BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    गजल

    कृष्ण पूरी, पोखरा–१६, हाल, साउदी अरबचैत्र ३०, २०७५

    विदेशीने बाध्यताले धुरुधुरु रुन्छ परदेशी
    कठै बिछोडको वेदनाले सधै छुन्छ परदेशी

    वर्षौसम्म परिश्रम गरेर ऋण तीर्न नसक्दा
    सुख्खा मरूभूमिमा यहाँ विव्हल हुन्छ परदेशी

    खुला आकासलाई छहारी मानी ओतलाग्दा
    बालुवासंग बासीभात खाँदा आँसु धुन्छ परदेशी

    काम गरेर महिनौसम्म तलब नपाउँदा यहाँ
    छोरीले फोनमा बाबा खर्चभन्दा गुन्छ परदेशी

    सुख्खा रोटीले प्राण एक मुठ्ठी श्वास बचेको छ
    कहाँ ल्याउछ र खुसी मायाजाल बुन्छ परदेशी ।

    ९० पटक
    प्रतिकृया दिनुहोस्