थुप्रै छन् । पहिला आफै सुधारिने र अरुलाई सुधार्ने चुनौति सवैभन्दा जटिल चुनौति हो । आगमि वर्षले यो चुनौति सामना गर्ने सामाथ्र्य प्रदान गरोस । तवमात्रै सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुनेछ ।’

    २१९ पटक
    प्रतिकृया दिनुहोस्