BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    ‘ओली सरकार पाँच वर्ष चले, बामपन्थीहरुले २५ वर्ष शासन गर्छन्’

    संसार न्यूज संवाददाताबैशाख १, २०७६

     ठ्याक्कै भन्दा मधेशका समस्या संरचनागत रंगभेद, कार्यगत तिख्तता र पक्षीय प्राज्ञीक चिन्तन हुन् ।

    मधेसको राजनीतिमा माफिया राज छ । मुद्दालाई मुद्रासँग साट्ने नेतृत्व छ । मैले त आशा र भरोसा गर्न सकिने नेतृत्व मधेसमा देख्दै देख्दीन ।

    काठमाडौले डेलीभरी दिँदा सधै विचौलिया खोज्यौ । काठमाडौ सिधै मधेश पुगेर डेलीभरी दिनु पर्दथ्यो । यस्तो भएको भए मधेशमा खेल्न खोज्ने आन्तरिक तथा बाह्यशक्ती निस्तेज हुने थिए । मधेशले अपनत्वको अनुभूति गर्दथ्यो । काठमाडौले मधेश चिन्ता लिइरहनु नै पर्दैन थियो ।

    राज्यले सबैभन्दा पहिला वस्तुनिष्ठ ज्ञानमा विशेष जोड दिनु पर्दछ । यसका लागि देश दर्शन आवश्यक पर्दछ । मधेशले काठमाडौ देखेको छ, पहाड देखेको छैन । अनि काठमाडौको झिलिमिलिलाई पहाड सम्झन्छ । काठमाडौसँग आफूलाई तुलना गर्छ । एकपटक मधेशलाई कर्णाली देखाउँ त, त्यहाँको दुख मधेशलाई बुझाउँ त, त्यसपछि मधेशले पहाडका अप्ठयारा बुझी हाल्छ । समस्या पनि समाधान भइहाल्छ ।

    तराईको अवस्था अहिले पनि तरल रहेको छ । पछिल्लो समय तराई विद्रोही जस्तो देखिन्छ । देश संघीयतामा गइसकेको छ । स्थानीय, प्रदेश र संघ सरकार जनताकै हितका लागि दत्तचित्त रहेको बताइरहेका छन् । यस्तो अवस्थामा पनि देशका अन्य भागमा जस्तै तराईका जनताका पनि आफ्नै खाले असन्तुष्टि रहिरहेका छन् । अझ केही बाह्य तथा आन्तरिक शक्तिहरु यहि असन्तुष्टिलाई ‘क्यास’ गरेर आफ्नो स्वार्थको रोटी सेक्ने मुडमा रहेको समेत देखिन्छन् । तराई क्षेत्रको यहि अवस्थासँगै देशको समग्र राजनीतिक अवस्थालाई कसरी हेर्दा रहेछन् मधेशका जानकार व्यत्तित्व डा. राकेश अहिराज, हामी यहि जान्ने प्रयासमा छौँ ।

    अहिले पनि काठमाडौ र तराई पक्ष र प्रतिपक्षकै भूमिकामा रहे जस्तो देखिन्छ । यो दृष्टि दोष हो कि, वास्तविकता ?
    यसमा दुवै रहेको छ । एकातिर काठमाडौले मधेशलाई केही दिँदा बिचौलिया खोज्ने प्रवृत्ति छ । अर्कोतिर मधेशले आफूलाई काठमाडौले न्याय गर्न नसकेको भन्ने अन्तरअनुभूतिसँग सँगै रहेका कारण यस्तो अवस्था देखिएको हो । राज्यले मधेशलाई करदाता र मतदाता भन्दा माथि राखेर हेर्नुपर्दछ । अहिले रहेको मन भिन्नतालाई हटाउन पहल गर्नु आवश्यक छ ।

