BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    स्वागत गर्दैछु-नयाँ बर्ष तिमीलाई

    हिक्मत थापा,टिकापुर कैलाली, हाल-नाइजेरियाबैशाख १, २०७६

    कविता जस्तै बगोस्
    आज बिहान कर्णाली सुरम्य भएर,
    गीत जस्तै कोशी बगोस्
    आजको बिहान सुरिलो भएर,
    संगीत जस्तै नारायणी सुसेली खेलोस्
    आजको बिहान मनै छोएर,

    यहाँ म निजर र बेन्यु नदीको किनाराबाट
    मेरो आफ्नै कर्णाली, कोशी र नारायणी सम्झेर
    म स्वागत गर्दैछु, नयाँ बर्ष–तिमिलाई ।

    आजको एकमात्र रात
    जो पुरानो बाट नयाँ बन्दैछ,
    आजको एउटा मात्रै निन्द्रा
    जो रात देखि बिहान पुग्दैछ,
    आजको एउटा मात्र सुर्योदय
    जो पुनराबृत्त भएर पनि नयाँ बन्दैछ ।

    यी सबलाई सम्झेर म यहाँ टक्क उभ्याउदै छु
    हिउँ माथी टल्केको सगरमाथा मेरै अगाडि

    म स्वागत गर्दैछु–नयाँ बर्ष तिमीलाई ।
    (१ बैशाख २०७६, लेगोस नाइजेरिया ।)

    र, चितवन

    २०५ पटक
    प्रतिकृया दिनुहोस्