BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    नयाँवर्षमा प्रमोद खरेलमय हुने भयो फिनल्याण्ड, तपाइ पनि जाने होइन त ?

    संसार न्यूज संवाददाताचैत्र २८, २०७५

    गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डले चर्चित गायक प्रमोद खरेलको उपस्थितिमा नयाँवर्ष २०७६ को भव्य स्वागत गर्ने भएको छ ।

    सदाका वर्षहरुमा जस्तै यसवर्ष पनि एनआरएनए फिनल्याण्डले नयाँवर्ष २०७६ साललाई विविध सांस्कृति कार्यक्रमको आयोजना गरेर मनाउन लागेको संघका अध्यक्ष बसन्त गौतमले संसारन्युजलाई जानकारी दिए ।

    अप्रिल १४ का दिन आयोजित उक्त  कार्यक्रमको मुख्य आकर्षण नेपाली सुगम संगीतका चर्चित गायक तथा ‘द भ्वाइस अफ’ का निर्णायक समेत रहेका गायक प्रमोद खरेलको विशेष प्रस्तुति रहने पनि अध्यक्ष गौतमले जानकारी दिए ।

    कार्यक्रममा स्थानीय गायक नविन भट्टराई र गायिका विनिता लामिछानेको पनि प्रस्तुति रहने छ । यसका साथै स्थानीय स–साना कलाकारहरुको सुन्दर नृत्य प्रस्तुत हुने बताइएको छ ।

    कार्यक्रमका लागि टिकट खरिद गर्ने दर्शकहरुका लागि चिठ्ठा कार्यक्रम पनि राखिएको छ । विजेता प्रथम, द्धितीय र तृतीयलाई आकर्षक पुरस्कार समेत राखिएको आयोजकले जनाएका छन् ।

    टिकट शुल्क १५ युरो ( ७ वर्ष उमेरका लागि १० युरो र ६ वर्ष सम्मका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

    टिकट सोहि दिन कार्यक्रम सुरु भन्दा १ घण्टा अघिबाट कार्यक्रमस्थलमै प्राप्त गर्न सकिने पनि आयोजकले जनाएको छ ।

    १७१ पटक
    प्रतिकृया दिनुहोस्