    तराईका समस्या के हुन त ?
    मधेशका जनताले अनुभुत गरेको समस्या भनेकै संरचनागत रंगभेद हो । जसलाई विचौलियाहरुले बढाइ चढाई गरेर मधेशका जनता सम्म लगिरहेका छन् । राणा कालमा भैसेमा हुने चेकीङ र काठमाडौ छिर्दा दिइने अनुमति पत्रलाई पहाडबाट काठमाडौ आउनेले विषय बनाएनन् तर मधेशबाट काठमाडौ आउनेले यसलाई इस्यु बनाए । मधेशमा गएर काठमाडौ पुग्न शास्ति भोग्नु पर्ने, आदि इत्यादी सुनाएर दिगभ्रमित पारे । अनि काठमाडौले पनि समयमा यस्ता कुराको प्रतिवाद गर्न सकेन परीणामत मधेशमा विविध समस्यालाई देखिन थाले । ठ्याक्कै भन्दा मधेशका समस्या संरचनागत रंगभेद, कार्यगत पक्षियता र पक्षिय प्राज्ञीक चिन्तन हुन् ।

    अलिकति प्रष्ट्याई दिनुस् न ?
    हामी विगत देखि चुक्दै गयौ । काठमाडौले डेलीभरी दिँदा सधै विचौलिया खोज्यौ । काठमाडौ सिधै मधेश पुगेर डेलीभरी दिनु पर्दथ्यो । यस्तो भएको भए मधेशमा खेल्न खोज्ने आन्तरिक तथा बाह्यशक्ती निस्तेज हुने थिए । मधेशले अपनत्वको अनुभूति गर्दथ्यो । काठमाडौले मधेशको चिन्ता लिइरहनु नै पर्दैन थियो ।

    समस्या सँगसँगै समाधान पनि त होला नी ?
    पक्कै, प्रशस्तै छन् समाधानका उपाय । समभावको भावना विकास गर्न सक्यौ भने धेरै समस्याको समाधान हुन्छ । हिजो राज्य नै बिखण्डन बन्यो । आफ्ना सानातिना स्वार्थका लागि विभिन्न तरीकाले चुक्दै गयो । परीणाम अहिले यस्तो भएको हो । यसकारण राज्यले सबैभन्दा पहिला वस्तुनिष्ठ ज्ञानमा विशेष जोड दिनु पर्दछ । यसका लागि देश दर्शन आवश्यक पर्दछ । मधेशले काठमाडौ देखेको छ, पहाड देखेको छैन । अनि काठमाडौको झिलिमिलीलाई पहाड सम्झन्छ । काठमाडौसँग आफूलाई तुलना गर्छ । एकपटक मधेशलाई कर्णाली देखाउँ त, त्यहाँको दुःख मधेशलाई बुझाउँ त, त्यसपछि मधेशले पहाडका अप्ठयारा बुझी हाल्छ । समस्या पनि समाधान भइहाल्छ ।
    अर्को महत्वपूर्ण कुरा देशको संविधानमा नेपाली बाहेकका अन्य कुरा राख्नै हँुदैन । आरक्षण खारेज गर्नुपर्छ । अनि राष्ट्रियता र राष्ट्रवाद होइन देशभक्तीका कुरा थाल्नु पर्दछ । स्वत ः समस्या समाधान भइहाल्छन् ।

    राष्ट्रवाद र देशभक्ती फरक हो र ?
    साच्चै भिन्नता छ राष्ट्रवाद र देशभक्तिमा । राष्ट्रवाद कविला विकास क्रमबाट आएको हो । कविलाको अर्थ हरेक जातीको राज्य भन्ने बुझिन्छ । तिनै कविलाहरुको युद्ध र समीश्रणबाट राष्ट्र बनेको हो । यसकारण हरेक जातीको आफ्नो राष्ट्रियता हुन्छ । जब हामी राष्ट्रवादी कुरा गर्छौ यसले भुरेटाकुरे कुरालाई मलजल गर्छ । यसकारण हामीले राष्ट्रवादी कुरा र कामभन्दा देशभक्ती हुने काम गरौ । राष्ट्रवाद जाती, धर्म र सम्प्रदायमा विभक्त हुन्छ । नेपालीहरु राष्ट्रवादी होइन देशभक्त बनौं । देश भनेको नेपाल हो । नेपाल देशको भक्त बनौं, देश भक्त बनौं र बनाऊँ । म त यसै भन्छु ।

