BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    बस्नेत बचाउ अभियानले पायो सफलता, व्लड मनि तिरेर देश फर्किए बस्नेत

    रम्जान दिन मियाँ, साउदी अरबचैत्र २७, २०७५

    ‘भुपाल बस्नेत बचाउ अभियान’ले अन्ततः सफलता हासिल गर्दै बस्नेतलाई नेपाल फर्काउन सफल भएका छन् ।

    चैत १८ मा जेल मुक्त भएका भुपाल बस्नेतलाई अभियानले मंगलबार गल्फ एयरको फ्लाईटबाट नेपाल फर्काउन सफल भएको हो ।

    नेपाल बराह क्षेत्र– ६ (हाल बराह न.पा.–२) सुनसरी घर भइ गत ६ बर्ष पहिले साउदिको अल महमिद कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत रहेका भुपाल कामको समयमा साइडमा पार्किङ गरि रोकिराखेको ट्रकमा पछाडीबाट आएको कार ठोक्किएर कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु भएको थियो ।


    सोहि घटनामा दोषि देखिएको भन्दै जेल परेका उनलाई भुपाल बस्नेत बचाउ अभियानले मृतक साउदी नागरिकका परिवारको माग अनुसार ७५,३०० साउदी रियल ( २२ लाख ११ हजार रुपैयाँ) व्लडमनि तिरेर चैत १८ का दिन अभियानले जेलमुक्त गराएको हो । उनी ३५ महिनादेखि बुरैदा अल कासिम जेलमा बन्दी जीवन बिताइरहेका थिए ।

    गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको सक्रिय पहलमा उनको उद्धारका लागी ८०३१ साउदी रियल, गन्तव्य नेािल उनैजाको पहलमा ७,००३, साउदी रियाल र नेपाली प्रवासी समाज हाइलको पहलमा १०५१ साउदी रियल गरी जम्मा १६,०८५ (४,९३,३०४० रुपैयाँ) जम्मा गरिएको र बाँकी अपुग रकमको लागि नेपालमा रहेका परोपकारी सामाजिक संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले जिम्मेवारी लिएको थियो ।

    त्यस्तै प्रवासी नेपाली समन्वय समितिले बाँकी अपुग रकम विभिन्न संस्थाहरु सँग्को समन्वयमा कुमार राना उद्दार समितीबाट ११ लाख ३० हजार ९ सय ६३, गैरआवासीय नेपाली संघ (आइसिसि) कल्याणकारी कोषबाट २ लाख ३० हजार, प्रेम राई उद्दारबाट बचेको रकमबाट २ लाख, सुनसरी मोरङ समाज कतारबाट २ लाख २६ हजार रुपैयाँ र बराह समाज सुनसरीबाट ११ हजार १ सय ११ रुपैयाँ संकलन गरिएको कुरा पिएनसीसीका अध्यक्ष कुल प्रसाद कार्कीले बताए ।


    आवस्यक तिर्नुपर्ने रकम संकलन भएपछि नेपाली दूतावास रियाद साउदी अरबको पहलमा संकलित रकम गत १ अप्रिल २०१८ का दिन अल कासिम कोर्टमा बुझाइएको र रकम बुझाएपछि बस्नेत रिहा भएका थिए । उनको रिहाई लगत्तै फाइनल एक्जिट भिसा लगाए पनि समयमै टिकट नपाइएकोले ५ दिन सम्म खान बस्न का लागि पनि यसै आरसिसि अल कासिमका उपाध्यक्ष कृष्ण अधिकारीको कोठामा ब्यबस्था गरिएको थियो । साथै केही जोर कपडाका साथमा एकतर्फी टिकट उपलब्ध गराउदै गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिम समितिले भेटघाट गरि उन रिहाइमा खुशी व्यक्त गर्दै बधाई तथा सुखद भबिस्यको शुभकामना दिइएको थियो ।

    ६४ पटक
    प्रतिकृया दिनुहोस्