    तराईमा तराईका जनताले नै रुचाएको तराई मुक्तीका कुरा उठाउने शक्ती नै सत्तामा रहेको वेला तराई असन्तुष्ट हुनु पर्ने कारण केही बाँकी छ र ?
    मधेसको राजनीतिमा माफिया राज छ । मुद्दालाई मुद्रासँग साट्ने नेतृत्व छ । मैले त आशा र भरोसा गर्न सकिने नेतृत्व मधेसमा देख्दै देख्दीन । म यहाँ अर्को कुरा प्रष्ट पार्न चाहान्छु । नेपालका सबै पार्टीहरुमा व्यापक पक्षधरता छ । ठूला भनिएका नेकपा र नेपाली काङग्रेस राष्ट्रभरी सन्जाल र संगठन भएका पहाडी पार्टी हुन भने संघीय समाजवादी र राजपा मधेसमा मात्रै संगठन भएका क्षेत्रीय पार्टी हुन् । नेकपा र ८ नेपाली काङग्रेसमा ९९ प्रतिशत पहाडीयाको नेतृत्व छ भने मधेसी पार्टीमा ९९ प्रतिशत मधेसीहरुको नेतृत्व मधेसीहरुको नेतृत्व छ ।
    फेरि अर्को कुरा अहिले पनि मधेसीको ९० प्रतिशत जनमत त नेकपा र नेपाली काङग्रेसमै छ नी अनि तिनै निम्छराहरुलाई मधेसका मसीहा मान्ने दृष्टी दोष पाल्नु नै गलत हो ।

    दुई नम्बर प्रदेश तराई केन्द्रीत दलकै नेतृत्वमा छ नि ?
    हो, तर त्यहाँ मु्द्दासँग मुद्रा साट्नेहरुको हालीमुहाली छ । ‘देन एन्ड दियर’ काठमाण्डौले मधेसका बारेमा गहिरिएर नसोच्ने हो भने मधेसमा अर्को ठूलो लडाईको सम्भावना छ । सोँचका विरुद्ध सोँचको यो लडाईमा पहिलो सिकार त मधेसी नेता नै हुन्छन् । किनभने जब विदेशबाट देखेर, भोगेर र सिकेर आएका नौ जवान युवा देशमा निरास हुन्छन्, त्यो निरासा ध्वंशमा परिणत हुन सक्छ । यसकारण सबै समयमै सचेत हुनु जरुरी छ ।

    अलिकति प्रसङ्ग बदलौ, देश संघीय गणतान्त्रिक धारबाट चलेको छ, दुइ तिहाइको सरकार रहेको छ र पनि अस्थिरताका संकेत पटक–पटक देखिन छोडेका छैनन् । यसलाई कसरी नियाली रहनुभएको छ ?
    यसलाई अलि फरक तरिकाले बुझ्नुपर्छ । हामी दुईवटा बन्दै गरेका महाशक्तिको बिचमा छौ । हाम्रो देशलाई अस्थिर बनाइराख्न सकियो भने यी दुवै देशसँग खेल्न सकिने सोचका साथ केही शक्तिहरु खेलेका छन् । यसकारण हाम्रो देशलाई अस्थीर बनाउने प्रपन्च भइ रहेको छ । त्यसैले यहाँ जनताको अवस्था भन्दा छिटो व्यवस्था परिवर्तन भइरहेको छ । तर एउटा कुरा के साँचो हो भने अहिलेको केपी ओली सरकार पाँच वर्ष चल्यो भने नेपालमा वामपन्थीहरुको सरकार २५ वर्ष चल्ने कुरा ढुक्क छ । यसकारण पनि विभिन्न शक्ति समूहहरु चलखेलमा लागेका हुन सक्छन् ।

    अहिले सबै राजनीतिक दलहरु अस्थीर छन्, नेकपा सक्रमणमा छ, नेपाली कांग्रेस अझै ढाइवर्ष महाधिवेशन नगर्ने मुडमा, तराई केन्द्रीत दलहरुले पनि महाधिवेशन गर्न सकिरहेका छैनन् । यसले के संकेत गरीरहेको छ ?
    यो दलहरुलाई कमजोर बनाएर क्राउन रिपब्लिक बनाउने खेलको सुरुवात हो । दलहरु प्रभावकारी नहुँदा जे पनि हुन सक्छ ।

    ८१२ पटक
    प्रतिकृया दिनुहोस्